News Portal

  • नक्सा बदल्ने प्रस्तावमा मत हाल्न अनुपस्थित हुने १२ सांसद को हुन् ? कहाँ हराए नेकपाकै ४ सांसद

    भक्तपुरपोस्ट संवाददाता३१ जेष्ठ २०७७
    १०३८ पटक
    ३१ जेष्ठ २०७७

    काठमाडौं । नयाँ नक्सालाई नेपालको संविधानमा रहेको निशान छापमा समेट्ने संशोधन प्रस्ताव प्रतिनिधि सभामा निर्णायर्थ पेश गर्दा १२ सांसद अनुपस्थित भएका छन्।

    प्रतिनिधि सभा बैठकले नयाँ नक्सा समेटिएको संविधान संशोधन शनिबार सर्वसम्मतिले पारित गरेको हो। मतविभाजनमा २५८ सांसद सहभागी भएका थिए। प्रतिनिधि सभामा २७५ सांसद छन्।

    तर मत विभाजनका क्रममा १२ सांसद अनुपस्थित भएका हुन्। अनुपस्थित हुनेमा नेकपाका ४, राजपा र नेपाली कांग्रेसका समान ३–३ सांसद छन् भने समाजवादी पार्टीका २ सांसद छन्।

    अनुपस्थित हुनेमा राजपाकी अमृतादेवी अग्रहरी, दुलारी देवी खत्वेनी र प्रमोद साह, नेकपाका गोपालबहादुर बम (मुगु), हरिबोल गजुरेल (सिन्धुली), धनबहादुर बुढा (डाेल्पा) र शिवकुमार मण्डल, नेपाली कांग्रेसका नागेन्द्र कुमार राय, सूर्य बहादुर केसी र ज्ञानकुमारी छन्त्याल, समाजवादी पार्टीकी सरिता गिरी, सूर्य नारायण यादव रहेका छन्।

    सभामुख अग्नि सापकोटाले मत विभाजनमा कुनै पनि मत प्रकट गरेनन्।

    प्रतिनिधि सभामा अन्य ४ सांसद भने निलम्बित छन्। नेपाली कांग्रेसका विजय गच्छदार, मोहम्मद अफताब आलम, समाजवादी पार्टीका हरिनारायण चौधरी, राजपाका रेशम चौधरी निलम्बित छन्।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...