News Portal

  • होटल यथावत सञ्चालनमा रहने

    सिबी अधिकारी११ चैत २०७६
    ६३७ पटक
    ११ चैत २०७६

    काठमाडौँ । कोभिड–१९ को सङ्क्रमणलाई फैलन नदिन सरकारले आजदेखि ‘लकडाउन’ गरेको छ । अत्यावश्यक बाहेकका सेवा बन्द हुनेछन् भने सर्वसाधारण घरबाट बाहिर निस्कन पाउँदैनन् । यस्तो अवस्थामा मुलुकभरका सबैखाले होटल पनि बन्द छन् ।

    होटल एसोशिएशन अफ नेपाल (हान)ले होटल बन्द नगर्ने निर्णय गरेको छ । अत्यावश्यक सेवाभित्र होटल पनि पर्ने भएकाले निश्चित कर्मचारी राखेर सेवा पुनः सञ्चालन गर्ने निर्णय भएको हानका प्रथम उपाध्यक्ष विनायक शाहले जानकारी दिनुभयो । ‘‘होटललाई बन्द गर्न मिल्दैन’’, उपाध्यक्ष शाहले भन्नुभयो, ‘‘निश्चित कर्मचारी राखेर अन्यलाई सञ्चित बिदामा पठाउने सहमति भएको छ ।’’

    आइतबार हानका अध्यक्ष सिर्जना राणाको अध्यक्षतामा सङ्घको केन्द्रीय कार्यालयमा केन्द्रीय तीनवटै ट्रेड युनियनबीच भएको सहमतिमा होटलमा रहने कर्मचारीलाई स्वास्थ्यसम्बन्धी आवश्यक मास्क, ज्वरो नाप्ने यन्त्र, स्यानिटाइजर र पञ्जा प्रबन्ध गरी काममा लगाउने भएको छ । सहमतिअनुसार हाललाई कर्मचारीहरुले प्राप्त गर्ने सञ्चित बिदा तथा सञ्चित बिदा नभएमा अग्रिम बिदामार्फत समायोजन गर्ने गरी व्यवस्थापन गर्ने निर्णय गरेको छ ।

    कोरोनाले परेको प्रभावबाट होटल तथा पर्यटन क्षेत्रमा पर्न सक्ने प्रभाव तथा क्षतिको विषयमा हान र ट्रेड युनियनहरुको प्रतिनिधिसहितको संयुक्त प्रतिनिधिहरुले सरकार तथा सम्बन्धित निकायमा होटल तथा होटलमा कार्यरत श्रमिकहरुको लागि आवश्यक पर्ने राहत र सुविधाको विषयमा संयुक्तरुपमा अनुरोध गर्ने सहमति भएको उपाध्यक्ष शाहको भनाइ छ ।

    तारे होटलका अत्यावश्यक सेवा यथावत
    कोभिड—१९ को सङ्क्रमणलाई फैलन नदिन सरकारले आजदेखि देशभर लकडाउन गरेको छ । अत्यावश्यक बाहेकका सेवा बन्द हुनेछन् भने सर्वसाधारण घरबाट बाहिर निस्कन पाउँदैनन् । यस्तो अवस्थामा मुलुकभरका होटल क्षेत्र पनि बन्द छन् । राजधानी काठमाडौँ उपत्यकाका पर्यटकीय होटलदेखि तारे होटलले अत्यावश्यक सेवा दिइरहेका छन् ।

    सरकारको निर्णय अनुरुप आजबाट लकडाउन भएपनि काठमाडौँका कतिपय तारे होटलले न्यूनतम सेवा उपलब्ध गराइरहेको हानले जनाएको छ । होटलमा रहेका पाहुनालाई न्यूनतम कर्मचारी व्यवस्थापन गरी सेवा दिइरहेको हानका प्रथम उपाध्यक्ष विनायक शाहले जानकारी दिनुभयो । “भएका पाहुनालाई व्यवस्थापन गर्नु हाम्रो जिम्मेवारी हो, त्यो पुरा गरेका छौँ, अत्यावश्यक सेवाका पाहुना पर्यटकलाई विशेष अनुमति लिएर होटलसम्म आवतजावत गर्ने व्यवस्था पनि मिलाएका छौँ”, उहाँले भन्नुभयो ।

    अहिले विशेषगरी अन्तरराष्ट्रिय एयरलायन्सका कर्मचारीलगायत तारे होटलमा बसेका छन् । उनीहरु समान्य अवस्थामा पनि होटलमा बस्नुपर्ने हुन्छ । त्यसबाहेकका केही पर्यटक मात्रै होटलमा छन् । हानका सदस्य होटलमा कमभन्दा कम जनशक्ति व्यवस्थापन गरी सेवा दिने व्यवस्था मिलाइएको छ । लकडाउनको अवज्ञा नहुने गरी होटलको अत्यावश्यक सेवा सञ्चालनमा रहेको हानले जनाएको छ ।

    देश पूरै लकडाउन भएपछि स्वभाविक रुपमा होटल बन्द हुन्छन् । मानवीय भावले भएका पाहुनाको सेवा गर्नु कर्तव्य भएकाले आकस्मिक सेवा मात्रै सञ्चालन गरिएको उपाध्यक्ष शाहको भनाइ छ । यसअघि मुलुक लकडाउन नभएको अवस्थामा हानले अत्यावश्यक सेवाभित्र होटल पनि पर्ने भएकाले निश्चित कर्मचारी राखेर सेवा सञ्चालन गर्ने निर्णय लिएको थियो ।

    होटलमा रहने कर्मचारीलाई स्वास्थ्यसम्बन्धी आवश्यक मास्क, ज्वरो नाप्ने यन्त्र, स्यानिटाइजर र पञ्जा प्रबन्ध गरी काममा लगाइएको हानले जनाएको छ । हानको केन्द्रमा ३५० र देशभरका १५ वटा क्षेत्रीय च्याप्टरमा आवद्ध गरी करिब तीन हजार पर्यटकस्तरीयदेखि पाँचतारे होटल छन् ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...