News Portal

  • खाद्यान्न अभाव भोगेका विद्यार्थी र अभिभावकलाई द्वारिकादास माविको राहत

    भक्तपुरपोष्ट संवाददाता१४ वैशाख २०७७
    १११३ पटक
    १४ वैशाख २०७७

    चितवन । रत्ननगर नगरपालिका–१४, पिठुवास्थित द्वारिकादास माध्यमिक विद्यालयले खाद्यान्न अभाव भोगेका विद्यार्थी र तिनका अभिभावकहरुलाई राहत वितरण गरेको छ । आइतवार विद्यालयले २ सय विद्यार्थीका ९८ अभिभावकलाई खाद्यान्न वितरण गरेको हो ।

    लकडाउनको अवधि लम्बिदै जाँदा न्यूनआयस्रोत भएका अभिभावकहरुलाई छाक टार्नै मुस्किल परेको देखेपछि विद्यालयका शिक्षकहरुबाट सहयोग संकलन गरि खाद्यान्न वितरण गरिएको विद्यालयका प्रधानाध्यापक नेत्र घिमिरेले जानकारी दिए ।

    ‘बिचरा ती अबोध बालबालिकालाई के थाहा बाबुआमाले कसरी खुवाउने गर्नुभएको छ भन्ने कुरो, बिहान बेलुका छाक टार्न दिनभरी ज्यालामजदुरी गरेर बालबालिकालाई खुवाउने गरेका अभिभावक लकडाउनको कारण काम गर्न नपाएपछि उनीहरुको चुलो निभ्न नदिन खाद्यान्न सहयोग गरिएको हो’– प्रअ घिमिरेले भने, ‘विपन्न अबोध बालबालिकाको मुहारमा  हासो ल्याउने प्रयास मात्रै हो ।’

    विद्यालयले प्रत्येक परिवारलाई पहिलो चरण अन्तर्गत १५ केजी चामल, एउटा तेल र साबुन वितरण गरेको हो ।

    विद्यालयको यस अभियानलाई विव्यस, शिक्षकले आर्थिक सहयोग,  पूर्वविद्यार्थी अमिर बगाले ५ बोरा चामल र समाजसेवी प्रलाद सापकोटाले  दश हजार सहयोग गरेका थिए । विद्यालयले राहत नदोहरियोस भनेर १४ नम्बर वडासँग समन्वय गरेर वितरण गरेको प्रअ घिमिरेले जानकारी दिए ।

    ‘शिक्षक, विद्यार्थी र अभिभावक एउटै परिवार भएपछि परिवारका एक सदस्य भोको रहेको अर्कोले कसरी हेरेर बस्न सक्छ’- उनले भने, ‘त्यसैले सहयोग गरेका हौं ।’

    यसक्रममा २८ चेपाङ विद्यार्थीका १५ परिवारले पनि खाद्यान्न पाएका छन् । खाद्यान्न पाएपछि विद्यार्थी र अभिभावकहरु हर्षित भएका थिए ।

    एक चेपाङ अभिभावकले राहत बुझ्दै भने– ‘स्कूलले पढाउछ मात्रै भनेको सघाउने पनि रैछ ।’

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...