News Portal

  • शिवराजद्वारा विपन्न परिवारलाई राहत वितरण शुरु

    पहिलो दिन वडा नं. ३ र ९ का ३सय१५ विपन्नलाई राहत

    सीताराम चौधरी/कपिलवस्तु२४ चैत २०७६
    ११९० पटक
    २४ चैत २०७६

    शिवराज नगरपालिकाले कोभिड १९ को संभावित संक्रमणको कारण उत्पन्न प्रतिकूल अवस्थाबाट प्रभावित नगरभित्रका श्रमिक तथा असहायलाई राहत वितरण कार्य शुरु गरेको छ ।

    नेपाल सरकार मन्त्रीपरिषद्बाट तयार गरिएको असंगठित क्षेत्रमा कार्यरत श्रमिक वर्ग तथा असहायहरुलाई उपलब्ध गराइने राहत सम्बन्धी मापदण्ड, २०७६ बमोजिम शिवराजले पहिलो चरणको राहत वितरण कार्य शुरु गरेको हो । राहत वितरणको पहिलो दिन ३सय १५ विपन्न परिवारलाई राहत वितरण गरिएको नगर उपप्रमुख एवं राहत सामग्री खरीद तथा वितरण समिति संयोजक शिवकुमारी थारुले जानकारी दिइन् ।

    वडा नं. ३ का २सय र वडा नं. ९ का १सय १५ विपन्न परिवारलाई वडामार्फत राहत वितरण गरिएको उपप्रमुख थारुले बताइन् । सर्वपक्षीय भेलाबाट सर्वसम्मत छनौटमा परेका दैनिक छाक छार्न समस्या भएका परिवारलाई राहत वितरण गरिएको थारुको भनाई छ ।

    वडा नं. ३ मा समयथान मावि खरेन्द्रपुर विद्यालय प्राङ्गणबाट वितरण गरिएको वडाध्यक्ष टेकलाल सापकोटाले जानकारी दिए । सर्वपक्षीय भेलाबाट नाम आएकाले सोहाद्र्रपूर्ण वातारणमा राहत वितरण कार्य सम्पन्न भएको वडाध्यक्ष सापकोटाले बताए ।

    यता वडा नं. ९मा भने स्थानीयलाई विपन्न परिवारलाई पायक पर्ने गरी विभिन्न स्थानमा लगी राहत वितरण गरिएको वडाध्यक्ष चुरबहादुर खडकाले जानकारी दिए । सर्वपक्षीय भेलाबाट अति विपन्न सूचीमा १सय १५ जनाको नाम मात्र परेकाले सोही अनुसार राहत सामग्री वितरण गरिएको वडाध्यक्ष खडकाको भनाई छ ।

    यसैबीच राहत वितरणको पहिलो दिन राहत सामग्री खरीद तथा वितरण समितिले अनुगमन गरेको छ । नगरपालिकाको मापदण्ड बमोजिम नै राहत वितरण कार्य भइरहेको समितिको ठहर छ । पहिलो चरणमा शुरु गरिएको राहत सामग्रीमा चामल,े दाल, नून, तेल, साबुन लगायतका सामग्री रहेका छन् । दोस्रो दिन अर्थात चैत्र २५ गते वडा नं. ४, ६ र ११ का ४सय २५ जना विपन्नलाई राहत वितरण गरिने नगर प्रमुख नेत्रराज अधिकारीले जानकारी दिएका छन् । नगरको मापदण्ड अनुसार पहिलो चरणमा १६सय विपन्न श्रमिक तथा असहायलाई राहत वितरण गरिने नगरप्रमुख अधिकारीले बताए ।

    प्रतिकृया दिनुहोस्

    १२ वर्षदेखि बन्द नगदेशको पुलु:किसि जात्रा सम्पन्न

    भक्तपुरको मध्यपुर थिमि नगरपालिका-७ नगदेशमा धार्मिक-ऐतिहासिक पुलु:किसि जात्रा सम्पन्न भएको छ । बाह्र वर्षदेखि बन्द...

    भक्तपुरबाट तीर्थयात्रामा निस्केको बस नौबिसेमा दुर्घटना : एकको निधन, दुई दर्जन घाइते

    भक्तपुरबाट तीर्थयात्री बोकेर निस्केको बस नौबिसेमा दुर्घटनामा परेको छ । दुर्घटनामा परी एकजनाको घटनास्थलमै ज्यान...

    डीपी ढकालको पुस्तकमाथि बौद्धिक नेताहरूबीच बहस

    काठमाडौ । नेपाल संवैधानिक रूपमै समाजवाद उन्मुख भएपनि समाजवादको स्पष्ट बाटो बन्न नसकेको नेता एवं...

    बाल यौन दुरुपयोगको मुद्दामा मदन राईलाई साढे दुई वर्ष कैद सजाय

    खोटाङ, २५ माघ २०८१ । बाल यौन दुरुपयोगको मुद्दामा मदन राईलाई अदालतले साढे २ वर्ष...

    उपत्यकाको पत्रकारलाई पनि मिडिया विकास कोषमा सामेल गराउन पत्रकार महासंघको माग

    नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिले प्रेस काउन्सिल नेपाललाई ध्यानाकर्षण पत्र बुझाएको छ । प्रदेश...