News Portal

  • यसवर्षको घोडेजात्रा स्थगित

    भक्तपुरपोष्ट संवाददाता११ चैत २०७६
    ८८६ पटक
    ११ चैत २०७६

    काठमाडौँ । नेपाली सेनाले प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिनमा टुँडिखेलमा आयोजना गर्ने घोडेजात्राका सबै कार्यक्रम कोरोना भाइरसको सङक्रमणके जोखिमका कारण स्थगन गरेको छ ।

    सोमबारसम्म जात्राको तयारी गरिएकामा कोरोनाको सङ्क्रमण बढ्न थालेपछि सरकारले मङ्गलबारदेखि देशभर लकडाउन गरेको छ । लकडाउनका कारण नेपाल प्रहरी खटिइसकेकाले आदेश आएमा प्रहरीको सहयोगका लागि खटिन तयारी अवस्थामा बस्नुपरेको उल्लेख गर्दै घोडेजात्राको कार्यक्रम स्थगित गरिएको सेनाका प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले जानकारी दिए ।

    जात्राको प्रभावले थप सङ्क्रमण फैलन सक्ने भएकाले पनि यस वर्ष रोक्नुपर्ने अवस्था आएको सेनाले जनाएको छ । जात्राका लागि टुँडिखेलमा सेनाले सबै तयारी पूरा गरेको थियो । विगत वर्षमा घोडेजात्रामा २४ खेल प्रदर्शन गर्ने गरेकामा यस वर्ष १५ खेलमात्र प्रदर्शन गर्ने सेनाको तयारी थियो । यसका लागि अभ्यास र साजसजावट लगायत तयारी पनि पूरा भएको थियो ।

    विशिष्ट अतिथि, अतिथि लगायत नबोलाई सीमित मानिसका बीच सेनाले यस वर्ष साङ्केतिक रुपमा मात्र जात्राका कार्यक्रमलाई निरन्तरता दिने तयारी गरेको थियो । साङ्केतिक रुपमा पनि मनाउन उपयुक्त वातावरण नदेखिएपछि स्थगन गरिएको हो ।

    जनविश्वासअनुसार टुँडिखेलको पूर्व–दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा भन्ने राक्षसले शहरका बालबालिकालाई खाने गरेको थियो । पीडित स्थानीयवासीले विभिन्न उपायले त्यसलाई संहार गरे । राक्षसको प्रेतात्मा फेरि जागा भई बालबालिकालाई अनिष्ट गर्नसक्ने भय स्थानीयवासीमा रहिरह्यो ।

    यसै कारण प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन घोडेजात्रा गरी गुरुमापाको आत्मालाई घोडाको टापले कुल्चाएर दबाउने गरिएको हो । साथै शहरका कुनै पनि बालबालिकामाथि खतरा नहोस् भनी आजै राति त्यही रूखको फेदमा गुरुमापालाई खानेकुरा पनि दिइन्छ । यसो गरेपछि वर्षभर बालबालिकालाई गुरुमापाबाट खतरा नहुने विश्वास राजधानीवासीमा छ ।

    नेपाली सेनाका तर्फबाट आजै टुँडिखेलमा अश्वकला, मोटरसाइकल खेल, शारीरिक व्यायाम, युद्धकला लगायतको प्रदर्शन गरिन्छ । आजकै दिन ललितपुरमा पनि एउटा कानो घोडा दौडाएर घोडेजात्रा मनाउने परम्परा छ । कोरोना भाइरसका सन्त्रासका कारण सबैतिरका घोडेजात्रा प्रभावित भएका छन् ।रासस

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...