News Portal

  • काँग्रेसद्वारा ‘अर्थतन्त्र केन्द्रित विशेष समिति’ गठन

    भक्तपुरपोष्ट संवाददाता२५ वैशाख २०७७
    ८९७ पटक
    २५ वैशाख २०७७

    काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले कोरोनाले देशको विविध क्षेत्रमा पारेको असरबारे अध्ययन, विश्लेषण एवं देशका लागि आवश्यक दृष्टिकोण निर्माण गर्न ‘अर्थतन्त्र केन्द्रित विशेष समिति’ गठन गरेको छ ।

    पार्टीको केन्द्रीय कार्यसमितिको यही वैशाख १७ गते सम्पन्न बैठकले कोरोनाले देशको विविध क्षेत्रमा कोरोनाले पारेको असरबारे अध्ययन गर्न विभिन्न समिति गठन गर्ने निर्णय गरेबमोजिम सभापति शेरबहादुर देउवाले आज सो समिति गठन गर्नुभएको हो ।

    विगतमा अर्थ मन्त्रालयमा मन्त्री र राज्यमन्त्रीको जिम्मेवारी सम्हाली सक्नुभएका, संसदीय दलमा अर्थमन्त्रालयको संयोजन गरिरहनुभएका एवं राष्ट्रिय योजना आयोगमा उपाध्यक्ष रहेर विगतमा नेतृत्व गरिसक्नुभएका पार्टीका नेता तथा विज्ञ रहने गरी समिति गठन गरिएको काँग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

    पार्टीका नेता डा रामशरण महत संयोजकत्वको उक्त समितिमा नेता महेश आचार्य, ज्ञानेन्द्रबहादुर कार्की, डा नारायण खड्का, डा मीनेन्द्र रिजाल, चिनकाजी श्रेष्ठ, दिपकुमार उपाध्याय, भरत शाह, उदय शमशेर राणा एवं अर्थविद् डा पृथ्वीराज लिगल, डा शङ्कर शर्मा, डा जगदीशचन्द्र पोख्रेल, डा गोविन्द पोख्रेल, डा स्वर्णिम वाग्ले सदस्य रहनुभएको छ ।

    समितिले तत्कालीनरुपमा अत्यावश्यक राहतबारे सुझाव, अल्पकालीन रुपमा आगामी बजेटको प्राथमिकताबारे धारणा र दीर्घकालीन रूपमा कोरोनापछिको अर्थतन्त्रबारे दूरगामी दृष्टिकोण निर्माण गर्नेछ । समितिको अध्ययन, विश्लेषण र अभिमतका आधारमा कांग्रेसले आफ्नो अवधारणा र भुमिकालाई थप परिस्कृत एवं थप प्रभावकारी बनाउने पार्टी कार्यालयले जनाएको छ ।रासस

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...