News Portal

  • लोक सेवा आयोगको परीक्षा स्थगित

    भक्तपुरपोष्ट संवाददाता६ चैत २०७६
    ७२४ पटक
    ६ चैत २०७६

    काठमाडौँ । लोकसेवा आयोगले परीक्षा स्थगन गरेको छ । आयोगका उपसचिव एकनारायण शर्माले (कोभिड–१९) को सङ्क्रमणका कारण आयोग पदाधिकारीको बैठकले यही चैत ८ गतेदेखि सञ्चालन हुने सबै परीक्षा चैत मसान्तसम्म स्थगन गर्ने निर्णय गरेको जानकारी दिए ।

    यसअघि सरकारले बुधबार माध्यमिक शिक्षा परीक्षा (एसइई) र विश्वविद्यालयका सम्पूर्ण परीक्षा स्थगन गरेको छ । ‘कोभिड–१९ ले सिर्जना गरेको स्वास्थ्य सुरक्षा संवेदनशीलतालाई मध्यनजर गरी हाललाई यही चैत ८ देखि चैत मसान्तसम्म आयोगद्वारा सञ्चालन हुने गरी पूर्वनिर्धारित निजामती सेवा, सुरक्षा निकाय र सङ्गठित संस्थानतर्फ लिखित परीक्षाका कार्यक्रम अर्को सूचना प्रकाशन नभएसम्मका लागि स्थगन गरिएको छ’, शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

    लोक सेवा आयोगले चैत मसान्तभित्रका परीक्षा स्थगित गर्दा १०४ वटा विज्ञापनका बिभिन्न पदका परीक्षा प्रभावित हुनेछन् ।आयोगका अनुसार राजपत्रांकित तृतीय श्रेणीका (प्राविधिक र अप्राविधिक अधिकृत) पदहरु, अधिकृतस्तरकै स्वास्थ्य सेवातर्फका सातौं र आठौं तहका पदहरुका लिखित परीक्षा स्थगित भएका छन् ।

    यही चैत १७ गतेदेखि २६ गतेसम्म अप्राविधिक अधिकृत तहको द्वितीय चरणको परीक्षा निर्धारण गरिएको थियो । गत माघ २५ गतेको पहिलो चरणको परीक्षा पास गरेर द्वितीय चरणको परीक्षाको तयारीमा बसेका करिब ३ हजार ५ सय ५६ परीक्षार्थीहरु प्रभावित भएका छन् । स्थगित हुनेमा कृषि, इन्जिनियरिङ्ग, वन र विविध सेवा तथा स्वास्थ्य सेवाका सातौं र आठौं तहका अधिकृतको परीक्षा छन् ।

    यस्तै राष्ट्रिय अनुसन्धान विभाग, दुग्ध विकास संस्थान, नेपाली सेना, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र नेपाल नोटरी पब्लिक परिषदका परीक्षाहरु पनि स्थगित भएका छन् ।यसबीच अन्तर्वार्ता परीक्षा भने नरोकिने लोक सेवा आयोगले जनाएको छ । ‘चैत मसान्तभित्र सहसचिव स्तरका थोरै परीक्षार्थीको मात्र अन्तर्वार्ता हुने भएकाले यसलाई हामीले रोकेका छैनौं,’ आयोगकी प्रवक्ता गीता हुमागाईले भनिन् । यसैगरी चैत ६ र ७ गतेका परीक्षा भने रोकिएका छैनन् ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...