News Portal

  • थप ३१४ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ३ हजार ७६२ पुग्यो

    भक्तपुरपोष्ट संवाददाता२७ जेठ २०७७
    ७४३ पटक
    २७ जेठ २०७७

    काठमाडौँ ।  नेपालमा कोरोना संक्रमितको संख्या ३ हजार ७६२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घन्टामा सोमबार थप ३१४ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको हो ।

    मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले संक्रमितको संख्या ३ हजार ७६२ पुगेको जनाए ।

    संक्रमित हुनेमा झापाका ९ जना, सुनसरीका १ जना, मोरङका ९ जना, पाँचथरका १ जना, सप्तरीका ६ जना, बलांग बिउ गाउँपालिका क्वारेन्टाइनका १६ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरका १५ जना, स्याङ्जाका १ जना, पोखराका १ जना, पर्साका ८ जना, बाराका ७ जना, रौटहटका ११ जना, दाङका ४ जना, बाँकेका १ जना, बर्दियाका १८ जना, दैलेखका १० जना, सल्यानका ५ जना, सुर्खेतका १ जना, अर्घाखाँचीका ३१ जना, गुल्मीका १ जना, कपिलवस्तुका २४ जना, नवलपरासीका २ जना, पाल्पाका १ जना, प्यूठानका ८ जना र रुपन्देहीका ५ जना, महोत्तरीका १२ जना र सर्लाहीका १०६ जनामा संक्रमण देखिएको छ ।

    हालसम्म डिस्चार्ज हुनेको संख्या ४ सय ८८ रहेको छ । पछिल्लो २४ घन्टामा डिस्चार्ज हुनेको संख्या २१ रहेको छ । खजुरा बाँकेबाट २० जना डिस्चार्ज भएका हुन् भने कोभिड युनिफाइड अस्पतालबाट १ जना डिस्चार्ज भएका हुन् ।

     

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...