News Portal

  • लकडाउन लम्बियो

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १६ चैत
    ७२४ पटक
    भक्तपुर, १६ चैत

    कोभिड १९ को संक्रमण रोकथाम र नियन्त्रणका लागि भन्दै सरकारले लक डाउनको समय थप गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले एक साता समय थपेको हो ।

    यस अघि सरकारले सोमबार बिहान छ बजेदेखि एक हप्ताको लागि लकडाउन घोषणा गरेको थियो । जुन १८ चैतको बिहान छ बजे सकिदैंछ । लक डाउनको समय सकिन लागे पनि रोगको जोखिम नसकिएकोले समय बढाइएको बताइएको छ । नयाँ समय १८ गते बिहान छ बजे शुरु भई २५ गते बिहान छ बजे सम्मलाई कायम गरिएको छ । यसको औपचारिक घोषणा भने भएको छैन ।

    कोरोना रोकथाम तथा नियन्त्रणका लागि उपप्रधान एवं रक्षा मंत्री इश्वर पोखरेलको नेतृत्वमा गठित उच्चस्तरीय समितिले जारी लकडान १४ दिनसम्म थप्न सुझाव दिएको थियो । तर, आइतवारको मन्त्रीपरिषद बैठकले १ साताको समय बढाएको सहभागी एक मन्त्रीले बताए ।

    प्रतिकृया दिनुहोस्

    पानी पटाउँदा करेन्ट लागेपछि भक्तपुरमा एक किसानको निधन

    खेतमा पानी लैजाने क्रममा करेन्ट लागी भक्तपुरमा एक किसानको ज्यान गएको छ । भक्तपुर नगरपालिका...

    आज मध्यपुर थिमिमा हात्ती माथि नाँच देखाइने

    मंगलबार मध्यपुर थिमिका विभिन्न स्थानमा पुलु किसि नाच देखाइने भएको छ। करिव चार वर्षपछि आज...

    भक्तपुरमा सहकारीकर्मीको बागमती प्रदेश समिट हुने

    बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ (बागमती प्रोस्कून) को आयोजनामा यही फागुन १६ र...

    ७१ वर्षमा विवाह

    डोटीको जोरायल गाउँपालिका-५ भाम गाउँका ७१ वर्षीय वृद्धले आफ्नो प्रेमलाई विवाहमा परिणत गरेका छन् ।...

    अन्ना स्टिरले पाउने भइन् यो वर्षको कालीभक्त पन्त लोकसाहित्य अन्तर्राष्ट्रिय पुरस्कार

    फलेवास पर्वत । कालीभक्त–कृष्णा पन्त स्मृति प्रतिष्ठानद्वारा स्थापित कालीभक्त पन्त लोकसाहित्य अन्तर्राष्ट्रिय पुरस्कार २०८० अमेरिकन...