News Portal

  • नगरपालिकाले खाद्य सामग्री र ग्यास घरघरमा पुर्याउने

    राससकाठमाडौं, १६ चैत
    ८१७ पटक
    काठमाडौं, १६ चैत

    गोकर्णेश्वर नगरपालिकाले अत्यावश्यक सेवाका खाद्य सामग्री र ग्यास अभाव हुने नगरवासीका घरघरमा सवारीमार्फत सेवा पु¥याउने भएको छ ।

    कोरोनाको सङ्क्रमणबाट बच्न सरकारले लक डाउन गरेको चौथो दिनसम्म नगरवासीले खाद्य सामग्री, ग्यासलगायत अत्यावश्यक चीजबीज नपाउँदा भान्सा नै बन्द गर्नुपर्ने भयो भन्दै फोनबाट गुनासो गरेपछि शनिबारदेखि नै नगरपालिकाले यो सेवा दिन लागेको नगरप्रमुख सन्तोष चालिसेले राससलाई जानकारी दिए ।

    “पाँच सातजनाको समूह बनाएर अभाव हुनेका घरमा आवश्यक सामान ढुवानीको व्यवस्था मिलाउन लागेका छौँ, उपभोक्ताले बजारकै भाउमा घरमै सामान पाउँछन्, ढुवानी खर्च नगरपालिकाले व्यहोर्छ, यसरी सामान ढुवानी गर्नेको फोन नं समेत सार्वजनिक गछौँ”, उनले भने ।

    यसरी आउने सामानमा उपभोक्ताले अधिकतम् मूल्यभन्दा बढी तिर्नुनपर्ने जानकारी पनि नगरप्रमुख चालिसेले दिए । साता दिनका लागि घोषणा गरिएको लक डाउनको चौथो दिनसम्म राजधानीकै काठ क्षेत्रका अधिकांश पसल खुलेका छैनन् ।

    लक डाउनको पहिलो दिन मङ्गलबार केही पसल खुले पनि प्रहरीले नै बन्द गर्न लगाएको कागेश्वरी मनोहरा नगरपालिकाका ज्ञानप्रसाद सिम्खडाले बताए । सरकारले अत्यावश्यक सेवाका खाद्य सामग्रीका पसलमा भीडभाड नगरी सेवा दिने भनी सूचना जारी गरे पनि प्रहरीले सही रुपमा नबुझेजस्तो देखिएको उनको दुःखेसो छ ।

    महानगरीय प्रहरी वृत्त बौद्धका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नवीन कार्कीले ग्यास, पानीलगायत सामग्री राखिएका पसल बन्द गराउने नीति सरकारको नरहेकाले कतै त्यस्तो भएको भए खुलाउन लगाउने बताए ।

    कोरोनाको सङ्क्रमणबाट बच्न शुरु गरिएको लक डाउनको मौका छोपी रु २० पर्ने नुनको प्याकेटको रु २५ लिएको, ग्यासको कालोबजारी भएको, अत्यावश्यक चिनी, तेल, जारको पानी जस्ता सामग्रीको भाउ बढाइएको, ग्यास राखेर नदिने गरिएको उपभोक्ता रजनी पुडासैनीको गुनासो छ ।

    कृत्रिम अभाव, कालोबजारी र दोब्बरसम्म मूल्यवृद्धि हुँदा स्थानीय तहका अनुगमन समिति मुकदर्शकमात्र बनेको आम उपभोक्ताको भनाइ छ । स्थानीय तह सञ्चालन ऐनअनुसार नगरपालिकाका उपप्रमुखको संयोजकत्वमा अनुगमन समिति गठन हुने व्यवस्था छ ।

    सङ्कटका बेला पनि यस क्षेत्रका बूढानीलकण्ठ, गोकर्णेश्वर, कागेश्वरी मनोहरा, शङ्खरापुरलगायत नगरपालिकाका अनुगमन समिति निष्क्रिय रहेको स्थानीयवासीको गुनासो छ ।

    प्रतिकृया दिनुहोस्

    सँझ्या: साहित्यमा शनिबार सुनिए ३ कवि र एक बोनस कविता

    सँझ्या: साहित्यको नियमित शृङ्खलामा शनिबार तीन कविहरूले आ-आफ्ना कविता सुनाएका छन् । भक्तपुरको नयाँ थिमिस्थित...

    तिथली नगरकोटी धिमेवाजा खल:लाई नेता राणाको आर्थिक सहयोग

    नेपाली कांग्रेसका युवा नेता रवि राणाले धिमेवाजा खल: समितिलाई आर्थिक सहयोग गरेका छन् । सूर्यविनायक-७...

    आजको राशिफल

    आज बि.सं.२०८१ भदौ २२ गते शनिबार ई.सं.२०२४ सेप्टेम्बर ०७ नेपाल सम्बत ११४४ ञंलाथ्व चतुर्थी कालयुक्त...

    पाकिस्तानी शहीदको काठमाडौंमा सम्झना

    पाकिस्तानको रक्षा तथा शहीद दिवसको अवसरमा काठमाडौंमा एक स्वागत समारोह सम्पन्न गरिएको छ । शुक्रबार...

    ख्वप अस्पतालले बीमा बोर्डसँग २० करोड बढी लिन बाँकी, सञ्चालनमा समस्या

    khopa hospital

    भक्तपुर नगरपालिकाको अस्पताल ख्वप: अस्पताल सञ्चालनमा समस्या उत्पन्न भएको छ । सरकारले स्वास्थ्य बीमाको रकम...