News Portal

  • सङ्क्रमणबाट जोगिन मास्क लगाउन दिइएको सुझाव डोनल्ड ट्रम्पले नमान्ने

    भक्तपुरपोष्ट संवाददाता२२ चैत २०७६
    ८४८ पटक
    २२ चैत २०७६

    अमेरिकी नागरिकलाई नाक र मुख छोप्ने मास्क लगाउन सुझाव दिइएको भए पनि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफूले चाहिँ मास्क नलगाउने बताएका छन् । अमेरिकी स्वास्थ्य निकायले मास्क लगाउन दिएको सुझाव आफूले पालना नगर्ने अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले बताएका छन्

    उनले ओभल अफिस भनिने आफ्नो कार्यकक्षमा मास्क लगाएर बसेर विभिन्न देशका “राष्ट्रपति, प्रधानमन्त्री, तानाशाह, राजा र रानी” लाई अभिवादन गर्न नसक्ने बताएका हुन्।विश्वभरि फैलिएको कोरोनाभाइरस सङ्क्रमणबाट अमेरिकामा अहिले धेरै प्रभावित भएको छ। त्यहाँ सङ्क्रमित व्यक्तिको सङ्ख्या अरू देशको भन्दा सर्वाधिक छ।

    उनले शुक्रवारदेखि अमेरिकामा लागु भएको निर्देशन ‘स्वैच्छिक’ भएकोले त्यो बाध्यकारी नभएको तर्क गरे।  ‘तपाईँले मास्क लगाउनैपर्छ भन्ने छैन,’ ट्रम्पले भने। ‘म मास्क लगाएर बस्न सकौँला जस्तो मलाई लाग्दैन।’

    टारा मकेल्भी भन्छिन् – अहिलेको महामारीको बेला ट्रम्पले मास्क लगाउलान् कि नलगाउलान् भन्ने विषयमा पत्रकारहरूले विशेष चासो राखेका थिए। मकेल्भीले ट्रम्पले मास्क लगाउन नचाहनुको कारणबारे सोध्दा ट्रम्प मुस्कुराएका थिए।

    ‘मेरो भर्खरै परीक्षण भएको छ,’ ट्रम्पले भने। ‘मलाई लाग्छ मभित्र त्यो भाइरस छैन। त्यसैले त्यो फैलिनेबारे मैले चिन्ता गरिरहनुपर्दैन ।’

    अमेरिकामा कोरोनाभाइरस सङ्क्रमितहरूको सङ्ख्या बढ्दै गर्दा राष्ट्रपति डोनल्ड ट्रम्पकै सल्लाहमा त्यहाँको रोग नियन्त्रण तथा रोकथाम निकायले मास्क लगाउने सन्दर्भमा नयाँ स्वास्थ्य निर्देशन जारी गरेको हो।

    अमेरिकामा एकै दिनमा कोरोनाभाइरसका कारण ज्यान गुमाउनेको सङ्ख्या १,३०० पुगेको छ। त्यो विश्वमै २४ घण्टाको अवधिमा अहिलेसम्म अभिलेख राखिएको सर्वोच्च मृत्युदर हो। कोभिड-१९ का कारण न्यूयोर्क राज्य अतिप्रभावित रहेको छ।

    त्यहाँका प्रमुख प्रशासकले देशका अन्य भूभागबाट सहयोगका लागि अनुरोध गरेका छन्। उनका अनुसार न्यूयोर्कमा अहिलेसम्म झन्डै ३,००० बिरामीको ज्यान गइसकेको छ।

    अमेरिकामा अहिलेसम्म २७८,४५८ जनामा सङ्क्रमण भेटिएको र ७,००० बढी मानिसको मृत्यु भइसकेको जोन्स होप्किन्स विश्वविद्यालको तथ्याङ्कले देखाएको छ।विविसीबाट

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...