News Portal

  • कोरोना संक्रमणका कारण ललितपुरमा एक जनाको मृत्यु

    भक्तपुरपोष्ट संवाददाता१५ जेष्ठ २०७७
    ७९५ पटक
    १५ जेष्ठ २०७७

    काठमाडौं। नेपालमा कोरोना भाइरसको संक्रमणका कारण थप १ जनाको मृत्यु भएको छ ।

    बुधबार ललितपुर महानगरपालिका वडा नं. २२ का एक जना पुरुषको कोरोनाका कारण मृत्यु भएको हो । उपचारका क्रममा उनको ललितपुरस्थित किस्ट अस्पतालमा बुधबार निधन भएको हो ।

    उनको कोरोनाका कारण मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरका वरिष्ठ स्वास्थ्य प्रशासक डा. खगेश्वर गेलालले पुष्टि गरे ।

    ‘कलेजोमा समस्या रहेका उनको बुधबार किस्ट अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।’ डा. गेलालले  भने, ‘पाटन अस्पतालमा आईसीयू नभएपछि उनलाई गत जेठ ११ गते किस्ट अस्पताल पठाइएको थियो, जेठ १२ गते उनको कोरोना परीक्षणका लागि स्वाब पठाइएकोमा आज रिपोर्ट पोजेटिभ आएको हो ।’

    राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको उनले जानकारी दिए ।यसअघि नेपालमा कोरोनाको कारण अन्य ४ जनाको मृत्यु भइसकेको छ । यससँगै नेपालमा कोरोनाको कारण मृत्यु हुनेको संख्या ५ पुगेको छ ।

    यसअघि सिन्धुपाल्चोककी २९ वर्षीया महिला, बाँके नरैनापुरका २५ वर्षीय युवक, गुल्मीका ४१ वर्षीय पुरुष र बारा कलैयाका ७० वर्षीय वृद्धको कोरोनाका कारण मृत्यु भएको थियो ।स्वास्थ्य मन्त्रालयका अनुसार आज बुधवार एकैदिन थप ११४ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या ८८६ पुगेको छ ।१८७ जना उपचारपछि निको भएर घर फर्केका छन् ।

    प्रतिकृया दिनुहोस्

    १२ वर्षदेखि बन्द नगदेशको पुलु:किसि जात्रा सम्पन्न

    भक्तपुरको मध्यपुर थिमि नगरपालिका-७ नगदेशमा धार्मिक-ऐतिहासिक पुलु:किसि जात्रा सम्पन्न भएको छ । बाह्र वर्षदेखि बन्द...

    भक्तपुरबाट तीर्थयात्रामा निस्केको बस नौबिसेमा दुर्घटना : एकको निधन, दुई दर्जन घाइते

    भक्तपुरबाट तीर्थयात्री बोकेर निस्केको बस नौबिसेमा दुर्घटनामा परेको छ । दुर्घटनामा परी एकजनाको घटनास्थलमै ज्यान...

    डीपी ढकालको पुस्तकमाथि बौद्धिक नेताहरूबीच बहस

    काठमाडौ । नेपाल संवैधानिक रूपमै समाजवाद उन्मुख भएपनि समाजवादको स्पष्ट बाटो बन्न नसकेको नेता एवं...

    बाल यौन दुरुपयोगको मुद्दामा मदन राईलाई साढे दुई वर्ष कैद सजाय

    खोटाङ, २५ माघ २०८१ । बाल यौन दुरुपयोगको मुद्दामा मदन राईलाई अदालतले साढे २ वर्ष...

    उपत्यकाको पत्रकारलाई पनि मिडिया विकास कोषमा सामेल गराउन पत्रकार महासंघको माग

    नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिले प्रेस काउन्सिल नेपाललाई ध्यानाकर्षण पत्र बुझाएको छ । प्रदेश...