News Portal

  • शिवराज बिपद् कोषमा निजी क्षेत्रको ५लाखसहित २ सय क्वीन्टल खाद्यान्न सहयोग

    सीताराम चौधरी/कपिलवस्तु२७ चैत २०७६
    ७७९ पटक
    २७ चैत २०७६

    शिवराज नगरपालिका–५, चन्द्रौटाका युवा व्यवसायी श्यामलाल बन्जाडेले तीन जिल्लाका तीन पालिकाको बिपद् व्यवस्थापन कोषमा एक–एक लाख सहयोग गरेका छन् ।

    कोरोना भाइरस (कोभिड १९) का कारण हुन गएको लकडाउनबाट उत्पन्न प्रतिकूल अवस्थाबाट प्रभावित दैनिक ज्यालादारी मजदुर तथा बिपन्नलाई खाद्यान्न सहयोगका लागि बन्जाडेले कूल ३ लाख रकम सहयोग गरेका हुन् । बन्जाडेले तीनै पालिकाको विपद् व्यवस्थापन कोषको खातामा चेक जम्मा गरिदिएको बताएका छन् ।
    किरानाको थोक तथा फुटकर व्यवसायी बन्जाडेले आफ्नो गृह जिल्ला कपिलवस्तुको शिवराज न.पा. तथा प्युठान न.पा. र रोल्पा नगरपालिकाको विपद् व्यवस्थापन कोषको खातामा एक एक लाख जम्मा गरिदिएको जानकारी दिएका छन् । आफ्नो मुख्य व्यापारिक क्षेत्र भएकाले गृह जिल्लाबाहेक अन्य दुई जिल्लाको एक एक नगरपालिकाका अति विपन्न र असहाय परिवारका लागि मानवीय नाताले रकम सहयोग गरेको बन्जाडेले बताएका छन् ।

    यससँगै निजीक्षेत्रबाट शिवराज नगरपालिकाको विपद् व्यवस्थापन कोषमा कूल ५ लाख ६ हजार ३सय ६६ रुपैयाँ सहयोग प्राप्त भएको शिवराज नगरपालिका प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेलले जानकारी दिएका छन् । आर्थिक रकम बाहेक विभिन्न दाताहरुबाट १सय ८५ क्विन्टल चामल, १६ क्विन्टल दाल, १६ क्विन्टल नून र ८सय लिटर खानेतेल सहयोग प्राप्त भएको प्रमुख प्रशासकीय अधिकृत पौडेलले बताए ।

    शिवराज नगरको विपद्कोषमा शिवशक्ति ट्रेडर्सका सरोज पौडेलबाट २१ हजार, शुभलक्ष्मी बहुउद्देश्यीय महिला सहकारी संस्थाबाट १० हजार, दियालो नेपालबाट १० हजार, शिवराज जेसिसबाट १० हजार, ओम इलेक्ट्रोनिक्सका व्यवस्थापक एवं व्यापार संघ कपिलवस्तुका अध्यक्ष महादेव पोखरेलबाट ५५ हजार ५सय ५५ रुपैयाँ सहयोग भएको प्रमुख प्रशासकीय अधिकृत पौडेलले बताए ।

    यस्तै शिवराज ५, कटनी टोलबासीबाट २१ हजार, सुगम ढुवानी सेवाका गोविन्द के.सी.बाट ५१ हजार, चन्द्रौटा निवासी त्रिलोचन पाण्डेबाट ११हजार १सय ११, गंगादेवी ट्रेडर्सका नारायण भाटक्षेत्रबाट १० हजार, श्रृजनशील बचत तथा ऋण सहकारीबाट ७ हजार, अरनिको बचत तथा ऋण सहकारीबाट ५० हजार, सर्वोदय महिला बचत तथा ऋण सहकारीबाट १०हजार, जनकल्याण स्वावलम्बन बचत तथा ऋण सहकारी संस्थाबाट १५ हजार १सय, उज्यालो बचत तथा ऋण सहकारी संस्थाबाट १५ हजार, बिगुल बचत तथा ऋण सहकारी संस्थाबाट १० हजार रकम सहयोग भएको छ ।

    राहुल ड्रिङ्किङ वाटर तथा सेरोमनी पिउने पानीका व्यवस्थापक चिन्तामणी भुसालबाट ११ हजार, शिव सपना ट्रेडर्स एण्ड सप्लायर्सका व्यवस्थाक एवं चन्द्रौटा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष ईश्वरी प्रसाद पाण्डेबाट ५१ हजार, क्रिष्टल फ्ल्याक्स प्रिन्ट तथा स्काई फेसन गार्मेन्टका व्यवस्थापक पदम पौडेलबाट १५ हजार, दिपाली निर्माण सेवाका दलर्जन के.सी.बाट ११ हजार र शिवराज १ निवासी सरोज शर्माबाट ११हजार ५सय रुपैयाँ शिवराज नगरपालिकाको विपद् व्यवस्थापन कोषमा जम्मा भएको नगरपालिकाले जनाएको छ ।

     

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...