News Portal

  • नेपालको नयाँ नक्सा राजपत्रमा प्रकाशित

    इभक्तपुर संवाददाता९ जेष्ठ २०७७
    २७८३ पटक
    ९ जेष्ठ २०७७

    काठमाडौँ । सरकारले जारी गरेको नेपालको राजनीतिक तथा प्रशासनिक नक्सा राजपत्रमा प्रकाशित भएको छ । शुक्रबार भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले यसलाई राजपत्रमा प्रकाशित गरेको हो । भारतले अतिक्रमण गर्दै आएको लिपुलेक, कालपानी र लिम्पियाधुरालाई समेटेर सरकारले बुधबार नयाँ नक्सा जारी गरेको थियो ।

    मन्त्री स्तरीय निर्णय गरी शुक्रवार नयाँ नक्सा राजपत्रमा प्रकाशन गर्न मुद्रण विभागमा पठाइएकोमा विभागले तत्काल प्रकाशित गरेको छ । नक्सा छापिएको राजपत्र सबै मन्त्रालय, निकाय र प्रदेश सरकार र स्थानीय तहसहित राज्यका सबै कार्यालयलाई पठाइने मन्त्रालयका प्रवक्ता जनकराज जोशीले बताए ।

    यससँगै नापी विभागले पहिलो चरणमा ३ हजार कपी नेपालको नयाँ नक्सा छापेर राज्यका सबै निकायलाई वितरण गर्ने तयारी गरेको छ । नयाँ नक्साको छपाइ सुरु गरिसकेको विभागले जनाएको छ । उक्त नयाँ नक्सा आइतबारदेखि राष्ट्रपति कार्यालय, उपराष्ट्रपति कार्यालय, प्रधानमन्त्री कार्यालय, सबै संवैधानिक निकाय र मन्त्रालय तथा मातहतका कार्यालयमा राख्न पठाइने बताइएको छ ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...