News Portal

  • प्रतिकूलतामा एकता, शिक्षाकर्मीहरुको वर्तमान आवश्यकता !

    यम पी. भुसालभक्तपुर, २९ चैत
    १६८२ पटक
    भक्तपुर, २९ चैत

    नेपाल शिक्षक महासंघ (CNT) का आबद्ध सम्बद्ध संस्थाका सबै आदरणीय अध्यक्षज्यूहरु नमस्कार, अभिवादन, जयनेपाल।
    #विद्यालय शिक्षाकर्मीहरुको सहमतीय सिद्धान्तमा स्थापित आधिकारिक ट्रेड युनियन संस्था नेपाल शिक्षक महासंघ(CNT)मा हालै देखिएको बिवादले सर्वत्र चासो र चिन्ता बढेको छ। फेरि यहि बिचमा मानव सभ्यतालाई चुनौती दिँदै फैलिएको कोरोना महामारीले पनि हामी शिक्षाकर्मीहरुको बिचमा ब्यापक सहमति र मजबुत एकताको माग गरेको छ ।

    लकडाउनको कारण प्रत्यक्ष भेटघाट र संवादहरु हुन नसक्ने भए पनि तत्काल फोन सम्पर्क र भिडियो संवादहरु जरुरी देखिन्छन।
    यस्ता संवादहरुले मूलत बिवाद निरुपण गरि नेपाल शिक्षक महासंघलाई सहमतीय परम्परासहित बैधानिक ढंगले गतिशिल बनाउन र प्रतिकूलतामा पनि जुझारु अग्रसरता देखाउन ब्यापक एकता प्रवर्द्धन गर्नुपर्छ।

    #यस्तो बिषम परिस्थितिमा पनि सरकारले शिक्षाकर्मीहरुसंग कुनै अपेक्षा र आव्हान नगर्नु आश्चर्यजनक छ! प्रतिकूल समयमा समाजको सचेत तप्काको हैसियतले शिक्षा मन्त्रालय मार्फत सरकारलाई #शिक्षाकर्मीहरु वाट हुन सक्ने सहयोग,सहजीकरण र परिचालनको ठोस प्रस्ताव दिईनु पर्छ । शिक्षाकर्मीहरुको आर्थिक सहयोग संघीय सरकारको कोषमा एकद्वार योगदान हुने प्रबन्ध सुनिश्चित गरिनुपर्छ।

    #संकटकालिन नियमित शिक्षाका लागि उपलब्ध साधन स्रोतको अधिकतम उपयोग र परिचालन गरी लकडाउनमा घर घरमा रहेका विद्यार्थीहरुलाई सहयोग गरिनुपर्छ।

    #अहिले शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयले बनाएका समितिहरुमा आवस्यक चासो र सहभागिता सुनिश्चित गरिनु पर्छ ।

    #सार्वजनिक शिक्षा र स्वास्थ्य सेवाबारे गहिरो पक्षधरता लिँदै तिनीहरुको उत्थान र सम्बर्धनका लागि ठोस धारणा सहित अभियान चलाउनु पर्दछ ।

    #बाँकी शैक्षिक कार्यक्रम र ढिलो शुरु हुने शैक्षिक सत्र २०७७ का लागि आबस्यक पूर्व तयारीबारे स्पष्ट योजना बनाईनु पर्छ।
    #शैक्षिक सत्र शुरु भएपछि बालबालिकालाई मनोपरामर्श दिने तयारी योजना बनाईनुपर्छ।

    #कोरोना प्रतिकार्यमा अग्र मोर्चामा युद्धरत स्वास्थ्यकर्मीहरु र लकडाउनमा क्रियाशील सुरक्षाकर्मीहरुलाई उत्साहित गर्दै उनीहरुको पारिश्रमिक नकाट्न र थप प्रोत्साहनका लागि सरकारलाई सुझाव दिईनु पर्छ ।

    #कोरोना प्रतिकार्य कोषमा आ.ब.२०७६/७७का बाँकी कार्यक्रमका बजेट रकमान्तर गरि ब्यबस्थित प्रयोगका लागी सुझाव दिईनु पर्छ।

    #संघीय र प्रदेश सांसदहरुलाई पूर्वाधार विकास कार्यक्रमको बाँकी रकम यस कोषमा ल्याउन अपिल गरिनुपर्छ।

    #कर्मचारी संचय कोष, नेपाल बिद्युत प्राधिकरण, आयल निगम, सामाजिक सुरक्षा कोष, कल्याणकारी कोष, बिमा संस्थान र संस्था, लगायतबाट योगदानकालागि अपिल गरिनुपर्छ।

    #डेरामा बस्ने शिक्षाकर्मीहरुकालागि आबस्यक राहत ब्यबस्थापन गरिनुपर्छ।

    #यसका लागि आबद्ध संस्थाहरुका अध्यक्षज्यूहरु र नेशि महासंघको राष्ट्रिय नेतृत्वलाई सार्थक संवाद गरी उपयुक्त पहलकदमी लिन र यथार्थमा ‘अधिकार र कर्तव्यका लागि शिक्षक एकता’ पुन: प्रमाणित गर्न हार्दिक अपिल गर्दछु।

    अन्त्यमा,
    मानव सभ्यता नै बिषम परिस्थितिमा रहेको परिबेशमा नयाँ बर्ष २०७७ ले अनुकूल बिहानी ल्याओस् र सबै बिघ्नबाधाहरु हटुन भन्ने अपेक्षा सहित सबैलाई शुभकामना ब्यक्त गर्दछु।

    # आज (NNTA को बिधान स्वीकृत भएको दिन-२०३६ चैत्र २९), NNTA का सबै सदस्य तथा नेता साथीहरुलाई बधाई तथा शुभकामना।

    यम पी. भुसाल
    सदस्य, नेपाल शिक्षक महासंघ
    बरिष्ठ उपाध्यक्ष, नेपाल शिक्षक संघ

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...