News Portal

  • परराष्ट्रमन्त्री ज्ञवाली भन्छन्, ‘भारतले नेपाली भूमिमा बाटो बनाइरहेको पहिल्यै थाहा थियो’

    भक्तपुरपोष्ट संवाददाता२८ वैशाख २०७७
    ९५९ पटक
    २८ वैशाख २०७७

    काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतले नेपाली भूमि अतिक्रमण गरेको बनाएको सडकबारे सरकारलाई पूर्वजानकारी रहेको बताएका छन् । प्रतिनिधिसभाको आइतबार बसेको बैठकमा परराष्ट्रमन्त्री ज्ञवालीले भारतले सडक बनाएको बताएका थिए । सांसदहरुले यसबारे सरकारलाई जानकारी थियो कि थिएन ? जानकारी थियो भने अहिलेसम्म के गर्‍यो भनेर प्रश्न गरेका थिए ।

    जवाफमा परराष्ट्रमन्त्री ज्ञवालीले भनेका छन्, ‘यो निर्माण कार्यबारे सरकारलाई थाहा नहुने भन्ने प्रश्नै आउँदैन ।’ उनकाअनुसार भारतले यो सडक बनाउने निर्णय सन् २००५ मा गरेको थियो भने २००८ मा निर्माण थालेको थियो । त्यसले नयाँ गति भने २०१४ मा लिएको मन्त्री ज्ञवालीले जानकारी दिए ।

    मन्त्री ज्ञवालीले बैठकको सुरुमै ‘सार्वजनिक महत्त्वको विषय’का रूपमा लिपुलेक विवादबारे बोलेका थिए। त्यसपछि उनलाई प्रश्न सोध्न समय पाएका सांसदहरूले सरकारको आलोचना गर्दै यो विषयमा गम्भीर हुन ध्यानाकर्षण गराएका थिए ।

    मन्त्री ज्ञवालीले नेपाली भूभागमा भारतले सडक बनाएको थाहा पाएपछि त्यस विषयमा भारतीय पक्षसँग कर्मचारीदेखि राजनीतिक तहसम्म औपचारिक तथा अनौपचारिक छलफल भएको बताए।

    ‘यो निर्माणकार्यको बारेमा सरकारलाई थाहा नहुने भन्ने प्रश्नै भएन,’ उनले भने, ‘र हामीले त्यसको बारेमा यो समस्याको समाधान, सीमा समस्याको समाधानको बारेमा पटकपटक प्रयासहरू गर्दै आएको र पटकपटक हामीले वार्ताका निम्ति मितिहरू प्रस्तावित गरेको र जुनसुकै लेभलमा चाहे त्यो दुवै देशले स्वीकारेको परराष्ट्रसचिव लेभलमा या परराष्ट्रमन्त्री लेभलमा वा त्योभन्दा माथिल्लो लेभलमा या पोलिटिकल लेभलमा ट्र्याक वन, ट्र्याक वन पोइन्ट फाइभ वा ट्र्याक टू जुनसुकै लेभलबाट पनि कुराकानी गर्न हामी तयार रहेको हामीले पटकपटक बताउँदै आयौँ।’

    ‘केही इन्फर्मल कुराकानी नभएका पनि होइनन् यसबीचमा।’ उनले अहिलेको विवादको समाधान पनि चाँडै वार्ताहरूबाटै खोजिने आश्वासन दिए।

    ‘हामीले सीमा समस्या समाधानका लागि पटक पटक प्रयास गर्दै आएको, वार्ताको मिति प्रस्ताव गरेको र जुनसुकै लेभलमा ट्र्याक, ट्र्याक १.५ वा ट्र्याक २ जुनसुकै लेभलमा कुरा गर्न हामी तयार रहेको बताउँदै आयौं’ उनले भने, ‘केही अनौपचारिक कुराकानी नभएका पनि होइनन् । सामान्यतया फेब्रुअरीको अन्त्यतिर बैठक बस्न सक्ने दिशातिर हाम्रा छलफल गअगाडि बढेका थिए ।’

    तर कोरोनाको महामारीसँगै सबैको ध्यान यतातिर केन्द्रित भएको र बैठक हुन नसकेको उनले बताए । परराष्ट्रमन्त्री ज्ञवालीले सीमा समस्याको समाधान कूटनीतिक माध्यमबाटै गर्न सकिन्छ भन्नेमा सरकार दृढ रहेको समेत बताए ।

    ‘हिजो भारतीय विदेश मन्त्रालयको प्रवक्ताको एउटा प्रतिक्रिया छ, त्यसमा उहाँहरुको दाबी उल्लेख गर्दैगर्दा कोरोनापछि वार्ताको टेबलमा बस्न तयार छौं भन्नु भएको छ’ परराष्ट्रमन्त्री ज्ञवालीले भने, ‘त्यसबाट पनि कूटनीतिक माध्यमबाट समाधान गर्न सकिन्छ भन्नेमा सरकार दृढ छ ।’

    वार्तामा नेपालको राष्ट्रिय हितलाई सर्वोपरी राखेर सम्झौतारहित अडान राख्ने र असल छिमेकीपन र असल मित्रताको भावनालाई पनि अगाडि लैजाने उनले बताए । साथै सबै मानवीय संकटमा केन्द्रित भएको बेला छिमेकीको संवेदनशीलतामाथि प्रश्न उठ्ने गतिविधि नगर्न भारतलाई आग्रह गरेका छन् ।

    नेपाली भूमिको रक्षाका लागि सिंगो देश एकतावद्ध रहेको भन्दै उनले यसमा कसैले पनि संवैदनशीलता ल्याउने र राजनीतिकरण प्रयास गर्न नहुने बताए ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...