
काठमाडौं । सोमवार एकै दिन २४५ कोरोना संक्रमित थपिएका छन् । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १८११ पुगेको छ ।
यसअघि २२६ मा कोरोना संक्रमण देखिएकोमा सोमवार फेरी चारजिल्लामा थप १९ जनामा कोरोना संक्रमण पृष्टि भएको हो ।
पछिल्लोपटक पाल्पाका २, रुपन्देहीका ४, कपिलवस्तुका ७, गुल्मी र नवलपरासीका १–१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिएका छन् ।