News Portal

  • विद्यार्थीलाई भर्चुअल शिक्षामा प्रेरित गरिँदै

    प्रकाश सिलवाल/काठमाडौ१३ चैत २०७६
    ८१५ पटक
    १३ चैत २०७६

    लामो समय घरमा रहेका बेला बालबालिकाको सिकाइलाई सहजीकरण गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय मातहतका निकाय र विभिन्न संस्थाले विद्युतीय पठन सामग्रीतर्फ प्रेरित गरेका छन् ।

    विश्वव्यापी सङ्क्रमण भइरहेको कोभिड–१९ बाट बच्न नेपालमा पनि ‘लकडाउन’ जारी भएको अवस्थामा शैक्षिक संस्था स्वतः बन्द भएकाले विद्यार्थीलाई आफ्नो कक्षा र रुचिअनुसार घरमै बसेर पढ्न मिल्ने भर्चुअल सामग्री सिफारिस गरिएको हो । पाठ्यक्रम विकास केन्द्रको पाठ्यक्रमका आधारमा यसअघि नै तयार गरिएका ती डिजिटल सामग्री विद्यार्थीले उपयोग गर्न सकुन् भनी मन्त्रालय मातहतको शिक्षा विकास तथा मानव स्रोत विकास केन्द्र (शिक्षा विभाग) ले सूचित गरेको छ । ती सामग्रीको लिङ्क विभागको डब्लु डब्लु डब्लु डट डिओई डट जिओभी डट एनपी र केन्द्रको एमओइसिडिसी डट जिओभी डट एनपी बाट सजिलै प्राप्त गर्न सकिनेछ ।

    ‘ओपन लर्निङ नेपाल’को साझा ई पार्टीमा माध्यमिक तहका सबै कक्षाका मुख्य विषय विज्ञान, गणित, अङ्ग्रेजी र नेपालीका पाठ सचित्र क्रमशः समावेश गरिएको छ । ती लिङ्कमा कक्षा ९ र १० का लाग ‘भर्चुअल क्लास अफ अल कम्पलसरी सब्जेक्ट्स, कक्षा ६ देखि ८ सम्मका लागि अङ्ग्रेजी, गणित र विज्ञानका सामग्री, ‘इ पाथ : डिजिटल लर्निङ सामग्री, बालबालिकाका कथा र खेलहरु, ‘चिल्ड्रेन्स बुक’, ई पुस्तकालय (निःशुल्क र खुल्ला डिजिटल पुस्तकालय) समावेश छन् ।

    केन्द्रले विषम परिस्थितिका कारण विद्यालयहरु बन्द रहेको अवस्थामा बालबालिकाको पठनपाठन अवरुद्ध हुन नदिई बालबालिकाको सिकाइलाई निरन्तरता दिनका लागि मन्त्रालय मातहत विभिन्न निकायबाट निर्मित वा अन्य स्रोतबाट उपलब्ध र ‘एजुकेसन क्लस्टर’द्वारा बालबालिकाको निमित्त उपयोगी ठानी सिफारिस गरिएका सामग्री उपलब्ध रहेको’ जानकारी दिएको हो । ‘एजुकेसन क्लस्टर’मा शिक्षामा काम गर्ने अन्तर्राष्ट्रिय दातृ निकायको पनि सहभागिता छ ।

    अप्ठेरो परिस्थितिमा पनि बालबालिकाको सिकाइलाई सहजीकरण गर्ने काममा विशेष गरी अभिभावकबाट र सम्बन्धित सबैबाट अग्रसरता प्रदर्शन गर्न पनि केन्द्रले अनुरोध गरेको छ । विभागका निर्देशक गेहनाथ गौतमले यस विषम स्थितिमा शिक्षक, अभिभावकलाई समेत उपयोगी हुने मनोरञ्जनसहित अनलाइन पोर्टल सामग्री निर्माणका लागि पनि कार्यदल गठन गरिएको जानकारी दिए । केन्द्रले २०७२ को विनासकारी भूकम्पपछिको अवस्थामा पनि विपद्बारे अध्ययन सामग्री र पोर्टल तयार गरेको थियो ।

    निर्देशक गौतमले शिक्षकलाई जहाँ बसेर पनि अनलाइन र मोबाइलका माध्यमबाट आफ्ना विद्यार्थी हेरचाह गर्न सकिने भएकाले त्यसका लागि शिक्षकलाई आग्रह गरे ।

    बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) का अध्यक्ष नरेन्द्र डङ्गोलले सरकार र गैरसरकारी क्षेत्रबाट यस परिस्थितिमा शुरु गरिएका कदम सकारात्मक रहेको भन्दै विद्यालय जाँदा खास खास तालिका हुने तर घरमा बस्दा त्यस्तो समयतालिका नहुने हुँदा हामीले उनीहरुका लागि समयतालिका उनीहरुकै सहभागितामा बनाउनु जरुरी रहेको बताए ।  ‘यसरी तालिका बनाउदा खेल्ने, खाने, पढ्ने, घरायसी काममा सहभागी तथा सहयोग, शारीरिक व्यायामको समय आदि समावेश गर्नुपर्छ ।’ अध्यक्ष डङ्गोलले भने, ‘अहिलेको सामाजिक सञ्जालमा सङ्कटका बारेमा दिमागमा नकारात्मक असर पर्ने खालका सामग्री र मोबाइलमा उनीहरुलाई लत बसाउनुहुँदैन ।’

    उनले बच्चा चकचके भयो भनेर उनीहरुलाई गाली नगरी उनीहरुसँग आफू पनि संलग्न भइदिँदा उसलाई हौसला मिल्ने भएकाले दिनभरि के के ग¥यो भनेर दैनिकी लेखाउँदा पनि उनीहरुमा सिर्जनशील विचारको विकास हुने जनाए ।  सिजपले विद्यालय र बालबालिका शान्ति क्षेत्र भएकाले उनीहरुलाई घरैदेखि बालअधिकारको प्रयोग हुन सक्ने वातावरण सिर्जनाका लागि वकालत गर्दै आएको छ । रासस

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...