News Portal

  • पत्रकार घिमिरेको स्मृतिमा पत्रकारिता पुरस्कार स्थापनाको घोषणा

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १९ जेठ
    ९३८ पटक
    भक्तपुर, १९ जेठ

    प्रेस सङ्गठन नेपाल, काठमाडौँ शाखाले एक वर्षअघि सवारी दुर्घटनामा ज्यान गुमाएका पत्रकार गोविन्द शर्मा घिमिरेको स्मृतिमा पत्रकारिता पुरस्कार स्थापनाको घोषणा गरेको छ । गत २०७६ जेठ १९ गते ललितपुरको धोवीघाटमा स्कार्पियो गाडीले उनकाे सवार मोटरसाइकललाई ठक्कर दिँदा शर्मा र मोटरसाइकल चालक नुवाकोटका कलाकार चन्द्रमणि मुडभरीको मृत्यु भएको थियो ।

    शाखाले आज शर्माको स्मृतिमा राजधानीमा आयोजित श्रद्धाञ्जलि कार्यक्रममा सङ्गठनका काठमाडौँ जिल्ला संयोजक सागर पन्तले शर्माको स्मृतिमा एक अक्षय कोष खडा गरी युवा र क्रियाशील पत्रकारलाई वार्षिक रुपमा रु १० हजार राशीको पत्रकारिता पुरस्कार सञ्चालन गर्ने घोषणा गरे । नेपाल पत्रकार महासङ्घ, काठमाडौँ शाखाका अध्यक्ष शन्तराम विडारीले पनि शर्माको स्मृतिमा पुरस्कार स्थापना गर्ने बताए ।

    प्रेस सङ्गठनका केन्द्रीय संयोजक महेश्वर दाहालले शर्मा एक व्यावसायिक पत्रकार र युवा सङ्गठक समेत रहेको बताए । सङ्गठनका केन्द्रीय सह-संयोजक गणेश बस्नेतले विधागत पत्रकारिता क्षेत्रमा शर्माले देखाएको सक्रियतालाई स्मरण गरी आफूलाई सक्रिय बनाउनुपर्नेमा जोड दिए ।

    सङ्गठनका नेता बलराम थापाले शर्मामा नेतृत्व, गतिशीलता र कुशल सञ्चारकर्मीको क्षमता रहेपनि अल्पायूमै गुमाउनु परेकामा दुःख व्यक्त गरे । सङ्गठनका बागमती प्रदेश इञ्चार्ज विश्वमणि सुवेदी, उपत्यका प्रदेश इञ्चार्ज सुरोजङ्ग पाण्डे, उपत्यका सहसंयोजक प्रकाश सिलवाल, नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य लेखनाथ न्यौपाने, पत्रकार भावना विद्रोहीलगायतले शर्माप्रति श्रद्धाञ्जलि व्यक्त गरेका थिए ।

    तत्कालीन प्रेस सेन्टर नेपाल, काठमाडौँका अध्यक्ष शर्मा कृषि टेलिभिजनका संस्थापक र नेपाल कृषि पत्रकार प्रतिष्ठान (जोना) का अध्यक्षसमेत थिए । २०४१ वैशाख १० गते ललितपुरको गोदावरीमा जन्मिएका उनी लोकदोहोरी कलाकारसमेत थिए ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर जिल्ला अदालतका ३ हजार ६ सय ८१ मुद्दा फर्छ्यौट

    भक्तपुर जिल्ला अदालतमा एक वर्षमा ३ हजार ६ सय ८१ मुद्दा फर्छ्यौट गरिएको बताइएको छ...

    एसईईमा राम्रो नतिजा ल्याउने विद्यार्थी र विद्यालयलाई एनप्याब्सन भक्तपुरको अभिनन्दन

    नेसनल प्याव्सन भक्तपुरले आफ्ना सदस्य विद्यालयहरुबाट यस वर्षको माध्यमिक शिक्षा उतीर्ण परीक्षा (एसईई) मा सम्मिलित...

    प्रधानमन्त्री ओलीसहित २१ मन्त्रीले लिए सपथ

    प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्रीको शपथ लिएका छन् । सोमबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित...

    नौ भाषामा दखल भएका रिजाललाई ५० हजार राशीको प्रतिभा पुरस्कार

    भाषा तथा सस्कृतिकर्मी भक्ती रिजाल प्रादेशिक “प्रतिभा” पुरस्कार बाट सम्मानित भएका छन् । रिजाललाई संघीय...

    दुर्लभ थापा मन्त्री बन्ने वा नबन्ने भन्नेबारे यस्तो छ महेश बस्नेतको भनाइ

    mahesh basnet bhaktapur 2

    पूर्व मन्त्री एवं नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले भक्तपुर-२ का प्रतिनिधि सभा सदस्य दुर्लभ...