News Portal

  • अर्घाखाँची जिल्ला ‘लकडाउन’को घोषणा

    भक्तपुरपोष्ट संवाददाता१० चैत २०७६
    ८३१ पटक
    १० चैत २०७६

    अर्घाखाँची ।  आज राति १२ बजेबाट अर्को सूचना जारी नभएसम्मका लागि अर्घाखाँची जिल्ला ‘लकडाउन’ हुने भएको छ । कोरोना भाइरस सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै आज जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकले जिल्लालाई ‘लकडाउन’ गर्ने निर्णय गरेको हो ।

    सतर्कता अपनाउन अन्य जिल्लाबाट अर्घाखाँची जिल्लामा प्रवेश गर्ने मालवाहक गाडीबाहेक अन्य सार्वजनिक, निजी सवारी साधन, मोटरसाइकलको आवागमन आज राति १२ बजेपछि बन्द हुनेछ । मालवाहक सवारी साधन निर्वाधरूपमा चल्नेछन् । मालवाहक गाडीका चालक र सहचालकको हेल्थ डेस्कमा स्वास्थ परीक्षण हुने भएको छ ।

    औषधि पसल र पेट्रोलपम्प २४सै घण्टा खुला रहनेछन् । खाद्यान्न, ग्यास, तेल, फलफूल पसल प्रत्येक दिन बिहान १० बजेदेखि २ बजेसम्म खुला रहनेछन् । दूध डेरी, फलफूल तथा तरकारी पसल बिहान ६ देखि ९ र बेलुका ४ देखि ७ बजेसम्म खुला हुने भएका छन् ।

    बैठकमा सांसद चन्द्रबहादुर खड्का, प्रदेशसभा सदस्य चेतनारायण आचार्य, सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कमलप्रसाद भुसाल, नेपाली काँग्रेसका जिल्ला सभापति विष्णु मुस्कानसहित सुरक्षा निकायका प्रमुख, राजनीतिक दल, विभिन्न सङ्घसंस्थाका प्रतिनिधि, यातायात व्यवसायी, उद्योगी, व्यवसायी तथा पत्रकारको सहभागिता थियो ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...