News Portal

  • अध्यादेश मार्फत् एसईई र कक्षा ११ को परीक्षा खारेज गर्न सुझाब

    भक्तपुरपोष्ट संवाददाता१९ बैशाख २०७७
    १०६६ पटक
    १९ बैशाख २०७७

     

    काठमाडौं । बागमती प्रदेशले कक्षा १० को एसईई र कक्षा ११ को परीक्षा नलिए पनि हुने विकल्प अगाडि सारेको छ । प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालले विद्यालय तहको अन्तिम परीक्षा १२ भएकाले अन्य परीक्षा राष्ट्रियस्तरमा गर्न नपर्ने बताउनु भयो ।

    शिक्षा पत्रकार समूहले कोरोना प्रभाव र बागमती प्रदेशले शिक्षा व्यवस्थापनका लागि गरेको तयारीबारे सामाजिक विकासमन्त्री दुलालसँग बिहिवार गरेको भर्चुअल प्रेस मिटमा बोल्दै उहांले यस्तो बताउनु भएको हो ।

    कक्षा १२ को परीक्षा लकडाउन खुलेपछि विद्यालयलाई होम सेन्टर मानेर सञ्चालन गर्नुपर्ने पक्षमा प्रदेश रहेको भन्दै मन्त्री दुलालले यही सुझाब आफुले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीलाई समेत दिएको बताउनु भयो ।

    विद्यालयतहका सबै पाठ्य पुस्तक विद्यालयले नै व्यवस्थापन गरि विद्यार्थीको घरघरमा पु¥याउने तथा कक्षा ६ देखि १०सम्मका अङ्ग्रेजी, गणित र विज्ञान विषयका कक्षाहरु रुटिन मिलाएर स्थानीय एवं केन्द्रिय टेलिभिजनबाट सञ्चालन गर्नुपर्ने सुझाव शिक्षामन्त्री समक्ष राखेको उहांले जानकारी दिनु भयो ।

    केही विषयका शिक्षण सिकाइ स्थानीय एफएम रेडियोमार्फत सञ्चालन गर्ने र स्थान र परिवेश अनुसार अनलाइन र अफलाइनमार्फत् सिकाइका अवसरहरु प्रदान गर्ने विकल्प बारे पनि प्रदेशले तयारी गरेको उहांको भनाई छ ।

    अनलाइनको पहुँच सबैस्थानमा नपुगेको र यसका लागि चाहिने उपकरणको व्यवस्थापन सजिलो नभएकाले पुरै अनलाइन शिक्षामा जान नसकिने भएकाले विभिन्न दूर शिक्षाका विधिहरु अपनाउनुपर्ने प्रदेशको दृष्टिकोण रहेको मन्त्री दुलालले स्पष्ट पार्नु भयो ।

    लकडाउन पछि दूगर्म र विकट क्षेत्र जहाँ बाहिरी व्यक्तिहरुको आगमन हुँदैन त्यस्ता स्थानहरु प्हिचान गरेर जिल्ला विपद व्यवस्थापन समितिसँगको समन्वय र स्वास्थ्य कार्यालयको सिफारिसमा स्थानीय तहबाट विद्यालय खोली विद्यार्थी संख्याका आधारमा आलोपालो गरी अध्ययन अध्यापन गर्न सहजीकरण गर्न सकिने पनि मन्त्री दुलालको भनाई छ ।

    ‘विश्वबाटै कोरोना भाइरसको महामारी अन्त्य नभएसम्म वा औषधी पत्ता नलागेसम्म लकडाउन सकिएपनि तत्काल विद्यार्थी उपस्थित गराएर विद्यालय सञ्चालनको वातावरण बनिहाल्दैन’– मन्त्री दुलाले भने, ‘यसैकारण स्थायी समाधान नहुँदासम्म सरकारले वैकल्पिक बाटो अपनाएर जानुपर्छ ।’ यीसबै सुझाबहरु प्रदेशले संघीय सरकार समक्ष राखेको उहांले जानकारी दिनु भयो ।

    मन्त्री दुलालका अनुसार बागमती प्रदेशले विभिन्न पक्षहरुसँगको छलफल र सुझाबका आधारमा प्रदेश भरीको शैक्षिक गतिविधिमा एकरुपता गर्न र सिकाइ क्रियाकलापलाई निरनतरता दिन पत्रचार मार्फत् स्थानीय तहहरुसँग समन्वय गरिहेको छ ।

    प्रदेश सरकारले निर्णय गरी वैकल्पिक माध्यमबाट नतिजा प्रकाशन र भर्ना शुरु गर्न, विद्यार्थीहरुलाई पाठ्यपुस्तक उपलब्ध गराउन स्थानीय तहहरुलाई पत्राचार गरिएको उहांले बताउनु भयो ।

    पाठ्यपुस्तक ढुवानी र वितरणलाई सहज बनाउने, नियमित कक्षा सञ्चालन नहुँदासम्म बालबालिकालाई घरमै बसेर सिक्ने अवसर सुनिश्चित गर्न राष्ट्रिय तथा स्थानीय सञ्चार माध्यमबाट प्रशारण भइरहेको दूर शिक्षा कार्यक्रम तथा अन्य वैकल्पिक अनलाइन, अफलाइन सिकाइका अवसरमा सहभागी हुने व्यवस्था मिलाउन पत्रचार गरिएको जानकारी दिदै मन्त्री दुलालले प्रदेशले केन्द्रबाट दूर शिक्षाका सामग्री ल्याएर विद्यार्थीसम्म पु¥याउन प्रयास गरिरहेको बताउनु भयो ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...