News Portal

  • अस्थायी शिक्षक नेता दिनेश थापाको निधन

    भक्तपुरपोष्ट संवाददाता१२ जेष्ठ २०७७
    १३२६ पटक
    १२ जेष्ठ २०७७


    कठमाडौं । लामो समय अस्थायी शिक्षक आन्दोलनमा बिताएका पूर्व शिक्षक दिनेश थापा’तार्कीक’को निधन भएको छ । सोमवार बिहान मातातिर्थस्थित घरमै ह्दयघात भएका उनलाई अस्पताल लैजादै गर्दा निधन भएको हो ।

    चन्द्रागिरि नगरपालिका–६ मातातिर्थका स्थायी बासिन्दा रहेका थापाको ४७ वर्षको उमेरमा निधन भएको हो । उनले लामो समय गाउँकै महालक्ष्मी आधारभूत विद्यालयमा शिक्षण गरेका थिए ।

    बिहान ६ बजे सम्म घरकै कौसीमा फूलवारीमा गोडमेल र पानी हालेका उनी ७ बजेतिर कोठामा प्रवेश गर्नेबित्तिकै ढलेका थिए । उनलाई तत्कालै बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पताल लगिएपनि भर्ना नलिएपछि कलंकीको शहिद मेमोरियल अस्पताल लगिएको थियो । अस्पताल पुर्याउन साथ डाक्टरहरुले उनलाई मृत घोषित गरेका थिए ।

    आमाबुवामा एक्ला छोरा उनको शव चितवन गितानगरमा रहेका आमाबुवा नआउञ्जेलसम्म अस्पतालमै राखिएको थियो । दिनभर उनकालाई सुभेच्छुकहरुले श्रद्धाञ्जली दिएका थिए । साझँ ५ बजे उनलाई आर्यघाटमा लगिएको थियो ।

    २०५४ सालदेखि अस्थायी शिक्षक आन्दोलनमा रहेका उनी अस्थायी शिक्षक आन्दोलन केन्द्रिय समितिका महासचिव थिए । २०७० चैत २६ गते उनको नेतृत्वमा ८ जना अस्थायी शिक्षकहरुले संविधान सभा भवन भित्र अस्थायी शिक्षकलाई स्थायी गर्नुपर्ने भन्दै नारा लगाएका थिए । जसको कारण उनले केही समय प्रहरीको हिरासतमा बिताएका थिए ।

    शैक्षिक गणतान्त्रिक मञ्चका केन्द्रिय कोषाध्यक्ष रहिसकेका उनी गएको अस्थायी शिक्षकको परीक्षामा परीक्षा  नरोजेर सुविधा रोजी शिक्षण पेशाबाट विदा भएका थिए । संविधान सभाबाट संविधान जारीहुनुपर्ने भन्ने अभियानमा समेत उनले सहजकर्ताका रुपमा नेतृत्व गरेका थिए ।

    शिक्षण पेशाबाट विदाभएसँगै पछिल्लो समय उनी इतिहास अनुसन्धानात्मक समाज नामक संस्था खोली क्रियाशिल रहेका थिए । उनी इतिहासको अध्ययन गर्न पछिल्लो समय विभिन्न ऐतिहासिक स्थलहरुको भ्रमण र अनुसन्धानमा व्यस्त थिए । उनको मातातिर्थको इतिहास सम्बन्धी पुस्तकसमेत प्रकाशित छ ।

    अस्थायी शिक्षकको विभिन्न आन्दोलन, आमरण अनशन, रिले अनशनलगायतका उनले सहभागिता जनाउँदै आएका थिए । उनले नै हालेको मुद्दामा फैसला गर्दै सर्वोच्च अदालतले २०६६ मा अस्थायी शिक्षकलाई प्रक्रिया पुर्याएर स्थायी गनुपर्ने परमादेशको आदेश जारी गरेको थियो भने अस्थायी शिक्षककै त्यही आन्दोलनको जगमा सरकारले ऐनतसंशोधन मार्फत अस्थायी शिक्षकलाई परीक्षा र सुविधाको मौका दिँदै स्थायी प्रक्रिया शुरु गरेको थियो ।

    थापाका श्रीमती र दुईछोराहरु रहेका छन् ।

    प्रतिकृया दिनुहोस्

    सुडालमा शुक्रवार पनि ७ सय एभोकाड़ोको विरुवा वितरण

    चाँगुनारायण सिटी एभोकाड़ो सिटी अभियान अन्तर्गत अभिन्ताहरुले चाँगुनारायण-८ सुडालमा विरुवा वितरण गरेका छन् । शुक्रवार...

    अन्नु श्रेष्ठ मिस भक्तपुर डिभाको ताज पहिरीन सफल, पछिपछि प्रतिक्षा र माला

    miss bhaktapur diva

    मिस भक्तपुर डिभाको ताज पहिरीन अन्नु श्रेष्ठ सफल भएकी छन् । शुक्रवार सम्पन्न प्रतिष्पर्धाको अन्तिम...

    आइतबार उपत्यकाका सबै स्थानीय तहमा बिदा

    bida

    आइतबार उपत्यकाभित्रका सबै स्थानीय तह र स्थानीय तह मातहतका निकायमा सार्वजनिक बिदा हुने भएको छ...

    मिस भक्तपुर डिबाको फाइनल शुक्रवार

    मिस भक्तपुर डिबाको फाइनल शुक्रवार हुने भएको छ । प्रतियोगिताको फाइनल चरणमा ११ प्रतियोगी रहेका...

    देकोचामा बसको ठक्करबाट ज्यान गुमाएका मानिसको खुलेन पहिचान

    भक्तपुरको देकोचामा मंगलबार यात्रुबाहक बसको ठक्करबाट ज्यान गुमाएका मानिसको पहिचान हुन सकेको छैन । बुधबार...