News Portal

  • ओली–नेपाल समूहको छलफलमा जुटेन सहमति

    भक्तपुरपोष्ट संवाददाता१५ वैशाख २०७७
    ११७३ पटक
    १५ वैशाख २०७७

    काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा केपी शर्मा ओली र माधवकुमार नेपाल पक्षको छलफल सकिएको छ। छलफलबाट मंगलबार सचिवालय बैठक बोलाउने निष्कर्षमा नेताहरू पुगेका छन् । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच सोमबार बिहान भेटवार्ता भएको थियो ।

    लगतै दुई पक्षका नेताहरू कोटेश्वरस्थित नेपाल निवासमा छलफलमा जुटेका थिए ।बैठकमा नेता नेपालले एक व्यक्ति, एक पदको नीति दृढतापूर्वक लागु गर्ने अडान लिएपछि कुनै समहति जुट्न नसकेको हो। छलफलमा ओलीका तर्फबाट उपप्रधानमन्त्री ईश्वर पोखरेल, प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल, महासचिव विष्णु पौडेल र परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली थिए। नेपालका तर्फबाट नेपाल, सुरेन्द्र पाण्डे, भीम रावल र रघुजी पन्त सहभागी थिए।

    ‘उहाँहरुले कहाँ गल्ती कमजोरी छन्, खोजौं र मिलौं भन्नु भयो। हामीले पनि गल्ती कमजोरी हटाउने, पार्टीलाई एकताबद्ध गर्ने उद्देश्य हो। त्यही कारण बैठक माग गरेका हौं। जे जे गर्नुपर्छ बैठकमै गरौं भन्यौं,’ छलफलमा सहभागी नेता भीम रावलले भने, ‘भोली नै सचिवालयको बैठक र पर्सी स्थायी कमिटी बैठक गरौं। त्यहाँ खुलस्त छलफल गरौं। त्यही निष्कर्ष निकालौं।’

    नेपाल पक्षका नेता रघुजी पन्तले मन माझ्ने काम भएको बताए। ‘भोलि सचिवालय बस्छ, त्यसपछाडि स्थायी कमिटीमा अलि मिलेर जानुपर्छ अहिलेकै समस्या लिएर स्थायी कमिटिमा जाने हो भने झन भद्रगोल हुन्छ,’ पन्तले भने ‘कम्तिमा एकखालको समस्यालाई छोट्याएर जाऊ भन्ने खालको कुरा भयो।’

    पुष्पकमल दाहाल र माधव नेपाल समूहका २० स्थायी कमिटि सदस्यले स्थायी कमिटी बैठक बोलाउन लिखित माग गरिसकेका छन्।

     

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...