News Portal

  • विद्यार्थीलाई सरस्वती निकेतन माविको राहत: खाद्यान्न र सिकाइ सामग्री

    भक्तपुरपोष्ट संवाददाता२८ वैशाख २०७७
    ९३९ पटक
    २८ वैशाख २०७७

    काठमाडौं । काठमाडौं टेकु स्थित सरस्वती निकेतन माध्यमिक विद्यालयले विद्यार्थीहरुलाई खाद्यान्न वितरण गरेको छ । लकडाउन लम्बिदै जाँदा खाद्यान्न अभाव भोगेका विद्यार्थीहरुलाई पहिलो चरणको राहत वितरण गरिएको हो ।

    विद्यालयले राहतको दोस्रो चरणमा भने विद्यार्थीहरुलाई सिकाइ सामग्री वितरण गरिने जनाइएको छ ।

    अहिले विद्यार्थीहरुमा मुख्यगरी पेटको र सिकाइको गरी दुईवटा भोक रहेको र विद्यार्थीको दुवै भोक मेटाउन विद्यालले प्रयास शुरु गरेको प्रधानाध्यापक रविना महर्जनले बताइन

    ‘पहिलो चरणमा विद्यार्थीको पेटको भोक मेटाउँछौं, दोस्रोमा सिकाइको’, प्रअ महर्जनले भनिन् ।

    पहिलो चरणमा शिक्षकहरुले उठाएको ५० हजार रकमबाट विद्यालयले खाद्यान्न वितरण गरेको हो । ‘हाम्रो सहयोग धेरै ठूलो त होइन, तर, समस्यामा परेकाहरुका लागि सानो पनि होइन’–महर्जनले भनिन्, ‘यो शुरुवात हो यसलाई निरन्तरता दिने योजनामा छौं ।’

    अरु सामुदायिक विद्यालयमा सरस्वती माविमा पनि धेरैजसो अभिभावकहरु काठमाडौ बाहिरका नै छन् । वैशाखको दोस्रो सातामा पनि लकडाउन नखुले पछि विद्यालयले आफ्ना विद्यार्थीहरुकता–कता छन्, कस्तो अवस्थामा छन् भनेर बुझन् खोज्यो ।

    वैकल्पिक शिक्षणका उपायहरु के कस्ता हुन सक्छन् अनि उनीहरुले कसरी समय बिताइरहेका छन् भनेर विद्यालयले कक्षा शिक्षकहरुमार्फत् सम्पूर्ण विद्यार्थीहरुलाई फोन सम्पर्क गर्ने कोशिश गरेको प्रअ महर्जनले बताइन् ।

    ‘यस क्रममा आएका जानकारीका अनुसार ५०५ भन्दा बढि विद्यार्थीहरु काठमाडौं बाहिर नै रहेका पायौं । काठमाडौंमा रहनुभएका अभिभावकहरुसँग भलाकुसारी गर्दा आफ्नो पेशा व्यवसाय गर्न नसकेकोले दैनिक आवश्यकताहरु परिपूर्ती गर्न समस्या परिरहेको जानकारी पायौं ।’ प्रअ महर्जनले भनिन् ।

    त्यस लगत्तै शिक्षक बैैठकबाट शिक्षकहरुले पचास हजार जति उठाएर त्यस्ता विद्यार्थी र उनका अभिभावकहरुलाई खाद्यान्न वितरण गरिएको महर्जनले जानकारी दिइन् । आवश्यकपरेको खण्डमा दोस्रो चरणमा सहयोगी हातहरुको खोजी गरि पुनः राहत वितरण गर्ने सोच बनाएको उनले स्पष्ट पारिन् ।

    यसरी विद्यालयले आफ्नै बुतामा ९० परिवार खाद्यान्न अभाव भोगेकका विद्यार्थी र अभिभावकहरुलाई प्रति परिवार ५ केजी चामल, १ केजी आटा, १ केजी दाल, १ पाकेट नुन र आधा लिटर तेल सहयोग गर्यो ।

    ‘विद्यार्थी र अभिभावकहरु भनेका हाम्रो विद्यालयकै सदस्य हुन् । परिवारका एक सदस्यलाई समस्या पर्दा अलि सक्षम सदस्यले सहयोग गर्नैपर्छ’, प्रअ महर्जनले भनिन्, ‘सहयोगको आदानप्रदानले नै एउटा संस्था दिगो रुपमा अघि बढ्न सक्दछ ।’

    अब दोस्रो चरण राहत अन्तर्गत केही दिन भित्रै विद्यार्थीहरुका लागि सिकाइ सामग्री वितरण गरिने प्रअ महर्जनले बताइन् ।

    ‘घरमै बसेर पढ्ने मिल्ने, खेल्दै सिक्न मिल्ने, सिकाइ अभ्यास गर्न मिल्ने शैक्षिक सामग्री वितरण गर्ने योजनामा छौं ।’ प्रअ महर्जनले भनिन्, ‘घरमा पनि विद्यार्थीको सिकाइ निरन्तरता होस् भन्ने हाम्रो योजना छ ।’

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...