News Portal

  • लकडाउनलाई बालबालिकाको सिकाइसंग जोड्न शिक्षाकर्मी पराजुलीका ११ टिप्स

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १२ चैत
    २०४८ पटक
    भक्तपुर, १२ चैत

    विश्वब्यापी महामारीको रुपमा देखा परेको कोरोना भाइरस संक्रमण(कोभिड १९) बाट बच्न नेपाल सरकारले सबैलाई घरमै बस्न आह्वान गर्दै लक् डाउनको घोषणा गरेको छ । मंगलवारदेखि शुरु भएको लक् डाउन एक हप्ता रहनेछ । तर, समय प्रतिकूल भएमा यो समयावधि बढ्ने सम्भावना पनि उत्तिकै छ । यस्तोमा एकातिर कोरोनाको सन्त्रास र अर्कोतिर बाहिर निस्कन नहुने अवस्था बीच जनजीवन सामान्य बनाइराख्नु चुनौतीपूर्ण मान्न सकिन्छ ।

    सपरिवार घरमा बस्दा पारिवारिक माहोल बनेको छ । शिक्षाकर्मी सुदर्शन पराजुली यो समयको संकटलाई सिकाइको अवसरको रुपमा सदुपयोग गर्नुपर्नेमा जोड दिन्छन् । यो समय साना भाइबहिनीहरूले पनि विश्वलाई चिन्ने, कस्ता कस्ता आपत र अप्ठ्यारा आइपर्छन् र त्यससँग कसरी जुझ्ने ? कसरी बच्ने, बाच्ने ? भन्ने कुरा सिक्ने/सिकाउने अवसरको रुपमा पनि प्रयोग गर्नुपर्ने उनको सुझाव छ । यसका साथै एक हप्ताको पट्यारलाग्दो समयलाई कसरी बालबालिकाको सिकाइसंग जोड्ने भन्ने बारे उनले ११ टिप्स दिएका छन् :

    १. घरको सामान मिलाऔं : यो काम गर्न बिदा कुर्नु पर्ने या समय निकाल्न गाह्राे हुने हामिले यो समयमा सामान मिलाउन कुना काप्चा सरसफाइ गर्न आफू पनि लागौँ आफ्ना छोरा छोरीलाई पनि सफा र स्वस्थ घर बनाऔं ।

    २. गमलाहरूमा नयाँ फूलका विरुवाहरू आफैले नर्सरी बनाइ रोपौँ, गोडमेल गरौँः यसले केटाकेटीलाई पर्यावरण बारे सिकाउन, अध्ययन गर्न मद्दत गर्छ। र आफूले रोपेको फुल विरुवा हुर्कन थालेको फुल्न थालेको देखे पछि केटाकेटी दङ्ग पर्छन् र पछि पनि फुर्सदको बेलामा यसै गर्छन् ।

    ३. कौसी खेती, करेसाबारी खेती गरौँः आफैले उत्पादन गर्दा बिसादी र रासायनिक रहित तरकारी आफै उत्पादन गर्न सकिन्छ । तरकारीमा आत्मनिर्भर बनौ, केटाकेटीलाई आजै देखि यही सिकायौं भने फलाउने तरिका पनि सिक्छन् र नाम पनि जान्दछन् ।
    ४. पढ्ने बानीको विकास गरौँ गराऔं: तपाइँ पढ्न बस्नु भयो भने बाबु नानी पनि बस्छन्, तपाइँ मोबाइलमा झुन्डिराख्नु भयो भने बाबु ननीले पनि त्यसै गर्छन्। त्यसैले राम्रा सामाजिक पुस्तकहरू, महान दार्शनिक र बैज्ञानिकका जीवनी र खोजमूलक पुस्तकको अध्ययन गर्ने बानीले केटाकेटीलाई अहिले देखि नै कस्ता पुस्तक पढ्ने र कस्तो बन्ने भन्ने दिशानिर्देश गर्न मद्दत पुर्याउँछ।

    ५. लेख्न बसौँः यो समयमा साहित्यिक सिर्जना र अन्य लेख्ने बानीको विकास गर्न सकिन्छ । आफ्ना नानी बाबुलाई पनि बिभिन्न विधामा लेख्न लगाएर उत्प्रेरणा दिन सकिन्छ जसले गर्दा लेखन सैली पनि सुध्रिन्छ र अक्षर पनि सफा र शुद्ध हुन्छन्।

    ६. योग र ध्यान गरौँः  प्रत्येक दिनको योग र ध्यानले रोग प्रतिरोधात्मक क्षमताको विकास हुनुको साथै आनिबानीमा पनि सुधार आउँछ र केटाकेटीले पनि सानै देखि सिको गरी स्वस्थ रहन्छन् र यही बानीको विकास हुँदै जान्छ।

    ७. नयाँ नयाँ परिकारको खाना पकाउन सिकौं सिकाअैँा : जसले गर्दा स्वाद पनि फेरिने, केटाकेटीले पनि यही बेलामा खाना पकाउने तरीका, पहिला पानी हाल्ने कि तेल हाल्ने भन्ने जानकारी, तरकारीको नाम, तरकारी केलाउन, पिठो मुछ्न, डल्ला पार्न, रोटि बेल्न, ढिडो मस्काउन (ओढाल्न) मरमसलाको नाम , नुन कति राख्ने, चामलमा कति पानी राख्दा भात कस्तो हुन्छ, भाडा माझ्ने तरीका आदि सिक्न पाउनेछन्।

    ८. ब्यायाम गरौँः यसले हामी र हाम्रो परिवारलाइ स्वस्थ राख्ने छ साथै, केटाकेटीले आजैदेखि ब्यायाम गर्न सिकी राम्रो बानीको विकास हुनुको साथै स्वस्थ र फुर्तिलो शरिर रहने छ।

    ९. राम्रा चलचित्रहरु हेरौँः यो समय परिवारका सदस्य सबै एकै ठाउमा धेरै दिन दिनभरि सङ्गै बस्न पाउने समय पनि भएकोले अलग अलग कोठामा बसि मोबाइल चलाउनु भन्दा राम्रा सामाजिक फिल्महरु सामुहिक रुपमा बसेर हेर्दा केटाकेटिमा सामुहिकताको विकास हुन्छ र उमेर पुगेका केटाकेटीले पब्जि खेल्ने, हेर्न नहुने साइटहरु हेर्ने, अनावस्यक रुपमा केटाकेटी साथि गफ्फिने, अनावस्यक गेमहरु खेल्ने र रिसाहा हुने बानी छुट्छ ।

    १०. संगीत सुनौँः स्वस्थ गीत संगीतले मनोरन्जनको अलावा सन्देश र चेतना पनि दिने हुनाले गीत गीतसंगीतद्वारा घरको माहोल मनोरजनात्मक बनाउँछ र काम गर्ने उर्जा प्रदान गर्छ। ब्यस्त रहौं, मस्त रहौं, स्वस्थ रहौं।

    ११. सरकारी निर्देशनको पालना गरौँ : घरमा बाहिरका मानिसको आवतजावत बन्द गरौँ । नयाँ मानिस आउनै पर्ने भएमा गेटमै स्यानिटाइजर वा साबुन पानीले हात धुन लगाएर र मास्क लगाएर मात्रै घर भित्र प्रवेश गराऔं, कम्तिमा तीन फिट टाढै बसाैं र बस्न लगाऔं । अनावश्यक काममा बाहिर ननिस्कौं । राज्यको निर्देशन पालना गरौँ । हाम्रा बालबालिकालाई राज्य भनेको के हो भन्ने बुझाँउदै यसप्रति आज्ञाकारी र बफादार बन्न प्रेरीत गरौँ  ।
    (पराजुली नरेफाँटस्थित लालीगुराँस बाटिका विद्यालयका निर्देशक हुन् ।)

    प्रतिकृया दिनुहोस्

    सुडालमा शुक्रवार पनि ७ सय एभोकाड़ोको विरुवा वितरण

    चाँगुनारायण सिटी एभोकाड़ो सिटी अभियान अन्तर्गत अभिन्ताहरुले चाँगुनारायण-८ सुडालमा विरुवा वितरण गरेका छन् । शुक्रवार...

    अन्नु श्रेष्ठ मिस भक्तपुर डिभाको ताज पहिरीन सफल, पछिपछि प्रतिक्षा र माला

    miss bhaktapur diva

    मिस भक्तपुर डिभाको ताज पहिरीन अन्नु श्रेष्ठ सफल भएकी छन् । शुक्रवार सम्पन्न प्रतिष्पर्धाको अन्तिम...

    आइतबार उपत्यकाका सबै स्थानीय तहमा बिदा

    bida

    आइतबार उपत्यकाभित्रका सबै स्थानीय तह र स्थानीय तह मातहतका निकायमा सार्वजनिक बिदा हुने भएको छ...

    मिस भक्तपुर डिबाको फाइनल शुक्रवार

    मिस भक्तपुर डिबाको फाइनल शुक्रवार हुने भएको छ । प्रतियोगिताको फाइनल चरणमा ११ प्रतियोगी रहेका...

    देकोचामा बसको ठक्करबाट ज्यान गुमाएका मानिसको खुलेन पहिचान

    भक्तपुरको देकोचामा मंगलबार यात्रुबाहक बसको ठक्करबाट ज्यान गुमाएका मानिसको पहिचान हुन सकेको छैन । बुधबार...