८ वैशाख २०७७काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काठमाडौं नछोड्न पार्टीका नेताहरुलाई निर्देशन दिएका छन् ।
पार्टी र आफुसँग सल्लाह विना नै अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले ४० प्रतिशत पुर्याएर दल फुटाउन पाउने विधेयक मन्त्रिपरिषद् बाट पारित गरेपछि प्रचण्डले पार्टी नेताहरुलाई छलफल भईरहेकोले काठमाडौं नछाड्न भनेका हुन् ।
सोमबार मन्त्रिपरिषद् बैठकले दल फुटाउन सक्नेगरी अध्यादेश ल्याउने निर्णय गरेपछि धेरै नेताहरूले यसबारे प्रचण्डसँग चासो राखेका थिए ।
जवाफमा प्रचण्डले यस विषयमा छलफल चलिरहेको भन्दै राजधानी नछाड्न निर्देशन दिएका हुन् ।