News Portal

  • बारीबाटै तरकारी उठ्न छोड्यो

    भक्तपुरपोष्ट संवाददाता१० बैशाख २०७७
    ७४३ पटक
    १० बैशाख २०७७

    चितवन  । कोभिड–१९ को त्रासका कारण जिल्लामा लगाइएको तरकारी उठ्न छाडेको छ । तरकारी खेती गरेका किसानले खेतबाट तरकारी बिक्री हुन छाडेपछि जोतेर नष्ट गर्न थालेका छन् ।

    लकडाउन शुरु भएयता केही मात्रामा तरकारी बिक्री भएको भए पनि जिल्लामा सङ्क्रमित भेटिएपछि किसानको बारीबाट तरकारी उठ्न छाडेको कृषकको गुनासो छ । पूर्वी चितवनको राप्ती नगरपालिकामा रहेको जनजागृत हरियाली ताजा तरकारी तथा फलफूल उत्पादक सहकारी संस्थाका अध्यक्ष धर्म कँडेलले कोरोनाको सङ्क्रमण देखिएपछि तरकारी लिनका लागि व्यवसायीहरु आउन छाडेको बताउनुभयो ।

    सो सहकारीबाट तीन सय किसानले व्यावसायिक तरकारी खेती गर्दै आएका छन् । तरकारीको बजार काठमाडौँ बुटवल र पोखरा भए पनि अहिले व्यवसायीहरु तरकारी खरीदका लागि नआउँदा किसानले लगाएको तरकारी बारीमा नै सड््ने अवस्था आएको उहाँको भनाइ छ । उत्पादित तरकारीमध्ये केही काठमाडौँको कालीमाटी पठाइएको भए पनि बिक्री हुन छाडेको उहाँले जानकारी दिनुभयो ।

    यस्तै पश्चिम चितवनका कृषकले लगाएको तरकारी पनि बारीबाट उठ््न सकेको छैन । केरुङ््गा ताजा तरकारी तथा फलफूल उत्पादक सहकारी सङ्घका अध्यक्ष जनकराज पुरीले तरकारी बिक्री हुन छाडेपछि किसानले तरकारी भएको बारी नै जोताउन थालेको बताउनुभयो । यस क्षेत्रमा चार सयभन्दा बढी किसानले व्यावसायिक रुपमा तरकारी खेती गर्दै आएका छन् । सहकारीले मात्रै ६२ बिगाह क्षेत्रफलमा सामूहिक तरकारी खेती गरेको छ ।

    तरकारी उत्पादन भए पनि बजारको अभाव हुँदा र तरकारी खरीद गर्ने व्यवसायी नआउँदा समस्या भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “तरकारी उत्पादन हुने मुख्य समयमा उत्पादित तरकारी बिक्री नहँुदा चिन्ता बढेको छ ।” कृषकले लागत मूल्यसमेत नराखी बिक्री गर्दा पनि तरकारी बिक्री हुन नसकेको उहाँको भनाइ छ । अहिले तरकारी खेती गर्ने किसान दयनीय अवस्थामा पुगेको उहाँले बताउनुभयो ।

    उहाँले भन्नुभयो, “कोरोना भाइरसका कारण कृषक पनि त्रसित र व्यवसायी पनि त्रसित हुँदा तरकारी बारीबाट उठ्न सकेन ।” उहाँले थप्नुभयो, “कृषक आफैँले साइकलमा बेचेको छ । गाउँगाउँ पु¥याएको छ तर बिक्री हुन सकेको छैन ।”

    जिल्ला ताज तरकारी तथा फलफूल उत्पादक सहकारी सङ्घका अध्यक्ष हरि थापाले बजार सञ्चालन नहुँदा तरकारी बिक्री गर्न नसकिएको बताउनुभयो । अहिले तरकारीको उत्पादन बढ्नु र खपत कम हुनुले किसान समस्यामा परेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “तरकारी किनेर खानेले सुरक्षित साथ किनेको छ । जग्गा हुनेले बारीमा तरकारी उत्पादन गर्न थाल्यो । अनि कृषकको तरकारी बिक्री हुन छाड्यो ।” राज्यले तरकारी बजार र अन्य अत्यावश्यक वस्तुका बजारहरु सञ्चालन गर्नुपर्ने थापाले बताउनुभयो ।

    संस्थाका सचिव रामचन्द्र रेग्मीले गण्डकी प्रदेशमा चितवनको तरकारी बन्देज नै लगाइएको बताउनुभयो । कोरोना सङ्क्रमण देखिएपछि मुग्लिनबाट नै पोखरातर्फ तरकारी जान छाडेको उहाँले जानकारी दिनुभयो । नबिकेपछि कृषकले बोडी, घिराँैला र भेँडे खुर्सानी जोत्न थालेका छन् ।

    कृषि ज्ञान केन्द्र्र भरतपुरका अनुसार जिल्लामा सात हजार ५० हेक्टर क्षेत्रफलमा व्यावसायिक तरकारी खेती हुँदै आएको छ । अहिले तरकारी उत्पादनका लागि राम्रो समय भएको कार्यालयका प्रमुख राजन ढकालले बताउनुभयो । जिल्लामा वार्षिक ९१ हजार मेट्रिक टन तरकारी उत्पादन हुँदै आएको छ । अहिले कोरोनाको सङ्क्रमणका कारण सरकारले लकडाउन गरेसँगै तरकारी खेती गरेका किसानको बारीमा तरकारी खेरा जान थालेको उहाँले बताउनुभयो । कोरोना सङ्क्रमण देखिएपछि अझै समस्या बढेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “तरकारी बोकेका सवारीलाई सरकारले आवागमनमा असहज बनाएको छैन तर तरकारी व्यवसाय गर्ने व्यवसायी खरीदका लागि आउन नसक्दा समस्या भयो ।”

    जिल्लामा काउली, बन्दा गोलभेँडा, गाजर, मूला, हरियो साग, काँक्रो, लहरे तरकारी लगायतका तरकारी लगाइँदै आएको छ । लकडाउनका कारण सबै घरमा बस्ने भएकाले आफ्नो बारी हुनेले आफैँ तरकारी उत्पादन गर्न थालेको उहाँको भनाइ छ । अहिले तरकारीको बीउ लिन आउनेको सङ्ख्या बढेको उहाँले बताउनुभयो ।

    फलफूल तथा तरकारी थोक व्यवसायी सङ्घ चितवनका अध्यक्ष मदन सापकोटाले कोरोनासँगै लकडाउनका कारण तरकारी नबिकेको बताउनुभयो । जिल्लामा बिक्री गर्न नदिए पनि भारतीय बजारबाट भने तरकारी आइरहेको उहाँको भनाइ छ ।

    गत साता पूर्वी चितवनको राप्ती नगरपालिकाका एकै परिवारका आमाछोरामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । उनीहरु अहिले भरतपुर अस्पतालको आइसोलेशनमा रहेका छन् ।रासस

    प्रतिकृया दिनुहोस्

    सुडालमा शुक्रवार पनि ७ सय एभोकाड़ोको विरुवा वितरण

    चाँगुनारायण सिटी एभोकाड़ो सिटी अभियान अन्तर्गत अभिन्ताहरुले चाँगुनारायण-८ सुडालमा विरुवा वितरण गरेका छन् । शुक्रवार...

    अन्नु श्रेष्ठ मिस भक्तपुर डिभाको ताज पहिरीन सफल, पछिपछि प्रतिक्षा र माला

    miss bhaktapur diva

    मिस भक्तपुर डिभाको ताज पहिरीन अन्नु श्रेष्ठ सफल भएकी छन् । शुक्रवार सम्पन्न प्रतिष्पर्धाको अन्तिम...

    आइतबार उपत्यकाका सबै स्थानीय तहमा बिदा

    bida

    आइतबार उपत्यकाभित्रका सबै स्थानीय तह र स्थानीय तह मातहतका निकायमा सार्वजनिक बिदा हुने भएको छ...

    मिस भक्तपुर डिबाको फाइनल शुक्रवार

    मिस भक्तपुर डिबाको फाइनल शुक्रवार हुने भएको छ । प्रतियोगिताको फाइनल चरणमा ११ प्रतियोगी रहेका...

    देकोचामा बसको ठक्करबाट ज्यान गुमाएका मानिसको खुलेन पहिचान

    भक्तपुरको देकोचामा मंगलबार यात्रुबाहक बसको ठक्करबाट ज्यान गुमाएका मानिसको पहिचान हुन सकेको छैन । बुधबार...