News Portal

  • काठमाडौँमै देखियाे काेराेना, तीन जनामा कोरोना पोजेटिभ

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १ बैशाख
    १७७० पटक
    भक्तपुर, १ बैशाख

    काठमाडौँ, १ बैशाख । राजधानी उपत्यकामा कोरोना नदेखिंदा ढुक्क देखिएका उपत्यकाबासीलाई नयाँ वर्षकै दिन नराम्रो संयोग परेको छ । काठमाडौंमै कोरोनाका संक्रमित भेटिएका छन् ।

    काठमाडौंको पेप्सिकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्ने एकै परिवारका तीन जनामा कोरोना पोजेटिभ पाइएकाे हो ।

    र्‍यापिड टेष्टमा पोजेटिभ देखिएपछि अहिले उनीहरु ललितपुरस्थित पाटन अस्पताल भर्ना भएका छन् । चैत्र ५ गते कतार एयरको विमानबाट  उनीहरु काठमाडौं आएर सनसिटी अपार्टमेन्टको पाँचौ तलमा बसेका थिए ।

    उनीहरुमा कोरोना संक्रमण पोजेटिभ देखिएको र अपार्टमेन्टको पाँचौ तला सिल गरिएको महानगरीय प्रहरी परिसर श्रोतले जनाएको छ । कोरोना पोजेटिभ देखिएको बारे औपचारिक पुष्टि भने भएको छैन ।

    र्‍यापिड टेष्टकाे रिपोर्ट पक्का भने नहुने बताइएकाे छ । भिटिएम बाट मात्र रिपोर्ट पक्का हुने एक चिकित्सकले भक्तपुर पाेस्टलाइ बताए । उनका अनुसार र्‍यापिड टेष्ट रगतबाट गरिने टेष्ट हो । यसको रिपोर्ट २० मिनेट भित्रै आउछ भने भिटिएममा नाक र घाटीको स्वाब संकलन गरी काेराेना परीक्षण गरिन्छ ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...