News Portal

  • कोरोनाविरुद्ध प्रदेश नं २ सरकारको तैयारी तिव्र

    भक्तपुरपोष्ट संवाददाता२१ चैत २०७६
    ८६४ पटक
    २१ चैत २०७६

     

    जनकपुरधाम । प्रदेश नं २ सरकारले कोरोना महामारी नियन्त्रण तथा उपचारको लागि युद्धस्तरमा तैयारी थालेको छ । महामारीका कारण नेपाल सरकारले जारी गरेको लकडाउन सफल बनाउन गरिब तथा दैनिक ज्यालाका मजदूरलाई स्थानीयतहमार्फत राहत उपलब्ध गराइरहेको प्रदेश सरकार महामारी नियन्त्रणका लागि दोस्रो चरणमा प्रवेश गरेको छ । महामारी नियन्त्रणका लागि मुख्यमन्त्री लालबाबु राउतको नेतृत्वमा गठित कोरोना महामारी नियन्त्रण निर्देशक समितिको आज सम्पन्न बैठकले प्रदेशमा नमूना क्वारेन्टाइनको व्यवस्थापन, आइसियुको निर्माण, धनुषाको लालगढस्थित चर्मरोग अस्पताललाई इन्टेन्सिभ केयर युनिट निर्माणको लागि अध्ययन गर्न विज्ञ टोलीलाई जिम्मा दिनुका साथै मुजेलियामा सुविधा सम्पन्न क्वारेन्टाइन बनाउने निर्णय गरेको छ ।

    यसका साथै, बैठकले महामारीसँग लडन आठवटै जिल्लामा एक÷एक वटा एम्बुलेन्स र शवबाहनको व्यवस्थापन गर्न कार्यकारी समिति र समाजिक विकास मन्त्रालयलाई निर्देशन दिइएको मुख्यमन्त्री राउतले बताएका छन् । बैठकले प्रदेशमा चिकित्सक तथा नर्सको अभाव देखिए स्वयंसेवकको रुपमा चिकित्सक र नर्स भर्ना गर्नको लागि आवश्यक तयारीमा जुट्नसमेत समाजिक विकास मन्त्रालयलाई निर्देशन दिएको छ । समितिले प्रादेशिक अस्पताल जनकपुरमा कोरोना परीक्षणका लागि पिसिआर मेशिन जडान भई परीक्षण शुरु गरिसकेको अवस्थामा प्रदेशका प्रमुख व्यापारिक नगरी विरगञ्ज र सप्तरीको राजविराजमा पनि उक्त मेशिन जडान गर्न समाजिक विकास मन्त्रालयलाई निर्देशन दिएको छ ।

    त्यस्तै प्रदेशमा भेन्टिलेटरसहितको आइसियु तयार गर्नसमेत निर्देशन दिएको छ । प्रदेशका लागि ५० वटा भेन्टिलेटर खरिद गरी प्रादेशिक अस्पताल जनकपुरमा १०, वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा १० र अन्य छ जिल्लामा पाँच/पाँच भेन्टिलेटर जडान गर्न निर्देशन दिइएको मुख्यमन्त्री राउतले बताए । समितिले अहिलेको विशेष परिस्थितिमा विगतजस्तो खरिद प्रक्रियाले तयारी गर्न नसकिने भएकाले खरिद प्रक्रियालाई समेत खुकुलो बनाउने निर्णय गरेको छ । यस निर्णयले खरिद ऐनको विशेष परिस्थितिबमोजिम दु्रत मार्गबाट आवश्यक सामग्री खरिद गर्न सकिने छ । यसका साथै, प्रदेश सरकारले महामारी नियन्त्रणका लागि प्राविधिक रणनीति आवश्यक रहेको महसुस गर्दै महामारीविरुद्ध विशेष रणनीति बनाउन स्वास्थ्य क्षेत्रका विज्ञ सम्मिलित स्वास्थ्य सल्लाहकार समितिसमेत गठन गरेको छ । उक्त समितिलाई थप विशेषज्ञ राय सुझावसहित महामारी नियन्त्रणका लागि नीति निर्माण गर्ने जिम्मेवारी दिइएको छ । समितिले निर्देशन समितिको निर्देशनबमोजिम आजबाट आफ्नो काम शुरु गरिसकेको छ । यो समितिले चिकित्सकहरुको लागि प्रोटोकल निर्माणदेखि नियन्त्रणको अन्य उपायहरुबारे आफनो सुझाव सरकारलाई दिनेछ । रासस

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...