News Portal

  • शिवराजका बजार अनुगमन: म्याद नाघेका अखाद्य सामग्री बरामद

    सीताराम चौधरी/कपिलवस्तु२०७६ चैत्र २९
    ३२२२ पटक
    २०७६ चैत्र २९

    कपिलवस्तुको शिवराज नगरपालिका बजार अनुगमन समितिले वर्तमान विपद्को अवस्थामा उपभोक्ता हितलाई ध्यानमा राखी बजार अनुगमन गरेको छ । नगरभित्रका केही खाद्य तथा किराना र औषधी पसलहरुले वास्तविक मूल्यभन्दा वढी मूल्यमा सामान बेचेको जनगुनासो बढेपछि समितिद्वारा बजार अनुगमन गरिएको हो ।

    शिवराज नगर उपप्रमुख शिवकुमारी थारुको संयोजकत्वमा गठित अनुगमन समितिमा इलाका प्रशासन कार्यालय, व्यापार संघ कपिलवस्तु, चन्द्रौटा उद्योग वाणिज्य संघ, वडा प्रहरी कार्यालयसहितको प्रतिनिधित्व छ । अनुगमन समितिले नगरको वडा नं. ३ खरेन्द्रपुरस्थित ४वटा खाद्य तथा किराना पसल र ३ वटा औषधी पसल अनुगमन गरेको अनुगमन समितिले जनाएको छ । खरेन्द्रपुरस्थित राजकुमार ट्रेडर्स, विजय किराना पसल, हाम्रो सेवा किराना पसल र बर्मा किराना पसलमा अनुगमन गरिएको इलाका प्रशासन कार्यालय चन्द्रौटाका प्रमुख शंकर विष्टले बताए । अनुगमनका क्रममा म्याद नाघेका खाद्य तथा पेयपदार्थहरु जफत गरिएको प्रशासन प्रमुख विष्ट बताए ।

    अनुगमनका क्रममा टोलीले राजकुमार ट्रेडर्सबाट म्याद नाघेका ६०० एमएलको डिउ ५ कार्टुन, कलर्स अरेन्ज १ कार्टुन, लव कोला १ कार्टुन, फ्रुट ककटेल जुस २ गोटा, माजा जुस ७२ गोटा, स्लाइस जुस ९ गोटा, मिरिण्डा १ गोटा, कुरमुरे ५ प्याकेट, फेन्सी ५ गोटा, मिठा सुपारी २६ प्याकेट बरामद गरेको छ । यस्तै विजय किराना पसलबाट पिरो आलु चिप्स १९ प्याकेट, लिकर्स क्य्राकर २८ प्याकेट, करमकुरा २७ प्याकेट, पोट्याटो क्य्राकर २८ प्याकेट, कुरमुरे ११ प्याकेट, छक्कापन्जा ३ गोटा, कोन्ट पोट्याटो क्य्राकर ९ गोटा, हट स्टिक ६ गोटा जफत भएको र सेवा किराना पसलबाट भूजा १४ प्याकेट, पिटपट विस्कुट १७ प्याकेट, कोकून विस्कुट ११ प्याकेट सुन्दर मेनिला विस्कुट २६ प्याकेट जफत भएको इलाका प्रशासन प्रमुख विष्टले बताए ।

    यसैबीच टोलीले दिप्सना मेडिकल, विपिसा मेडिकल र लुम्विनी हेल्थ क्लिनिकको पनि अनुगमन गरेको थियो । अनुगमन गर्दा दिप्सना मेडिकलबाट म्याद नाघेको ग्लिसिरिन आइ.पी. १०० एमएलको ९ गोटा, ग्लिसिरिन आई ३० एमएलको ८ गोटा फेला पारेको विष्टले जनाए । यस्तै लुम्बिनी हेल्थ क्लिनिकको क्लिनिक संचालन सम्बन्धी र औषधी विक्री सम्वन्धी अनुमति पत्र नरहेको र व्यवसाय दर्ता नगरेको पाइएको प्रशासन प्रमुख विष्टले बताए । अनुगमनका क्रममा मूल्य वढी लिएको, सामान लुकाइ कृत्रिम अभाव सृजना गरेको नपाइए पनि अधिकांश पसलमा म्याद गुज्रिएका अखाद्य वस्तुहरु र पेयपदार्थहरु भेटिएकाले सबै वरामद गरी नष्ट गर्न नगर कार्यपालिकालाई जिम्मा लगाइएको उनले जानकारी दिए ।

    शिवराज नगरपालिकाका नगरप्रमुख नेत्रराज अधिकारीले अहिलेको विषम परिस्थितिमा ती पसलहरुले ग्राहकहरुसँग दूरी कायम नगरेको, मूल्यसूची नटाँसेको र नगरपालिकामा व्यवसाय दर्ता नगरेको अनुगमनका क्रममा पाइएको बताए । लुम्विनी हेल्थ क्लिनिकका संचालक सुरेश कुमार जयसवालले व्यवसाय संचालन सम्वन्धी कुनै पनि कागजात अनुगमनका क्रममा देखाउन नसकेकाले लकडाउन खुल्ने वित्तिकै कागजात सहित नगरपालिकाको कार्यालयमा उपस्थित हुन निर्देशन दिइएको नगर प्रमुख अधिकारीले बताए ।

    अनुगमन गरिएका सबै जसो व्यवसायीहरुले स्थानीय तहमा व्यवसाय दर्ता नगरेको, मूल्य सूची टाँस नगरेको र म्याद गुज्रिसकेका खाद्य सामग्री उपभोक्तालाई नबेच्ने गरी छुट्टयाएर अलग्गै राख्ने व्यवस्था नगरेको पाइएको शिवराज नगरपालिका प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेलले बताए । व्यवसायीहरुलाई सबै कानुनी प्रक्रिया पूरा गरी व्यवसाय संचालन गर्न निर्देशन दिएको पौडेलले जानकारी दिए ।

    अनुगमनमा नगर प्रमुख नेत्रराज अधिकारी, उप प्रमुख शिवकुमारी चौधरी, इलाका प्रशासन कार्यालय चन्द्रौटा प्रमुख शंकर विष्ट, नगरपालिका प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेलसहित स्वास्थ्य शाखा प्रमुख चुडामणी भट्टराई, वडा ३ का वडाध्यक्ष टेकलाल सापकोटा, चन्द्रौटा उद्योग वाणिज्य संघका वरिष्ट उपाध्यक्ष ईश्वरी प्रसाद पाण्डे, वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रमुख दिपेश खरेल तथा पत्रकार लगायतको सहभागिता थियो ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...