News Portal

  • एनजीओहरुले राहत बाँड्न नपाउने

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २२ चैत
    ११०६ पटक
    भक्तपुर, २२ चैत

    लक डाउनका कारण दैनिक ज्यालामजदुरी गरीखाने वर्ग, विपन्न र असहायहरुलाई सहयोगका नाममा फोटो खिचाउने र सेल्फी लिनेक्रमका बीच सरकारले आफू खुशी राहत बाँड्न नपाउने नियम बनाएको छ ।

    व्यक्ति,संस्था र एनजीओहरुलाई उक्त कार्यमा रोक लगाउदै संघीय सरकारले स्थानीय वडामार्फत उक्त कार्य गर्न भनेको हो । व्यक्ति,संस्था र एनजीओहरुले आफ्नो सहयोग स्थानीय तहमा जम्मा गराउनुपर्ने र स्थानीय तहले आवस्यकता अनुरुप आफैंले वितरणको व्यवस्था मिलाउनुपर्ने सरकारले आदेश दिएको छ ।

    सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले राहत वितरणमा एकद्वार प्रणाली लागू गर्न निर्देशन दिएको हाे । सबै स्थानीय तहलाई एक परिपत्र पठाउदै मन्त्रालयले यस्तो निर्देशन दिएको छ ।

    विभिन्न व्यक्ति, संघसंस्था, सरकारी तथा गैरसरकारी निकायबाट प्राप्त हुने राहत स्थानीय तहमा जम्मागरी एकद्वार प्रणालीबाट मात्र वितरण गर्न मन्त्रालयले स्थानीय तहहरूलाई परिपत्र पठाएको हो ।

    त्यतिमात्र होइन, स्थानीय सरकारले वितरण गरेको राहतको विवरण समेत दैनिक रुपमा मन्त्रालयमा पठाउन निर्देशन गरिएको छ ।

    राहत बाढ्नेक्रममा भीडभाड हुने र कोभिड १९ को संक्रमण जाेखिम बढ्ने सम्भावना भएपनि प्राय: एनजीओहरु आफैं राहत बाँड्न अघि सरेका देखिन्छन् । केन्द्रको निर्देशन संगै यो कार्य रोकिने र राहत वितरणमा एकरुपता आउने आशा गर्न सकिन्छ ।

     

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...