News Portal

  • कोरोना भाइरसबाट बेलायतमा एक नेपालीको मृत्यु

    भक्तपुरपोष्ट संवाददाता८ चैत २०७६
    ७७८ पटक
    ८ चैत २०७६

    काठमाडौं । कोरोना भाइरसका कारण बेलायतमा एक नेपालीको मृत्यु भएको पुष्टि भएको छ ।  संखुवासभा घर भई हाल लण्डन साउथ ह्यारोमा बसोबास गर्दै आएका ६६ वर्षे पूर्व गोर्खा सैनिक लीलाबहादुर राईको गत मंगलबार मृत्यु भएको हो ।

    उनको नर्थविक पार्क अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जनाइएको छ ।  मंगलबार दिउँसो ४ बजेतिर उनको स्वास्थ्यमा अचानक समस्या देखिएपछि अस्पताल भर्ना गरिएको र सांझ ८ बजेतिर उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए ।मृत्युको कारण कोभिड-१९ भएको जानकारी भने अस्पतालले शुक्रबार मात्र गराएको थियो ।

    निधनको तीन दिनपछिमात्र अस्पतालले राईको परिवारलाई सम्पर्क गरी उनको निधन कोरोना भाइरसका कारण भएको जानकारी दिएको थियो ।

    कोरोना भाइरसका कारण राईको मृत्यु भएको पुष्टि भएसँगै उनको परिवारलाई पनि ‘आइसोलेसन’ मा राखिएको छ । लिलाबहादुर ब्रिटिस-गोर्खा सैनिक सेवाबाट निवृत भएपछि सुनसरीको इटहरी र पछि सन् २००८ मा वेलायत बसाई सरेका थिए ।

    मधुमेह र उच्च रक्तचापबाट पीडित उनको दुई वर्ष अघि मृगौला प्रत्यारोपण गरिएको थियो । केहि दिन अघि मात्र अस्पतालबाट फर्किएका राई मंगलबार अपरान्ह चार बजेतिर अचानक सिकिस्त भएका थिए । त्यसपछि छोरा विकास र बुहारी रश्नाले अस्पताल पुर्‍याएका उनलाई चिकित्सकहरुले साँझ आठ बजे मृत घोषणा गरेका थिए ।

     

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...