News Portal

  • धनगढीमा पनि भेटिए कोरोना संक्रमित, संक्रमितको संख्या ४ पुग्यो

    भक्तपुरपोष्ट संवाददाता१३ चैत २०७६
    ८८० पटक
    १३ चैत २०७६

    काठमाडौं । नेपालमा चौथो व्यक्तिमा पनि कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।उनी प्रादेशिक अस्पताल धनगढीमा उपचाररत रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिएका छन् ।

    संक्रमित व्यक्ति सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारमा रहेका ३४ वर्षका नेपाली पुरूष भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.  देवकोटाले जानकारी दिए। मन्त्रालयको पत्रकार सम्मेलनमा जानकारी दिँदै देवकोटाले थप एक नेपालीमा संक्रमण भएको पुष्टि भएको बताएका हुन्। दुबईबाट आएका उनी चैत ११ गते सेती प्रादेशिक अस्पतालमा भर्ना भएका थिए।

    राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा शुक्रबार भएको परीक्षणमा कोरोना संक्रमण भएको पुष्टि भएको देवकोटाले बताए। काठमाडौं बाहिर प्रदेश ७ को धनगढीमासमेत कोरोना संक्रमित भेटिएपछि यसको संक्रमण देशभर हुनसक्ने उनको भनाइ छ।

    प्रवक्ता देवकोटाले सं‌क्रमित अरु पनि हुन सक्ने भन्दै विदेशबाट आएका सबैलाई होम क्वारेन्टाइनमा बस्न आग्रह गरेका छन् । दुबईबाट आएका उनी चैत ११ गते अस्पताल भर्ना भएका थिए । उनी ३४ वर्षका नेपाली पुरूष हुन् । हाल उनको अवस्था सामान्य छ । यसअघि नेपालमा तीन जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।

    मन्त्रालयका अनुसार कोरोना संक्रमणको आशंकमा काठमाडौंका तीन अस्पतालमा १३ जनाको उपचार भइरहेको छ। कान्ति बाल अस्पतालमा ३, पाटन अस्पतालमा ६ र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा ४ गरेर १३ जनाको आइसोलेसनमा उपचार भइराखेको छ।

    स्वास्थ्य मन्त्रालयका अनुसार शुक्रबार कान्तिबाट ६ र टेकु अस्पतालबाट पाँचजना गरी ११ जना डिस्चार्ज भएका छन्। कोराना पुष्टि भएका दुई जनाको अझै पनि टेकु अस्पतालको आइसोलेसनमा उपचार भइराखेको छ। उनीहरुको अवस्था सामान्य रहेको पनि मन्त्रालयले जनाएको छ।

    प्रतिकृया दिनुहोस्

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...

    शिक्षा पत्रकार सिग्देललाई पितृशोक

    शिक्षा पत्रकार समूहका पूर्वअध्यक्ष एवं आजको शिक्षा साप्ताहिकका सम्पादक सुदर्शन सिग्देललाई पितृशोक परेको छ ।...

    सोमबार चाँगुनारायण-७ मा नगरकोट भ्रमण वर्षको वडास्तरीय समिति विस्तार गरिने

    चाँगुनारायण नगरपालिकाको वडा नम्बर ७ ले नगरकोट भ्रमण बर्ष २०८२ को तयारी तीब्र बनाएको छ...