News Portal

  • एसईई पालिका, कक्षा ११ प्रदेश र कक्षा १२ को परीक्षा राष्ट्रियस्तरमा गर्न सुझाब

    भक्तपुरपोष्ट संवाददाता१५ वैशाख २०७७
    १०१० पटक
    १५ वैशाख २०७७

    काठमाडौं । एकीकृत अखिल नेपाल शिक्षक संगठनले एसईई परीक्षा होमसेन्टर सहित पालिका, कक्षा ११ प्रदेश र कक्षा १२ को परीक्षा राष्ट्रिय स्तरमा सामाजिक दुरि कायम गर्दै सञ्चालन गर्न सुझाब दिएको छ ।

    संगठनको आइतबार बसेको केन्द्रिय समितिको अनलाइन बैठकले शिक्षा मन्त्रालयलाई यस्तो सुझाब दिने निर्णय गरेको हो । बैठकले यदि परिस्थिति समान्य हुन ढिलाइ भएमा कक्षा १२ को परीक्षा मात्र राष्ट्रियस्तरमा र अन्य परीक्षा विद्यालयले विगतमा गरेको विद्यार्थी मूल्याङ्कनको आधारमा गर्न पनि माग गर्ने निर्णय गरेको छ ।

    यस्तै बैठकले नतिजा प्रकाशन र भर्ना अभियान फोन, म्यासेज र अनलाइन मार्फत नै सम्पन्न गर्ने गरि व्यवस्था मिलाउनसमेत मन्त्रालयलाई सुझाब दिने निर्णय गरेको संगठनका अध्यक्ष शंकर अधिकारीले जानकारी दिए ।

    यस्तै, संगठनले तत्काल विद्यालयहरुमा सूचना प्रविधिमार्फत शिक्षण सिकाइ सूचारु गर्ने वातावरण तयार गर्न मन्त्रालयलाई विशेष कार्ययोजना निर्माण गर्नसमेत माग गर्ने निर्णय गरेको अध्यक्ष अधिकारीले जानकारी दिए ।

    यस्तै, बैठकले शिक्षकहरुलाई भर्चुअल कक्षा सञ्चालनका लागि अनलाइन शिक्ष्ण तालीम प्रदान गर्ने निर्णय गरेको छ । लकडाउन अवधिभर डिजिटल अध्यापनका लागि सातै प्रदेशमा ५ दिने अनलाइन तालिम सञ्चालन गर्ने र १ हजार रोस्टर तयार गर्ने निर्णय भएको अध्यक्ष अधिकारीले बताए ।

    त्यसको व्यवस्थापनका लागि संगठनका केन्द्रीय उपाध्यक्ष इन्द्रराज भट्टराई संयोजक र केन्द्रीय सदस्य देविदत्त पौडेल सहसंयोजक रहेको ७ सदस्यीय कार्यदल निर्माण गर्ने निर्णय भएको जनाइएको छ ।

    बैठकमा अध्यक्ष अधिकारीले बैठकको एजेन्डा प्रस्तुत गरेका थिए । यस्तै, सातै प्रदेशका प्रदेश महासचिवहरुले समसामयिक सवालमा धारणा राखेका थिए ।

    बैठकमा संगठनका अर्थ उपमहासचिव कुल प्रसाद खतिवडाले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन, महासचिव निम बहादुर केसीले प्रस्तुत गरेका सांगठानिक प्रतिवेदनमाथि छलफल भएको थियो । यस्तै, महासंघका सहअध्यक्ष पुर्णप्रसाद दुवाडीले महासंघका काम, कर्तव्य र आगामी रणनीतिका बारेमा ब्रिफिङ गरेका थिए ।

    हेर्नुहोस् बैठकका मुख्य निर्णयहरु
    १) लक डाउन अवधिभर डिजिटल अध्यापनका लागि सातै प्रदेशमा ५ दिने अनलाइन तालिम सञ्चालन गर्ने र १ हजार रोस्टर तयार गर्ने । तालीम सञ्चालन प्याकेज तयार गर्न केन्द्रीय उपाध्यक्ष इन्द्रराज भट्टराई संयोजक र केन्द्रीय सदस्य देविदत्त पौडेल सहसंयोजक रहने गरि माधव महरा दाङ, अन्जु लामा काठमाडौं, सुशील उप्रेती भक्तपुर, राजेन्द्र महरा काठमाडांै र भुवन सुवेदी कास्की रहेको ७ सदस्यीय कार्यदल निर्माण गरियो उक्त कार्यदलले एक हप्ता भित्र प्याकेज निर्माण गरिसक्ने छ ।

    २) नेपाल सरकारले घोषणा गरेको लडाउनलाई पालना गर्न शिक्षक, विद्यार्थी र अभिभावकहरुसँग समन्वय गर्ने ।

    ३) एसईई परीक्षा होम सेन्टर व्यवस्थापनमा पालिकामा, कक्षा ११ को परीक्षा प्रदेशस्तर र १२ को परीक्षा राष्ट्रिय स्तरमा सामाजिक दुरि कायम गरि सम्पन्न गर्न शिक्षा मन्त्रालयसँग जोडदार माग गर्ने । यदि परिस्थिति अस्तव्यस्त भएमा कक्षा १२ को परीक्षा मात्र राष्ट्रियस्तरमा र अन्य परीक्षा विद्यालयले विगतमा गरेको विद्यार्थी मूल्याङ्कनको आधारमा गर्ने ।

    ४) नतिजा प्रकासन र भर्ना अभियान फोन, म्यासेज र अनलाइनमार्फत् नै सम्पन्न गर्नेगरी मिलाउने ।

    ५) प्रविधिमार्फत् अध्ययन–अध्यापन गराउने नयाँ वातावरण तयगर्न शिक्षा मन्त्रालयलाई विशेष कार्ययोजना निर्माण गर्न माग गर्ने ।

    ६) शिक्षक महासंघले घोषणा गरेको एक दिनको तलबमानको रकम कोरोना राहत प्याकेज जम्मा गर्न सबै आबद्ध घटकहरुसँग छलफल गर्ने र पहलकदमी लिने ।
    ७) हाल देशमा विषम परिस्थिति छ, यो संगीन र जटिल अवस्थामा नेपाल शिक्षक महासंघको विधान संशोधन भइसकेको अवस्थामा सबै एकाकार भएर जानुको विकल्प नरहेको ठहर गरेको छ ।

    ८) नेपाल सरकारले नीति र कार्यक्रम घोषणा गर्ने समयावधि नजिक आइसकेको अवस्थामा महासंघ र शिक्षा मन्त्रालयबिच भएको बाल विकास (इसिडि शिक्षक), विद्यालय कर्मचारीको तलबमान वृद्धि, शिक्षक अस्पताल लगायतका सम्झौता कार्यान्वयन गर्न साथै,कक्षा ११ र १२ मा कार्यरत शिक्षक, राहत शिक्षक एवं निजी विद्यालयमा कार्यरत शिक्षकको व्यवस्थापन तत्काल गर्न शिक्षा मन्त्रालयलाई दवाब दिने ।

    ९) एकता प्रक्रियालाई तार्किक निष्कर्समा पुर्याउन लकडाउन लगत्तै पार्टी र सम्बन्धित पक्षसँग व्यापक छलफल चलाउने । एकता प्रक्रिया सफल बनाउन सबै कमिटिहरुले आफुलाई तयार पार्ने ।

    १०) ११ दिने अनलाइन तालीम सम्पन्न गरेकोमा एकीकृत अखिल नेपाल शिक्षक संगठन पोखरा माहानगर पालिका र कास्की जिल्ला संगठनलाई धन्यवाद प्रदान ग¥यो ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...