News Portal

  • शनिवार राती पर्वत पहिरो, ५ जनाको शव भेटियो, बेपत्ताको खोजी जारी

    भक्तपुरपोस्ट संवाददाता३२ जेष्ठ २०७७
    ९५५ पटक
    ३२ जेष्ठ २०७७

    पर्वत । शनिबार राति कुश्मा नगरपालिका–३ दुर्लुङमा गएको पहिरोमा पुरिएका ५ जनाको मृत्यु भएको छ । हालसम्म ५ जनाको शव फेला परेको छ । ३ जनाको शनिबार राति र २ जनाको आइतबार बिहान शव भेटिएको हो ।

    घटनास्थलमा उद्धारका लागि पुगेका सुरक्षाकर्मीहरुको टोलीले ३ जनाको शव पुरिएको अवस्थाबाट निकालेको हो । दुई जना पुरिएकै अवस्थामा मृत फेला परेको भए पनि उनीहरुलाई बाहिर निकाल्न समस्या भएको छ ।

    मृतकहरुमा तुलबहादुर थापा, उनकी श्रीमती निमकुमारी थापा र नातिनी बिविसा थापाको शनिबार राती नै शव फेला परेको थियो । तुलबहादुरका नातिनातिनाहरु विवेक, कृपा र सुनिल थापा अझै बेपत्ता छैन ।

    त्यस्तै आइतबार बिहान उद्धारकर्मीले पहिरोमा पुरिएका अरु २ जनाको शव फेला पारेको छ । उनीहरुको पहिचान हुन नसकेको प्रहरीले बताएको छ । उनीहरुलाई निकाल्न समस्या भइरहेको पर्वतका प्रहरी नायब उपरीक्षक विश्वराज अधिकारीले बताए । परिवारका सबैजना सुतिरहेको अवस्थामा खसेको पहिरोले सबै पुरिएका हुन् ।

    पहिरोमा बेपत्ता अन्य चार जनाको खोजीकार्य आइतबार बिहानैदेखि जारी छ । राति अबेरसम्म वर्षा नरोकिएपछि सदरमुकामबाट उद्धारमा गएको सुरक्षाकर्मीहरुको टोली राति २ बजे फर्किएको थियो । बिहान ६ बजेदेखि एक्स्काभेटरको समेत सहायतामा उद्धार कार्य जारी रहेको स्थानीय होमबहादुर थापा मगरले बताए । उनका अनुसार स्थानीय र सुरक्षाकर्मीले पहिरोमा पुरिएकाहरुको खोजी गरिरहेका छन् । करिब दुई घण्टासम्म परेको मुसलधारे वर्षपछि दुर्लुङस्थित काफलचौर माध्यमिक विद्यालय नजिकैको बस्तीमा पहिरो खसेको हो । रातभर वर्षा नरोकिएपछि उद्धार कार्यमा समस्या भएको पर्वतका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले बताए ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...