News Portal

  • सानोठिमी फाँटबाट पुच्छर ठाडो बनाएर भाग्नु पर्ने दिन नआओस् !

    दामोदर दंगालभक्तपुर, ४ बैशाख
    २७१३ पटक
    भक्तपुर, ४ बैशाख

    हो गौरवले भन्छौ, महेश दाई तपाईंलाई भक्तपुरले धेरै बर्षमा एउटा असल नेताको रुपमा प्राप्त गरेको छ । सयौं बर्षपछि भक्तपुर विकासको तीब्र गतीमा अगाडी बढिरहेको छ । राज्यको हरेक क्षेत्रमा भक्तपुरले आफ्नाे उपस्थिति देखाउदैछ । बिगतमा अन्य दलसँग निकट रहेकाहरु पनि कमरेड महेश बस्नेत र उहाँको यो योगदानलाई उच्च सम्मानका साथ हेरिरहेका छन् ।

    राज्यको उच्च तहमा रहेका नेतृत्व, प्रहरी र प्रशासनको मान्छेहरुको राजनैतिक, बैचारिक र ब्यवहारिक छलफल गर्ने थलो बनेको छ भक्तपुर । दुख, संकट र अफ्ट्यारो पर्दा अवाज बिहिनको आवाज बनेको छ भक्तपुर । यो नेतृत्व त्यसै जन्मेको होइन मध्यम बर्गीय किसानको परिवारमा जन्मेर यही भक्तपुरको धुलो, हिलो माटो र बाटोमा लड्दै, पढ्दै र बढ्दै संघर्षको दौरानमा मृत्युसँग साक्षात्कार गर्दै जन्मेको सशक्त ब्यक्तित्व र नेतृत्व हो महेश बस्नेत ।

    नेपालमा न्याय मर्न लाग्दा, सामाजिक सद्भाव सकिन लाग्दा तमाम युबाहरुको नेतृत्व गर्दै लाखौ युवाहरुको ढुकढुकी बनेर तिखारिएको नेता हो महेश बस्नेत । सम्माननिय प्रधानमन्त्री केपी ओलीको बिचारले नेतृत्व गर्नु पर्छ र उहाँ तत्कालीन एमालेको अध्यक्ष र प्रधानमन्त्री बन्नु पर्छ भन्ने चट्टानी अडान लिएर उभिएको हो महेश बस्नेत ।

    संवेदना हराएका मान्छेले आदरणीय कमरेड केपी ओलीको शारीरिक अवस्थालाई लिएर कुरा काट्दा केपी ओली नै हाम्रो नेतृत्व हो र उहाँ स्टेचर चढेर भएपनि यो देशको राजनेताको रुपमा स्थापित हुनुपर्छ भन्ने अडानमा अडिग बैचारिक नेता हो महेश बस्नेत । त्यो दौरान केपी कमरेडको तेजोबोध गर्ने र केपी कमरेड र उनका समर्थन गर्ने महेश जस्ता ब्यक्तिलाई अनेक लालछना लाएर अनुसासन आयोगमा मुद्धा हाल्ने र अरु नेताको चाकडी गरेर बस्ने व्यक्तिहरु आज केपी कमरेडको खास मान्छे हुँ भन्दै मिडिया बाजि गर्दैछन् । त्यो दौरान ज्यान बाजि लागाएर हिडने महेश, निरु, राजिबहरु केपी कमरेडबाट टाडा भए भनेर कथा लेखाउन थालेछन कठै बिचरा !

    हिजो महेश बस्नेतको फेरो समाएर राजनीतिको बैतर्नी तर्न खोजेकाहरु, उहाँकै भाई हुँ भन्दै राजनीतिको आडमा हुने नहुने सबै लाभ लिन खोजेकाहरु, उहाँकै पीए बनेर राजनीतिको ‘र’ बुझेर रमाएकाहरु अहिले अलिकति टाढा हुनुपर्दा कोकोहोलो गर्दैछन । अपहरणका ज्यान मार्ने मुद्धा बोकेर पुलिसका मस्ट वान्टेड सूचीमा रहेका तथा राजनैतिक रुपमा पराजित निरास र कुन्ठा बोकेर ४/५ वटा पार्टी चहारेर फेरि यतै फर्किएर आएका एकाध व्यक्तिहरुले योजनाबद्ध प्रहार सुरु गरेछन महेशमाथि ।

    अनलाइन मिडियामा कथा बनाएर पैसा खर्च गरेर शेयर गर्न थालेछ्न् । अनि महेश र उनका समर्थकहरुका कुरा लागाएर कुरा काटेर उनीहरुको सूची बनाएर सामाजिक बहिष्कार गर्ने हैसियत बनाएछन् । बिचरा सिसाका घरमा बसेर आफ्नै अभिभावकलाई ढुङ्गा हान्नेहरु, माकुराले जस्तो ठूलो भएपछि आफ्नै आमालाई खानेहरु हेर्दै जाऊ, सूची कस्को बन्छ र सामाजिक बहिष्कार कस्को हुन्छ । बुझिराख महेश बस्नेत व्यक्ति होइन, बैचारिक शक्ति हो ।

    सानो ठिमी फाँटबाट पुच्छर ठाडो बनाएर भाग्नु पर्ने दिन नआओस् । महेश बस्नेतका पुत्ला जलाउने यो तिमीहरूको यो अभियानले महेश दाइको भुत्ला पनि झर्ने छैन । महेश दाइको लागि ज्यान दिन तयार छन् आज पनि देशभरका लाखौ युवाहरु अनि परिआए बलिमा होमिन तयार छौं हामी भक्तपुरका हजारौं जनताहरु । तयार भएर गन्न बस तिमीहरुका सकिन थालेका उन्मादका दिनहरु । मैदानमा खुलेर प्रतिबाद गर्न तयार छौं । सामना गर्ने हिम्मत गरेर बस, यो हाम्रो चुनौती हो । कि सुध्रिने बाटोमा लाग, होइन भने जन बहिस्कारको बाढीले तिमीहरुलाई बगाएर धेरै पर पुर्याउनेछ र हामीसंग तिम्रा लागि ‘कठैबरा’ भन्नुबाहेक कुनै संवेदना हुनेछैन ।

    (दंगाल नेकपाका भक्तपुर जिल्ला सदस्य तथा पूर्व युवा संघ नेपालका लेखा आयोग प्रमुखसमेत हुन् ।)

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...