News Portal

  • कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आइसोलेसन वार्ड

    भक्तपुरपोष्ट संवाददाता९ चैत २०७६
    ६५२ पटक
    ९ चैत २०७६

    सुर्खेत । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले नोवेल कोरोना भाईरसको रोकथाम तथा नियन्त्रणका लागि १५ शै्ययाको आइसोलेन वार्ड छुट्याएको छ ।

    कोरोनाका शङ्कास्पद बिरामी राख्न प्रतिष्ठानले १०० क्वारेन्टाइनको व्यवस्था गर्ने तयारी गरेको हो । प्रतिष्ठानका अस्पताल निर्देशक डा मङ्गल रावलले १५ शै्ययाको आइसोलेसनसँगै अस्पतालमा छुट्टै फिभर क्लिनिक सञ्चालन गरिएको जानकारी दिए । निर्देशक डा रावलले भने, ‘हामीले डा. धिरज गुरुङको नेतृत्वमा ‘¥यापिड रेस्पोन्स’ टोली निर्माण गरेका छौँ, यसले कोरोनाका सम्बन्धमा आउने समस्याको शीघ्र समाधानमा ध्यान पु¥याउने छ ।’

    कोरोनाको रोकथामका लागि जुम्लाका पाँच नाकाको आवागमनमा कडाई गर्ने हेतुले जिल्ला प्रशासन कार्यालय, जिल्ला स्वास्थ्य, रेडक्रस, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीसँग आवश्यक समन्वय भइरहेको उनले बताए । कालीकोटको नाग्म, मुगु आउनेजाने बुडु र भूलभुले, डोल्पा र जाजरकोट जोड्ने मणिसाँघु, जुम्ला विमानस्थलको आवागमनमा कडा जाँच गर्ने र त्यसका लागि आवश्यक जनशक्ति व्यवस्थापन गर्ने तयारी भइरहेको निर्देशक डा. रावलले बताए ।

    अस्पतालको बहिरङ्ग कक्षमा भीडभाड हुन नदिइएको बताउँदै उनले पाँच नाकामा बस्ने जनशक्तिलाई तालिम दिने, व्यवस्थापन गर्ने अनुगमन तथा निरीक्षणको व्यवस्था मिलाइएको जनाए । उनका अनुसार प्रतिष्ठानले कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको समन्वयमा हुम्लाको हिल्सा नाकामा हेल्थ डेस्क स्थापनागरी कोरोना जाँच कार्यलाई प्रभावकारी बनाउन डा। अशोक गौतम नेतृत्वको तीन सदस्यीय टोली एक महीनाका लागि पठाएको छ ।

    जिल्लास्तरीय कार्यान्वयन तथा अनुगमन समिति एवम् जिल्ला प्रशासन कार्यालय जुम्लाका प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले जिल्ला विपद् व्यवस्थापन समितिको आजको बैठकमा सरोकारवाला सबैसँग छलफलगरी जुम्लाका प्रमुख नाकाबाट आवश्यक वस्तु भित्र्याएर लक डाउन गर्ने निर्णय भएको बताए । ‘हामीले यो प्रकोपसँग जुध्न उच्च तयारी गरेका छौँ’, प्रजिअ बञ्जाडेले भने, “स्थानीय तहका प्रमुख एवम् वडाध्यक्षको समन्वयमा नेपाल खाद्य संस्थान, साल्ट ट्रेडिङलगायतले आवश्यक वस्तु उपलब्ध गर्ने निर्णय भएको छ ।”

    उनले क्वारेन्टाइनका लागि थप समस्या सम्बोधन गर्न जिल्लाको कुनै विद्यालय छनोट गर्ने तयारी भइरहेको बताए । उनका अनुसार खानेपानी, स्वास्थ्यसहितका आवश्यकता आपूर्तिका लागि सरोकारवाला सबै रहनेगरी उपसमिति गठन गरिएको छ । कोरोनाको रोकथामका लागि जिल्लाका राजनैतिक दल, नागरिक समाज, पत्रकार, अधिकारवादीलाई एकजुट भएर लाग्न आग्रह गरेको जनाइएको छ ।

    प्रतिकृया दिनुहोस्

    रहेनन् पूर्व भारतीय प्रधानमन्त्री डा. मनमोहन सिंह

    भारतका पूर्व प्रधानमन्त्री डा. मनमोहन सिंहको निधन भएको छ । ९२ वर्षको उमेरमा बिहीबार राती उनको...

    ह्वाइटफिल्ड उपत्यकाव्यापी अन्तर विद्यालय बास्केटबल प्रतियोगिता सम्पन्न

    काठमाडौंको नयाँ बजारस्थित ह्वाइटफिल्ड स्कुलद्वारा पौष ५ देखि ११ गतेसम्म आयोजित उपत्यकाव्यापी अन्तर विद्यालय बास्केटबल...

    आज क्रिसमस, देशभर सार्वजनिक बिदा

    क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्म दिनको सम्झनामा आज  क्रिसमस डे मनाइदैछ । क्रिसमस पर्वको...

    ढोङ होइन, ध्यानले जीवन धन्य हुन्छ

    आज विश्वभर पहिलो पटक मनाउँदै गरिएको विश्व ध्यान दिवस (world meditation day )को अवसरमा सबैमा...

    बालकोटमा बुवा र भाइको हत्यामा मिलनकै संलग्नता, किन गरे यस्तो अपराध

    bhaktapur police

    भक्तपुरको सूर्यविनायक-२ बालकोटमा बुवा र भाइको हत्यामा संलग्न रही फरार भएका भनिएका युवकले प्रहरीसमक्ष आत्मसमर्पण...