क्वारेन्टाइनमा मृत्यु भएका भनिएका दैलेखका एक पुरुष कोरोना संक्रमित रहेको पुष्टि भएको छ । शनिबार बिहान ज्यान गुमाएका ती ४० वर्षीय पुरुष कोरोना संक्रमित रहेको पुष्टि भएको हो ।
दैलेखको दुल्लु ११ का बासिन्दा रहेका उनी भारतबाट आएर दुल्लुस्थित क्वारेन्टाइनमा बस्दै आएका थिए । ३ दिन अगाडि स्वाब संकलन गरि परीक्षणका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला पठाइएकोमा रिपोर्ट नआउदै उनको ज्यान गएको हो । उनकाे शनिबार बिहान ज्यान गएकाे हाे ।
गम्भीर बिरामी भै बेहोस भएका उनको क्वारेन्टाइनमै उपचारका क्रममा मुत्यु भएको थियो। उनको मृत्यु संगै कोरोनाबाट मृत्यु हुनेको संख्या ७ पुगेको छ । नेपालमा सिन्धुपाल्चाेककी २९ वर्षीया सुत्केरीले कोरोनाको कारण पहिलो ज्यान गुमाएकी थिइन् ।