News Portal

  • संसदको हिउँदे अधिवेशन अन्त्य

    भक्तपुरपोष्ट संवाददाता२४ चैत २०७६
    ७८८ पटक
    २४ चैत २०७६

    काठमाडौँ । संघीय संसद्को हिउँदे अधिवेशन अन्त्य भएको छ । संसद सचिवालयले सूचना जारी गरेर मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले संसद अधिवेशन अत्य गरेको जानकारी दिएको छ ।

    राष्ट्रपति विद्यादेवी भण्डारीबाट संसद सचिवालयलाई प्राप्त पत्रका आधारमा भन्दै संसद् सचिवालयका कार्यवाहक महासचिव गोपालनाथ योगीले सोमबार सूचना जारी गरेका हुन्। सोमबार राति १२ बजेदेखि संसद अधिवेशन अन्त्य भएको हो।

    कोरोना भाइरस (कोभिड- १९)को संक्रमण हुने डरका कारण पछिल्लो समय प्रतिनिधिसभाका बैठक सूचना जारी गरेर सर्दै आएका थिए। राष्ट्रिय सभा बैठक भने अनिश्चितकालका लागि स्थगित भएको थियो।

    प्रतिनिधिसभाको ३० गते बोलाइएको बैठक र राष्ट्रिय सभाको बैठक पनि अब बस्ने छैन। ४ पुसबाट सुरु भएको अधिवेशन एक सय १० दिन चलेको थियो । यो अवधिमा दुबै सदनबाट जम्मा चारवटा विधेयक पारित भए ।

    प्रमाण ऐन, २०३१ लाई संशोधन गर्न बनेको विधेयक, शिक्षासम्बन्धी केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक, राजश्व चुहावटसम्बन्धी र औद्योगिक व्यवसाय प्रतिष्ठानसम्बन्धी विधेयक दुबै सदनबाट पारित भएका हुन् ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...