News Portal

  • विद्यार्थी भर्ना, परीक्षा र पठनपाठन नगराउन निर्देशन

    भक्तपुरपोष्ट संवाददाता२५ वैशाख २०७७
    ८२१ पटक
    २५ वैशाख २०७७

    काठमाडौँ ।  प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिले कोरोना भाइरसको सङ्क्रमण फैलिएको वर्तमान अवस्थामा तत्काल विद्यार्थी भर्ना नगर्न, शुल्क नलिन, औपचारिक पठनपाठन र परीक्षा सञ्चालन नगर्न/नगराउन निर्देशन दिएको छ ।

    समितिको बुधवार बसेको बैठकले मुुलुकभर कोरोना सङ्क्रमणको आँकलन नगरी सामान्य अवस्था नभएसम्म विद्यार्थी भर्ना नगर्न, औपचारिक पठनपाठन सञ्चालन नगर्न र परीक्षा सञ्चालन नगर्न÷नगराउने व्यवस्था गर्नका लागि शिक्षा मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको हो ।

    बैठकमा सांसदले केही निजी विद्यालयले विद्यार्थी भर्ना लिन शुरु गरेको, अनलाइन कक्षा शुरु गरेको, शुल्क लिन थालेको भन्ने गुनासो सुनिएकाले यसलाई तत्काल रोक्नुपर्ने बताएका थिए । साथै, उनीहरुले मुलुकका सबै क्षेत्रमा सूचना प्रविधिको पँहुच नपुगेको र सबै विद्यार्थीको आर्थिक हैसियत पनि नपुग्ने भन्दै अनलाइन कक्षामार्फत पठनपाठन शुरु गरे विद्यार्थीमाथि पक्षपात व्यवहार हुने विचार व्यक्त गरेका थिए ।

    यद्यपि उनीहरुले अनलाइनमार्फत शिक्षक र विद्यार्थीबीच अन्तक्र्रिया गरी सिर्जनशील बनाउन सिकाउने, बालबालिकालाई व्यस्त बनाउन सकिने धारणा व्यक्त गरेका थिए ।  बैठकले कोरोना सङ्क्रमणका कारण एसइई, कक्षा ११ र कक्षा १२ का परीक्षा सञ्चालन हुने अवस्था नदेखिएको निष्कर्ष निकाल्दै तत्काल परीक्षा सञ्चालन नगराउनसमेत निर्देशन दिएको छ ।

    बैठकले सम्बन्धित विज्ञसँग आवश्यक परामर्श र छलफल गरी विद्यार्थीको भर्ना, पठनपाठन र परीक्षा सञ्चालन गर्नेबारेमा विस्तृत खाका बनाउनसमेत मन्त्रालयलाई निर्देशन दिएको छ ।

    समिति सभापति जयपुरी घर्तीको अध्यक्षतामा भएको बैठकमा सांसद खगराज अधिकारी, चित्रलेखा यादव, जीवनराम श्रेष्ठ, गगनकुमार थापा, नवीना लामा, भैरवबहादुर सिंह, सुरेशकुमार राई, अन्जना विशंखे, नमिता चौधरीलगालयतले आफ्ना धारणा व्यक्त गरेका थिए ।रासस

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...