News Portal

  • युएण्टोको अनलाइन बैठकः शिक्षक विद्यार्थीको स्वास्थ्य र सिकाइको चिन्ता

    भक्तपुरपोष्ट संवाददाता२५ चैत २०७६
    ७५० पटक
    २५ चैत २०७६

    काठमाडौँ । एकीकृत अखिल नेपाल शिक्षक संगठन(युएण्टो)ले कोरोना भाइरसको महामारकिा बीच शिक्षक र विद्यार्थी वर्गको स्वास्थ्य र सिकाइ प्रति चिन्ता र चासो व्यक्त गरेको छ ।

    लकडाउनको समयमा पनि सांगठनिक सक्रियताका लागि अनलाइनमार्फत् बैठक बस्न शुरु गरेको संगठनले  मंगलबारको अनलाइन बैठकमा यस विषयमा छलफल गरेको हो ।

    मंगलबार युएण्टोले उपलब्ध केन्द्रीय पदाधिकारीको अनलाइन बैठक सम्पन्न गर्दै शिक्षा, स्वास्थ्य र समसामयिक विषयसँग सम्बन्धीत ७ महत्वपूर्ण निर्णय समेत गरेको छ ।

    कोरोना भाइरसको त्रासका कारण मुलुक लकडाउनमा जाँदा सांगठनिक गतिविधि ठप्प नहोस् भन्नका लागि अनलाइन बैठक बस्न शुरु गरेको संगठनका अध्यक्ष शंकर अधिकारीले जानकारी दिए ।

    अनलाइनमार्फत गरिएको भिडियो बैठकमा राजधानी र विभिन्न जिल्लामा रहेका केन्द्रिय पदाधिकारीहरुको सहभागिता रहेको संगठनका अध्यक्ष अधिकारीले जानकारी दिए ।

    बैठकले  कोभिड १९ भाइरसका कारणले राष्ट्रिय अन्तर्राष्ट्रिय जगतमा देखापरेको आर्थिक, सामाजिक र मानवीय संकटलाई राष्ट्र अनकुल समाधान गर्न राज्यले अंगिकार गरेको नीतिनियमलाई कार्यान्वयन गर्न शिक्षक, विद्यार्थी र अभिभावकलाई हरतरहले अनकुलतामा परिचालन गरि सहयोग गर्ने निर्णय गरेको छ ।

    बैठकले लकडाउनको अवधि लम्बिने अवस्थामा शिक्षा मन्त्रालयबाट संचालन हुने कक्षामा सहभागी हुन शिक्षक साथीहरूलाई प्राविधिक क्षमता अभिवद्धि गर्न संगठनले अनलाईन बहस छलफल सञ्चालन गर्ने निर्णयसमेत गरेको छ ।

    स्थगित एसईई तथा ११ र १२ को परीक्षालाई मध्यनजर गरी विद्यार्थी र अभिभावकसँग निरन्तर सम्पर्कमा रहन साथै परीक्षा तयारीमा नेपाल टेलिभिजनमार्फत्  दिनको ११ बजे देखि ३ बजे सम्म प्रशारण हुने कक्षामा विद्यार्थीहरुलाई सहभागी हुन सहयोग गर्ने साथै  महासंघले संचालन गरेको प्रदेश स्तरिय विषयगत हेल्पडेस्कमा विद्यार्थीहरुलाई जोड्ने  निर्णय गरेको छ । साथै, कक्षा ११–१२ का विद्यार्थीहरुको लागि पनि सोही अनुसारको हेल्पडेस्क निर्माण गर्न शिक्षक महासंघ र हिस्टुन नेपाललाई अनुरोध गर्ने निर्णय गरेको अध्यक्ष अधिकारीले जानकारी दिए ।

    नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिले  शिक्षकहरुसँग १ दिनको तलबमान कोरोना रोकथाम गर्न बनेको सरकारको राहतकोषमा सहयोग गर्न गरेको अपिल  कार्यान्वयन गर्नसमेत शिक्षकहरुसँग अनुरोध गरेको छ । साथै, नेपाल शिक्षक संघलाई समेत महास.घको अभियानलाई सहयोग गर्न हार्दिक अनुरोध गर्ने निर्णय गरेको छ ।

    लकडाउन अवधिभर अनलाइन बैठकलाई निरन्तरता दिने अधिकारीले बताए ।

    हेर्नुहोस् निर्णय

    १.  ज्ञातअज्ञात सहिदहरु प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै  संगठनका केन्द्रीय उपाध्यक्ष नानू मैया पराजुलीका बुबा शेरबहादुर पराजुली, संगठनका केन्द्रीय सदस्य केशव सुवेदीका आमा मनमाया सुवेदी साथै, संगठनका कालिकोट जिल्ला सचिव  प्रकाश शाही प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै  परिवारजनप्रति समवेदना प्रकट गर्ने ।

    २. कोभिड १९ भाइरसका कारणले राष्ट्रिय अन्तर्राष्ट्रिय जगतमा देखापरेको आर्थिक, सामाजिक र मानवीय संकटलाई राष्ट्र अनकुल समाधान गर्न राज्यले अंगिकार गरेको नीतिनियमलाई कार्यान्वयन गर्न शिक्षक, विद्यार्थी र अभिभावकलाई हरतरहले अनकुलतामा परिचालन गरि सहयोग गर्ने  ।

    ३.नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिले अपिल गरेको १ दिनको तलबमान सहयोग अभियानलाई सफल पार्न नेपाल शिक्षक संघ संघीय समितिलाई पनि हातेमालो गर्न र एकद्वारा प्रणालीमा सहभागी हुन हार्दिक अनुरोध गर्ने, साथै विपत्तिको घडीमा संकटको परीक्षा पास गर्न सबै शिक्षक कर्मचारी साथीहरूलाई आह्वान गर्दै हाम्रो संगठनको प्रदेश, जिल्ला समन्वय र स्थानीय कमिटीलाई पहल गर्न निर्देशन दिने  ।

    ४. स्थगित एसईई तथा ११ र १२ को परीक्षालाई मध्यनजर गरी विद्यार्थी र अभिभावकसँग निरन्तर सम्पर्कमा रहन साथै परीक्षा  तयारीमा नेपाल टेलिभिजन मार्फत दिनको ११ बजे देखि ३ बजेसम्म प्रशारण हुने कक्षामा विद्यार्थीहरुलाई सहभागी हुन सहयोग गर्ने साथै नेपाल शिक्षक महासंघले संचालन गरेको प्रदेश स्तरिय विषयगत हेल्पडेस्कमा विद्यार्थीहरुलाई जोड्ने र कक्षा ११–१२ को विद्यार्थीहरुको लागि पनि सोही अनुसारको हेल्पडेस्क निर्माण गर्न नेपाल शिक्षक महासंघ र हिस्टुन नेपाललाई अनुरोध गर्ने  ।

    ५.  एकता प्रक्रियामा सहज हुनेगरी सांगठनिक गतिविधि संचालन गर्ने र एकता बिरोधी गतिविधिप्रति सचेत रहने ।

    ६. लकडाउनको अवधि लम्बिने अवस्थामा शिक्षा मन्त्रालयबाट संचालन हुने कक्षामा सहभागी हुन शिक्षक साथीहरूलाई प्राविधिक क्षमता अभिवद्धि गर्न संगठनले अनलाईन बहस छलफल सञ्चालन गर्ने ।

    ७. शिक्षा र स्वास्थ जनताको मौलिक अधिकार भएकोले यो संकटको घडीमा पनि मुनाफा मुखी कार्य र अमानवीय हर्कत देखाउने सस्थाहरु र मेडिकल माफियाहरुलाइ राज्यबाट अनुगमन,निगमन र नियन्त्रण गर्न जोडदार माग गर्ने ।

    प्रतिकृया दिनुहोस्

    हुण्डी कारोबारको आरोपमा राधेराधेबाट मानिस पक्राउ

    भक्तपुरको मध्यपुर थिमि-९ राधेराधेमा हुण्डी कारोबारको आरोपमा मानिस पक्राउ परेका छन् । पक्राउ पर्नेमा रौतहटको...

    बुद्ध बोलीमा नभई ज्ञानमा र हिन्दु राष्ट्र संविधानमा नभई स्वाभिमानमा चाहिने बालेनको विचार

    काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह(बालेन) बेलाबखत सामाजिक संजाल तताईरहन्छन । बुधवार पनि उनले सामाजिक संजाल...

    भक्तपुर नगरपालिकामा रोजगारीको अवसर

    bhaktapur municipality

    जिल्लाकै जेठो भक्तपुर नगरपालिकाले कर्मचारी माग गरेको छ । नगरपालिकाले कम्प्युटर अपरेटर, सवारी चालक, हेल्पर...

    सकियो दसैं बिदा, आजबाट सरकारी कार्यालय खुल्ने

    बडा दसैंको सार्वजनिक बिदा सकिएको छ । दसैंमा बन्द सरकारी कार्यालय मंगलबार खुल्ने भएका छन्...

    अरनिको राजमार्गमा ५० किलोको पहिरो पन्छाइयो

    अरनिको राजमार्ग एकतर्फि सुचारु भएको छ । गएराति करिब १० बजेदेखि अवरुद्ध काभ्रे पाँचखाल-८ पचास...