News Portal

  • सरकार एसईई र कक्षा ११–१२ को परीक्षा गराउने पक्षमा छ– मन्त्री पोखरेल

    भक्तपुरपोष्ट संवाददाता१३ वैशाख २०७७
    १६५० पटक
    १३ वैशाख २०७७

    काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सरकार एसईई र कक्षा ११–१२ को परीक्षा सञ्चालन गर्ने पक्षमा रहेको बताएका छन् । परीक्षाको विकल्प खोजिनुपर्ने आवाज उठिरहेको बेला शिक्षामन्त्री पोखरेलले मन्त्रालय परीक्षा सञ्चालन गर्ने पक्षमा रहेको स्पष्ट पारेका हुन् ।

    शिक्षा पत्रकार समूहले आयोजना गरेको भर्चुअल प्रेस मिटमा बोल्दै शिक्षा मन्त्री पोखरेलले विभिन्न विकल्प अपनाएर भएपनि परीक्षा लिने पक्षमा आफू रहेको बताए ।

    यस्तै जाडो र गर्मी विदा, चाडपर्व विदा घटाउनका साथै अतिरिक्त कक्षा बढाएर भएपनि शैक्षिक सत्र खेर जान नदिने तयारी भइरहेको मन्त्री पोखरेलले जानकारी दिए ।

    मन्त्रालयले कोरोना भाइरस रोग (कोभिड(१९) को रोकथाम तथा नियन्त्रणमा सघाउन साथै, शिक्षालाई कसरी अगाडि बढाउन सकिन्छ भनेर विज्ञहरुको समिति बनाएको र सो समितिको सुझाबका आधारमा अन्य योजना बनाउने मन्त्री पोखरेलले बताए ।

    पूर्व विज्ञान मन्त्री गणेश साहको संयोजकत्वमा गठित २८ सदस्यीय समितिमा विषयविज्ञहरू सम्मिलित ६ वटा उपसमितिसमेत गठन गरिएको उनले जानकारी दिए ।
    विषयगत समितिहरुलाई शैक्षिक क्यालेन्डर, अनलाइन कक्षा सञ्चालन, प्रयोगात्मक अभ्यास, पाठ्यक्रम, तालिम, परीक्षा सञ्चालन र निरीक्षणलगायत योजना बनाउने विषयमा सुझाब दिने जिम्मेवारी दिइएको र भोलिसम्ममा प्रतिवेदन आउने सम्भावना रहेको मन्त्री पोखरेलले स्पष्ट पारे ।

    भोलि मन्त्रिपरिषद्ले लकडाउन सम्बन्धमा लिने निर्णय र विज्ञ समितिको सुझाबको आधारमा शिक्षाको आगामी योजना बनाइने मन्त्री पोखरेलले जानकारी दिए ।

    अबको एक हप्ताभित्र सबै विद्यालयलाई रिजल्ट निकाल्ने र त्यसपछिको अर्को हप्तामा माथिल्लो कक्षामा भर्ना हुने बाटो खोल्ने गरी विद्यालय तहको शैक्षिक कार्यक्रम अघि बढ्ने  गरी तयारी भइरहेकोसमेत मन्त्री पोखरेलले जानकारी दिए ।

    विद्यालयमा बाक्लो उपस्थिति हुने र फेस टु फेस कन्ट्र्याक हुने भएकाले लक डाउन खुलेपनि निश्चित दुरी राखेर खोल्नुपर्ने बाध्यता रहेको उनले सुनाए ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...