News Portal

  • कोरोना रिपोर्टले लियो २० वर्षीय युवकको ज्यान : मृतक संख्या पुग्यो ११

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २३ जेठ
    १२७७ पटक
    भक्तपुर, २३ जेठ

    नेपालमा कोरोना भाइरस संक्रमण (कोभिड १९) का कारण एक २० वर्षीय युवकको ज्यान गएको छ । उनको मृत्यु संगै मृतकको संख्या ११ पुगेको छ ।

    मृत्यु हुनेमा सुर्खेतका २० वर्षीय युवक रहेका छन् । क्वारेन्टाइनबाट घर फर्केपछि मृत्यु भएका उनको रिपोर्ट कोरोना पोजेटिभ पुष्टि भएको हो ।

    पञ्चपुरी नगरपालिका–१, सानीडाँडाका २० वर्षीय ति युवकको बिहीवार राती करिब २ बजे मृत्यु भएको हो । मृत्यु पछि लिएको स्वाबको पिसिआर रिपोर्टमा कोरोना पोजेटिभ पाइएकोले उनको  मृत्युको कारण कोरोना भएको कर्णाली प्रदेशको सामाजिक विकाश मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख डा लक्ष्मीनारायण तिवारीले जानकारी दिए ।

    डा तिवारीका अनुसार आरडिटि रिपोर्ट नेगेटिभ आएपछि उनलाई बुधवार मात्र क्वारेन्टाइन बाट घर पठाइएको थियो । उपचारका लागि पठाउनुपर्ने व्यक्तिलाई आरडिटि रिपोर्टका आधारमा घर पठाउदा ज्यान गएको हो ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...