News Portal

  • सुदूरपश्चिममा ‘लकडाउन’लाई थप प्रभावकारी बनाइँदै

    भक्तपुरपोष्ट संवाददाता२२ चैत २०७६
    ७४० पटक
    २२ चैत २०७६

     

    धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टको अध्यक्षतामा बसेको कोरोना भाइरस नियन्त्रण, व्यवस्थापन तथा समन्वय निर्देशक समितिको बैठकले जारी लकडाउनलाई थप कडाइका साथ लागू गर्ने निर्णय गरेको छ ।

    बैठकपछि प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाहले कोरोना रोकथाम नियन्त्रण तथा व्यवस्थापनका लागि आवश्यक पर्ने औषधि उपकरणलगायतका सामग्री र रोगको उपचार तथा व्यवस्थापन गर्न विज्ञ चिकित्सकसहितका स्वास्थ्यकर्मीको व्यवस्थान गर्न नेपाल सरकारसँग माग गर्ने निर्णय भएको जानकारी दिए ।

    यसैगरी बैठकले प्रदेशका प्रादेशिक तथा जिल्ला अस्पतालमा कोभिड–१९ को उपचार र व्यवस्थापन गर्न चिकित्सकसहितको टोली तयारी अवस्थामा राख्ने, शङ्कास्पद बिरामीको स्वास्थ्य परीक्षण गरी सामान्य अवस्थाका बिरामीलाई सम्बन्धित अस्पतालमा उपचार व्यवस्थापन गर्ने र जटिल अवस्थाको बिरामीको सेती प्रादेशिक अस्पतालमा उपचार व्यवस्थापन गर्नेलगायतका निर्णय पनि गरेको छ ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...