News Portal

  • गण्डकी प्रदेशमा खाद्यान्न अभाव छैन :निजी क्षेत्र

    भक्तपुरपोष्ट संवाददाता२१ चैत २०७६
    ६२५ पटक
    २१ चैत २०७६

    कास्की । कोभिड–१९ को सङ्क्रमण न्यूनीकरणका लागि सरकारले जारी राखेको लकडाउनका अवधिमा गण्डकी प्रदेशमा खाद्यान्न अभाव नरहेको उद्योगी व्यवसायीले स्पष्ट पारेका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घ गण्डकी प्रदेश, पोखरा उद्योग वाणिज्य सङ्घ र लेखनाथ उद्योग वाणिज्य सङ्घले आज संयुक्त विज्ञप्ति जारी गरी बजारमा खाद्यान्न अभाव नरहेको तथा कतिपयले बजारमा खाद्यान्न अभाव हुन्छ भन्ने अफवाह फैलाएकाले त्यस्तो भ्रममा नपर्न आम नागरिकमा अपिल गरिएको छ ।

    उद्योग बाणिज्य सङ्घ गण्डकीका अध्यक्ष सञ्जीवबहादुर कोइराला, पोखराका अध्यक्ष दामु अधिकारी तथा लेखनाथका अध्यक्ष बलराम ढकालले जारी गरेको विज्ञप्तिमा साँझ बिहानको छाक टार्नका लागि यस क्षेत्रमा खाद्यान्नको कुनै पनि अभाव हुन नदिने गरी प्रदेश, जिल्ला तथा स्थानीय आपूर्ति समितिसँग समन्वय गरी आपूर्ति व्यवस्था मिलाइरहेको उल्लेख गरिएको छ ।

    आपूर्ति समितिसँगको बैठकमा भएका निर्णयबमोजिम ‘कम्बो प्याक’हरु पनि तयारी गरी बिक्रीवितरण भइरहेको हुँदा यदि कुनै क्षेत्रमा खाद्यान्न अभाव भएको महसुस भएमा आफ्नो स्थानीय तहको प्रमुख तथा प्रतिनिधिमार्फत कार्यक्षेत्रअनुसारको निजी क्षेत्रको प्रमुख तथा प्रतिनिधिलाई खबर गर्न समेत सर्वसाधारणमा आग्रह गरिएको छ । दैनिकरुपमा पोखरामा खाद्यान्न र ग्यासको गाडीसमेत भित्रिरहेको अवस्थामा आवश्यकताभन्दा बढी खाद्यान्न घरमा सञ्चित नगर्नसमेत उद्योगी व्यवसायीको आग्रह छ ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...