News Portal

  • केपी ओली र प्रचण्डले संयुक्त विज्ञप्ति जारी गर्दै भने: भारतले निन्दनीय काम गर्यो

    भक्तपुरपोष्ट संवाददाता२८ वैशाख २०७७
    १०५८ पटक
    २८ वैशाख २०७७

    काठमाडाैं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले भारतद्वारा नेपाली भूमि लिपुलेक हुँदै सडक निर्माण गरेको कदमको निन्दा गरेको छ।

    ‘सम्पूर्ण मानवसमुदाय अहिले कोरोना भाइरसबाट सिर्जित स्वास्थ्य संकटसँग जुधिरहेको र यहि महामारीका विरुद्ध हाम्रा सबै प्रयास केन्द्रित रहेका बेला यसाे गरिनु निन्दनीय छ,’ नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डद्वारा शनिबार संयुक्तरुपमा जारी विज्ञप्तिमा भनिएको छ।

    ‘भारतको यो एकपक्षीय कदम सीमासम्बन्धी समस्यालाई दुवै तर्फका सरकारको उच्चतम तहमा भएका सहमतिबमोजिम दुई देशद्वारा स्थापित संयन्त्र हरुमार्फत् समाधान गर्नका लागि नेपालको तर्फबाट पटक पटक गरिएका अनुरोधकाे विपरित छ,’ नेकपा अध्यक्षद्वयले भनेका छन्, ‘दुई पक्षबीच भएका समझदारीका आधारमा कुटनीतिक माध्यमबाट सीमासम्बन्धी विषयहरु सुल्झाउनका लागि आवश्यक पहल गर्न नेपाल र भारतका सरकारलाई नेकपा आग्रह गर्दछ।’

    नेकपाले सुगौली सन्धी (१८१६) बमोजिम नेपाल सरकारले काली (महाकाली) नदीदेखि पूर्वका लिम्पियाधुरा, कालापानी, र लिपु लेकसहित सम्पूर्ण भूमि नेपालको भएको बताएको छ।

    शनिबार अपरान्ह परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै भारतले एकपक्षीय रुपमा सो सडक निर्माण गरेर नेपालसँग भएका सहमतिहरुको उल्लंघन गरेको बताएको थियो।

    त्यसको केहि घण्टापछि भारतको विदेश मन्त्रालयले भारतले बनाएको सडक भारतीय भूमिमै पर्ने दाबी गरेको छ। भारतको विदेश मन्त्रालयले शनिबार जारी गरेको विज्ञप्तिमा भनिएको छ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...