News Portal

  • किमम फाउण्डेशनद्वारा विपन्न परिवारलाई राहत

    सीताराम चौधरी/कपिलवस्तु१६ चैत २०७६
    ९०६ पटक
    १६ चैत २०७६

    कपिलवस्तु  । ‘लकडाउन’को चपेटामा परेका कपिलवस्तुका करीब ४सय गरीब घरपरिवारलाई राहत वितरण गरिएको छ । किमम फाउण्डेशन नेपालले दयनीय जीवन विताइरहेका विपन्न घरपरिवारलाई राहत वितरण गरेको हो ।

    कृष्णनगर नगरपालिकाको करीब ४ सय गरीब घरपरिवारलाई झण्डै साढे ४ लाख बरारबरको राहत सामग्री वितरण गरिएको किमम फाउण्डेशन नेपाल कपिलवस्तुका अध्यक्ष शैख अब्दुल कयूम मदनीले जानकारी दिए । प्रति परिवारलाई २५ किलो चामल, ५ किलो दाल, ३ लिटर तेल, ५ किलो आलु तथा नुन, साबुन, सर्पm लगायतका सामग्री वितरण गरिएको उनले बताए ।

    खाद्य सामग्री वितरण गर्दै मदरसा बोर्ड ५नं.प्रदेशका उपाध्यक्ष मौलाना मशहूद खां ‘नेपाली’ले मिहिनेत मजदूरी गरी दैनिक छाक टार्दै आएका विपन्न परिवारलाई ठूलो राहत पुगेको विश्वास व्यक्त गरे । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसलाई रोक्न सरकारले गरेको ‘लकडाउन’ का कारण रोजगारी बन्द हुँदा दैनिकी चलाउन समस्या परेका गरीब परिवारलाई दुई छाक टार्न गरिएको सहयोग प्रशंसनीय रहेको भन्दै मौलाना नेपालीले सहयोगी मनहरुप्रति आभार प्रकट गरे ।

    “यस्तो दुःखद घडीमा गरीब असहाय परिवारलाई सहयोग गर्नु नै सबैभन्दा ठूलो मानव धर्म हो । आ–आफ्नो ठाउँबाट सबैलाई असहायको सहयोगमा जुट्नुपर्छ” –राष्ट्रिय मदरसा संघ नेपालका राष्ट्रिय अध्यक्ष डा. अब्दुल गनी अल–कूफीले आग्रह गरे ।

    राहत वितरणमा नेकपा कृष्णनगर नगरसमिति अध्यक्ष जावेद आलम, युवा सहयोगी वसीम खान, कैफ खान, वसीउल्ला चौधरी लगायत व्यक्तित्वहरुको उपस्थिति रहेको थिए ।

    “यो दुःखद घडी हो र कोरोना भाइरसबाट आफू बचौं र अर्कालाई पनि बचाउन नेपाल सरकारले दिएको निर्देशन को पालन गर्दै हामी हर सम्भव नेपाली जनताको सुख दुःखमा सदैव उभिएका छौं र सकेसम्म आजको यो दुःखद घडीमा गरीब असहायको साथमा रहनेछौं” –किमम फाउन्डेसन नेपाल का अध्यक्ष शैख अब्दुल कयूम मदनीले प्रतिबद्धता जाहेर गरे ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...