News Portal

  • यो सुरक्षाकर्मीले तुजुक देखाउने वा दलले आफ्नाे प्रचारबाजी गर्ने समय होइन 

    देवेन्द्र श्रेष्ठ 'दिवाकर'भक्तपुर,१२ चैत
    २४५६ पटक
    भक्तपुर,१२ चैत

    नेपाल सरकारले मंगलवारबाट देशमा ‘लकडाउन’ घोषणा गरेको छ । अत्यावश्यक काममा बाहेक घर बाहिर ननिस्कन र सेल्फ क्वारेन्टाइनमा रहन आह्वान गरेको बन्दको घोषणा नै ‘लकडाउन’को अवस्था हो । नोभल कोरोना भाइरस (COVID 19) को सम्भावित संक्रमणलाई रोक्ने अष्त्रको रुपमा सरकारले लक डाउन विधि अपनाउनुपरेको बताइएको छ । लकडाउनले सर्वसाधारणको दैनिकी मात्र मात्र होइन,राज्यको अर्थतन्त्र पनि चौपट पार्दछ । तैपनि बाध्यात्मक परिस्थिति भएकोले लकडाउन गर्नुपरेको सरकारकाे भनाइ छ ।

    लकडाउन भनेको क-कसलाइ COVID 19 को संक्रमण भएको छ भन्ने पहिचान नभएको अबस्थामा कथंकदाचित कसैलाइ संक्रमण भएको रहेछ भने अर्कोलाइ नसरोस भनेर एक बाट अर्कोलाइ नसरोस भनेर अपनाइएको सरल बिधि हो । यो राजनितिक पार्टीले आह्वान गरेको जस्तो बन्द वा राज्यले गर्ने कर्फु जस्तो पनि होइन । दिनभरी घर भित्र कोचिएर बस्यो बेलुका वरपरका साथी भाइ मिलेर पार्टी गर्यो वा तास खेल्यो वा बिहान तरकारी किन्न गयो वा मन्दिर गयो देउता ढोग्यो घण्टा बजायो वा बाइक चढेर गएर आफन्तलाइ केहि सामान पुर्याउन गयो वा समाचार संकलन वा जन चेतनामा हिडेका हुल वा लक डाउन उल्लंघन गर्नेलाइ पुलिसले डण्डा वा झापु हान्यो। यि सबै तरिकामा मान्छेले मान्छेलाइ नछोए पनि पैसा वा मानिसले स्पर्स गरेको बस्तुबाट एकबाट अर्कोमा सहजै संक्रमण सर्न सक्छ । सतर्क बनौं । लक डाउन भनेको अध्यारो कोठामा चौबीसै घन्टा कोचिएर बस्ने पनि होइन । बेला बेला आफ्नै घर वरिपरि कौसी आदीमा घाममा र ताजा हावामा निस्कनु पर्छ । यसो गर्दा शरिर भित्रको प्रतिरोध शक्ती बलियो हुन्छ।

    यो समय सुरक्षाकर्मीले आफ्नो तुजुक देखाउने वा दलले राजनीतिक प्रचारबाजी गर्ने मौका होइन

    Novel Covid-19 भाइरसको incubation time 2- 14 दिन भएकोले संक्रमित मान्छेले आफू निरोगी देखिए पनि यो अबधिमा जतिलाइ पनि रोग सार्न सक्दछ । त्यसैले एकै चोटी सबै जना आआफ्नो घरमा १४ दिन सम्म अलग (Isolation) बसि दिने हो भने रोग सर्ने प्रक्रिया एक दम न्यून हुन जान्छ । यदि यो अबधी भित्र कसैमा संक्रमण देखियो भने त्यो संक्रमित ब्यक्तिको प्रत्येक्ष सम्पर्कमा रहेका जतिलाइ फेरि Isolation मा अर्को १४ दिन राखी उपचार गर्नु पर्ने हुन्छ । यो Isolation को आकार जति सानो हुन्छ उति उपचार गर्न सजिलो हुन्छ। जस्तो कि नेपाल पुरै घर घर Isolation मा छ । यदि यो १४ दिन सम्ममा कोहि कसैमा यो रोग देखिएन भने नेपालको लक डाउन खोल्न मिल्छ ।

    यदि अमुक कोहि ब्यक्तिमा देखियो भने त्यो ब्यक्तिको घर अनि त्यो घरका सदस्यहरुले अनुशासन तोडेर को कोलाइ भेटे, छोए ति सबैलाइ isolation मा पुन 14 दिन राख्नु पर्ने हुन्छ। जस्तो कि एक जना ब्यक्तिको मन्दिर गएर घन्टा बजाउने आदत रहेछ र यो १४ दिनमा उक्त ब्यक्तिमा कोरोना संक्रमण देखियो भने त्यो घन्टा यो अबधिमा ककसले छोए ती सबैमा संक्रमण भैसकेको अनुमान गरि तिनिहरुको पूरै परिवार र तिनका परिवारले कसकसलाइ छोए, ती सबैलाइ पुन: अर्को १४ दिन isolaton मा राख्नु राख्नु पर्ने हुन्छ ।

    भाइरस के हाे

    भाइरस एक असाध्यै सुक्ष्म संक्रामक कण या एजेन्ट हो। संक्रमण गर्नु पुर्ब यसले निर्जीवले जस्तै भुमिका खेल्दछ। जब यो जिबहरुको जिबित कोष भित्र छिर्दछ तब यस्ले उक्त कोषको प्रक्रियालाइ नै परिबर्तन गर्दछ र नयाँ जिबित कोषको रुपमा बदलिएर जिबलाइ संक्रमित गर्दछ ।भाइरसले सबै जनावर , रुख बिरुवा देखी ब्याक्टेरिया सम्मलाइ संक्रमण गर्दछ। भाइरसको बाहिरी तह प्रोटिनले घेरिने भएकोले जिबहरुका कोषहरु झुकिन्छ्न र यसलाइ प्रोटिन ठानेर निल्दा यो सिधै कोषको न्युक्लियस भित्रको DNA सम्म पुगेर त्यसलाइ रुपान्तरण गरि दिन्छ । अनि यो कोष संक्रमित बनेर कोष बिभाजन प्रक्रियाबाट धेरै बन्ने दिशा तिर जान्छ ।

    अहिले सम्म भाइरस संक्रमणको उपचार छैन ।भाइरसको खोप मात्र संभब छ । मानिस लगायत अन्य जिब जिबात्मा शृष्टी हुनु पुर्ब देखी नै लाखौं किसिमका भाइरस यो ससारमा थिए । हामी यिनै भाइरस ब्याप्त संसार रुपि समुद्रमा जिबन रुपि जहाजमा यात्रा गरि रहेका हुन्छौं । यत्रो भाइरस रुपि शत्रुहरुबाट बचाउदै हामिलाइ जिबित बनाइ राख्ने प्रणाली हाम्रै शरिरमा रहेको हुन्छ । यो प्रणालीलाइ रोग प्रतिरोध प्रणाली भनिन्छ ।
    —- : रोग प्रतिरोध प्रणाली :—–
    हाम्रो शरीर भित्र रहेको रोग प्रतिरोध शक्तिले नै हामीलाइ स्वस्थ र जिबित बनाइ राख्दछ। हाम्रो शरिरकाे भित्र र बाहिर शत्रु ब्याक्टेरीयाहरु , भाइरसहरु र परजीवीहरुले निरन्तर हमला गरि रहेका हुन्छन् । यो हमलाको प्रतिकार हाम्रो शरिर भित्रको प्रतिरोध शक्तिले निरन्तर प्रतिकार गरि रहेको हुन्छ।

    शरिर भित्र रहेको कोषहरु र तन्तुहरुका बिशाल जालोले निरन्तर बाह्य आक्रमणकारीहरुको खोजी गरी रहेका हुन्छन र यदि कतै दुश्मनको उपस्थिति भएमा यिनले जटिल हमला गर्दछन । रोग प्रतिरोध प्रणाली पुरै शरिरमा फैलिएको हुन्छ र यसमा थुप्रै प्रकारका कोषहरु, अंगहरु, प्रोटिनहरु र तन्तुहरु सम्मीलित हुन्छ्न । मुख्य कुरो के हो भने हाम्रो शरिरको तन्तुले बाह्य तन्तुलाइ अथवा आफ्नो र पराइ सजिलै छुट्याउन सक्दछ । प्रतिरोध प्रणाली ले शरिर भित्र मरेका र काम नलाग्ने कोषहरुलाइ पनि सजिलै छुट्याउन सक्दछ । विशेष गरी प्रतिरक्षा प्रणालीमा हाम्रो रगतमा रहेको सेतो रक्त कोष ( WBC ) ले महत्वपुर्ण भुमिका निर्बाह गर्दछ। सेतो रक्त कोषलाइ “ल्युकोसाइट” पनि भन्दछ्न । हाम्रो शरीरको रगतको शिरा र धमनि को समानान्तर रहेका रगतका साना साना भेसलहरु र लिम्फ भेसलहरुमा सतो रक्त कोषहरु निरन्तर घुमिरहेका हुन्छ्न । यदि कतै रोगका कारक फेला पर्यो भने अन्य सेता रक्त कोषहरुलाइ शत्रु आएको सन्देश दिइ तुरुन्त जाइ लाग्ने काम गर्दछ्न । साथै सेतो रक्त कोषले हाम्रो शरीर भित्र कतै बाट रोग प्रबेश गर्ला भनेर हर बखत गश्ती गरि रहेको हुन्छ। यि सेता रक्त कोष शरिरको बिभिन्न अंगमा संचित भएर बसेका हुन्छन । जस्लाइ लिम्फोइड अर्ग्यान भनिन्छ। ति यस प्रकार छ्न ।

    1) Thymus :– यो अंग हाम्रो घाटी र फोक्सोको बिच भागमा रहेको हुन्छ।
    2)spleen :–यसले रगत छान्ने काम गर्दछ। यो अंग पेट्को माथिल्लो भागको देब्रे पट्टी रहेको हुन्छ।
    3)Bone Marrow :— यो हड्डिको ठिक बिचमा भित्र पट्टी हुन्छ। यस्ले रातो रक्त कोष पनि निर्माण गर्ने काम गर्दछ ।
    4) Lymph Nodes :- यो हाम्रो शरिरमा रहेको सानो अंग हो जुन शरीर भरी छरिएर रहेको हुन्छ। यो लिम्फ्याटिक भेसलसंग संबंधित छ।

    सेतो रक्त कोषहरु मुख्य त निम्न 6 प्रकारका हुन्छ्न ।
    1) Neutrophil=62%
    2)Lymphocytes=30%
    3)Monocytes= 5.3%
    4)Esinophils=2.3%
    5)Basophils=0.3%
    6) अन्य=0.1%
    बिशेष गरि कुनै पनि भाइरसले हाम्रो शरिरमा संक्रमण गर्दा Neutrophil ले भाइरसको विरुद्धमा ROS नामको बिषले आक्रमण गर्ने गर्दछ । यो बिषबाट हाम्रो शरिरको कोषलाइ बचाउनको लागी ढालको आबश्यक हुन्छ । यो ढालको काम भिटामिन C ले गर्दछ। त्यसैले भाइरस संक्रमण हुदा जति सक्दो धेरै भिटामिन C पाइने खाना खादा फाइदा गर्दछ।
    भाइरस संक्रमणको उपचार नै रोग प्रतिरोध शक्तिलाइ बलियो बनाउनु हो । यसको अन्य उपचार नै छैन ।

    प्रतिरोध शक्तिलाइ बलियो बनाउन निम्न उपाय अपनाउनु पर्दछ।
    1) आराम गर्नु पर्दछ।
    2)बेला बेलामा तातो झोल पदार्थ खानु पर्दछ।
    3)Vitamin D 10,000 iu प्रती दिन चाहिन्छ । यसको लागी घाम बस्ने ।
    4)zinc 50 देखी 100 mg प्रती दिन लिनु पर्दछ । यो दुध मासु गेडागुडी मा पाइन्छ।
    5) भाइरसको संक्रमणमा चिनी र कार्बोहाइड्रेड नखाने ।
    6)Vitamin C >3000 mg प्रती दिन । अमला अम्बा स्याउ सुन्तला मा पाइन्छ।
    7) Flavonoids > 200 mg प्रती दिन। हरियो खुर्सानी, प्याज, गोलभेडा
    8)Vitamin A 10,000 – 20,000 iu प्रती दिन । पहेलो फलफुल
    9) Vitamin E 800 iu प्रती दिन । काजु, बदाम
    10) Vitamin B6 1000 mg प्रती दिन । भटमास माछा हरियो साग सब्जी।

    भाइरस बाट बच्न अप्नाउनु पर्ने सावधानीहरु :—
    1) हात साबुन पानी जस्मा अल्कोहल मिसिएको होस बेला बेला धुने ।
    2)खोक्दा हाछिउ गर्दा नाक मुख कपडाले ढक्ने।
    3)रुघाखोकी को लक्षण देखिएमा अरुको नजिक नजाने ।
    4) माछा मासु अण्डा खानु छ भने राम्रो संग पकाएर मात्र खाने ।
    5) रुघाखोकी लागेको बेला घर पालुवा वा जंगली जनावर वा पशुपंक्षीको नजिक नजाने नछुने ।

    कोरोना भाइरस के हाे ?

    अहिले देखिएको कोरोना भाइरस कुनै नया होइन। यो पहिले देखि नै यो दुनियामा थियो । कुरो यो हो कि यो भाइरस पनि छ भन्ने कुरा अहिले थाहा पाए । अरु भाइरस जस्तै यो भाइरस संक्रमितको संम्पर्क पुगेका सबैलाइ नै संक्रमण हुन्छ भन्ने छैन। संक्रमण भएमा सबै मरि हालिन्छ पनि होइन । यो थाहा भएको करिब १०० दिन भयो । यो अबधिमा यो भुमन्डलिकृत पृथ्वीका करिब 0.003% मान्छेमा मात्र संक्रमण देखिएको छ भने संक्रमित मध्य करीब ४% को मात्र मृत्यु हुने गरेको छ। पृथ्वी भुमन्डलिकृत नहुदै देखा परेका सरुवा रोग TB हेपाटाइटिस C प्लेग आदिका कारण यसले भन्दा कखियौ गुणा मान्छे मारेको थियो । अहिले हामी आत्तिनु र आतंकित भएर भाग दौड गर्न जरुरी छैन। हाम्रो आहार बिहार प्राकृतिक र सामाजिक बाताबरणका कारण पनि हामि कहाँ सजिलै यो कोरोनाले महामारी फैलन्छ भन्ने छैन । बिशेष गरि विकसित देशका नागरिकहरु जन्मे देखी प्रोसेसिङ खाना र सामान्य रोगमा पनि बिभिद रसायन वाला औषधिको अत्याधिक प्रयोगको कारण उनिहरुको रोग प्रतिरोध क्षमता असाध्यै कमजोर हुम पुगेका कारणपनि यि क्षेत्रमा covid-19को संक्रमण्को संख्या उलेख्य बढेको हुन सक्छ। तर हाम्रो नेपालमा त्यस्तो बाताबरण छैन ।अनावश्यक आतंकित हुन जरुरी छैन ।

    ती जति मरेका छ्न बिशुद्द covid 19 नामक भाइरस मात्रको कारणले मरेको हो भन्ने छैन उनीहरु पहिले देखि नै अन्य सन्चो नहुने रोग लागि सकेकाहरु थिए । भाइरल बिरामीलाइ अति आबश्यक दुइ चिज हुन्छ, सुर्यको किरण र ताजा हावा । जब आइसोलेसनको नाममा यि दुबैबाट कटाए पछि बिरामी नमरेर के हुन्छ त ? साथै औषधि नै नभएको रोगमा अन्य रोगको उपचारमा प्रयोग हुने औषधिको जथाभावी trail गरी ज्यान गएको छ । मान्छे धेरै डराएको अबस्थामा उस्को रोग प्रतिरोधात्मक शक्ति पुर्ण त switch off हुन्छ र सामान्य कारणले पनि मान्छे तुरुन्तै मरि हाल्दछ । अहिले सबका सब मिलेर जान अन्जानमा माहोल यस्तो बनाइएको छ कि सामान्य रुघाखोकी लागेमा पनि कोरोनाको आशंका उत्पन्न हुने र अनि कोरोना डिटेक्ट भए त केहि गर्नै पर्दैन उ त्यति कै मर्ने नै छ । हालसालै भारतमा कोरोना आशंका भएको ब्यक्ति अस्पतालको झ्यालबाट फाम हानेर ज्यान त्यागेको कुराले डरको मात्रा कति छ भन्ने सहजै अनुमान गर्न सकिन्छ ।

    अन्तमा,

    हेर्दै जानु होला WHO ले आफ्नो Target fund जुटि सके पछि, बिश्व भरी बिकासोन्मुख देशहरुमा पुँजीवादी देशहरुले यो भाइरस डिटेकसन किट बेचि सकेपछि र उनले निर्माण गरेको खोपको trail गर्ने गरिब देशले स्विकार्ने अवस्था आए पछि यो कोरोना सोरोना सब शान्त भएको नाटक गरिने छ ।

    तर, अहिलेको हाम्रो व्यवहार भने कोरोनालाई नेपालमा महामारीको रुप हुन् नदिनेमा केन्द्रित हुनुपर्छ । त्यसैले अनावस्यक व्यक्तिको सम्पर्कमा रहेर रोगी बन्ने सम्भावना बढाउनु हुँदैन । यदी रोग लाग्यो भन्दैमा आत्तिनु पनि पर्दैन । उच्च मनोबल नै यस रोग बिरुद्ध लड्ने मूख्य औजार भएको कुरा बिर्सनु हुँदैन ।

    (श्रेष्ठ सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का बागमती प्रदेश सुशासन विभाग अध्यक्ष एवं विज्ञानका अध्येता हुन् )

     

    प्रतिकृया दिनुहोस्

    भक्तपुर शाखाका बराललाई पत्रकार महासंघ उपत्यकाको रजत अभिनन्दन

    नेपाल पत्रकार महासंघको उपत्यका प्रदेश समितिले प्रदेश परिषद सदस्यहरु मध्येबाट २५ वर्षभन्दा बढी समयदेखि पत्रकारिता...

    चाँगुनारायणमा एनजिओलाई विवरण बुझाउन बैशाख मसान्तसम्म म्याद

    chagu mayor

    चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तथा योजना र बजेट तर्जूमाबारे...

    मन्त्रालयका सहसचिव डा गैरे बर्खास्त

    कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको छ । शुक्रबार मन्त्रालयले...

    ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता

    नयाँ शैक्षिक सत्रको लागि विद्यालयमा भर्ना अभियान शुरु भएको छ । बैशाख २ गते बाट...

    भक्तपुरमा डलर देखाई ३ लाख ५० हजार ठगी फरारहरु प्रहरी फन्दामा

    भक्तपुरको मध्यपुर थिमि-१ लोकन्थलीमा बिदेशी डलर देखाई ३ लाख ५० हजार ठगी गरी भागेको आरोपमा...