News Portal

  • कोरोना त्रासः जुमाको नमाज घरमै पढे कपिलवस्तुका मुस्लिम समुदायले

    सीताराम चौधरी/कपिलवस्तु१३ चैत २०७६
    १०२७ पटक
    १३ चैत २०७६

    कपिलवस्तुका मुस्लिम समुदायले शुक्रबारीय जुमाको नमाज घरमै पढेका छन् । कोरोना भाइरसको त्रास बढेपछि सरकारले लकडाउन गरेपछि मुस्लिम समुदायले शुक्रबार घरमै बसेर जुमाको नमाज पढेका हुन् ।

    मुस्लिम समुदायको बाहुल्यता रहेको जिल्लाका मुस्लिम समुदायले हरेक शुक्रबार मस्जिदमा गई जुमाको नमाज पढ्ने गरेकोमा कोरोना त्रासका कारण आ–आफ्नै घरमा जुमाको नमाज पढेको मदरसा बोर्ड प्रदेश ५ का उपाध्यक्ष मौलाना मशहूद खाँ ‘नेपाली’ ले जानकारी दिए । भीडभाडमा कोरोना फैलन सक्ने जोखिम रहेको र सरकारले समेत लकडाउन गरेकाले घरमै बसेर जमुको नमाज पढेको मौलाना ‘नेपाली’ले बताए । जुमाका दिन मुस्लिम समुदायले अनिवार्य रुपमा मस्जिदमा गएर नमाज पढ्नु पर्ने हुन्छ । वर्तमान परिस्थितिका कारण जुमाको नमाज घरमै पढ्ने निर्णय गरेको प्रदेश उपाध्यक्ष मौलाना ‘नेपाली’ को भनाई छ ।

    गत बिहीबार मुस्लिम धर्म गुरु मौलानाहरुसँग छलफल गरी जुमाको नमाज घरमै पढ्ने मदरसा, मस्जिदका अध्यक्षहरुले उर्दू भाषामा सामुहिक विज्ञप्ती जारी गर्दै आग्रह गरेका छन् । नेपाल सरकारले दिएको निर्देशनलाई मुस्लिम समुदायले समेत अपनाई कोरोना भाइरसको रोकथाम गर्न र सचेतना अपनाउन मस्जिदमा अजान दिने तर नमाज पढ्न चारजना मात्र सहभागी हुने, बढी भीडभाड नगर्ने र शुक्रबारको नमाज आ–आफ्नो घरमा पढ्न विज्ञप्तीमार्फत मुस्लिम समुदायमा आग्रह गरिएको छ ।


    विज्ञप्तीमा ५ नं. प्रदेश मदरसा बोर्ड समितिका उपाध्यक्ष मौलाना मशहूद खाँ ‘नेपाली’, मुस्लिम संगठन नेपालका अध्यक्ष सिराज अहमद फारुकी, राष्ट्रिय मदरसा संघ नेपालका राष्ट्रिय अध्यक्ष डा.अब्दुल गनी अलकूफी, मदरसा खादिजुल कुबराका अध्यक्ष अब्दुल अजीम मदनी, जामिया इस्लामिया नाइमियाका कार्यवाहक अध्यक्ष अब्दुल कलाम खाँ, मौलाना जमाल, हेरा एजुकेशनल एण्ड वेलफेयर सोसाइटी शिवराज नगरपलिकाका उपाध्यक्ष शैख अरसद मक्की, शैख जैस मक्की लगायतले समर्थन जनाउँदै विज्ञप्तीमा हस्ताक्षर गरेका छन् ।

    ‘शुक्रबार मस्जिदमा नमाज पढ्ने हाम्रो धर्म हो तर अहिले विश्व नै कोरोनाको त्रासमा छ मानवता नै धर्म हो त्यसैले हामीले घर मै नमाज पढेका हौ’ –नेपालकै जेठो मदरसा जामिया सिराजुल उलूम अल–सल्फिया झण्डानगरका अध्यक्ष समीम अहमद नदवीले भने ।

    कपिलवस्तुमा २ सय बढी मस्जिद छन् । हरेक मस्जिदमा ५ सयदेखि ३ हजारसम्म शुक्रबारको दिन नमाज पढ्ने गरिन्छ । मुस्लिम अगुवाहरुले जुमाको नमाज घरमै पढ्दै कोरोना भाइरसको त्रासबाट चाँडै मुक्ति दिलाउन अल्लाहसँग प्रार्थना गरेको जनाएका छन् ।
    मुस्लिम अगुवाहरुले निकालेको विज्ञप्ती

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...