News Portal

  • थप ४ सय ५१ जना कोरोना, संक्रमितको संख्या ६ हजार २ सय ११

    भक्तपुरपोस्ट संवाददाता१ असार २०७७
    ५६३ पटक
    १ असार २०७७

    काठमाडौँ । नेपालमा  थप ४ सय ५१ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । नयाँ संक्रमितसँगै नेपालमा कूल संक्रमितको संख्या ६ हजार २ सय ११ पुगेको छ ।

    पछिल्लो २४ घन्टामा ६७ जना निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।मन्त्रालयले सोमबार आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले दिएको जानकारी अनुसार संक्रमित हुनेमा मोरङका २२, पर्साका १० जना, रौटहटका १०२, तनहुँका ५, अछामका ३, कैलालीका ३, डोटीका ४, बाँकेका ५, बर्दियाका १६, प्युठानका ३, दैलेखका ९३, महोत्तरीका २१ जना छन् ।

    यस्तै धनुषाका ४, नुवाकोटका ३, अर्घाखााँचीका ३, चितवनका १, गुल्मीका ९, रुपन्देहीका १२, सुनसरीका ३, झापाका १, सुर्खेतका १९, रोल्पाका ४, काठमाडौंका ४, दाङका ४३, धादिङका ९, ललितपुरका १, बाराका १, कपिलवस्तुका १, पाल्पाका १०, सर्लाहीका २३ र सिरहाका ४ जना संक्रमित भएका छन् ।

    पीसीआर परीक्षणका लागि पोखरामा थप एक प्रयोगशाला व्यवस्था गरिएको प्रवक्ता गौतमले जानकारी दिए । उनका अनुसार अब मुलुकभर २२ स्थानमा पीसीआर परीक्षण हुने भएको छ ।

    नेपालमा कोरोना संक्रमण निको भएर पछिल्लो २४ घन्टामा ६७ जना डिस्चार्ज भएका छन् । कोभिड १९ अस्पताल जनकपुरबाट २४, पाटन अस्पतालबाट ४, कोभिड १९ युनिफाइड कमाण्ड अस्पताल बलम्बुबाट २, त्रिवि शिक्षण अस्पतालबाट २, कलैया अस्पताल बाराबाट ६, साई कृष्ण आइसोलेसनबाट १७ र कोरोना विशेष अस्पताल दाङबाट १२ जना डिस्चार्ज भएका प्रवक्ता गौतमले जनाए । यो सँगै निको हुनेको संख्या १ हजार ४१ पुगेको छ ।

    मन्त्रालयकाअनुसार सोमबारसम्म नेपालमा आरडीटी विधिबाट २ लाख १९ हजार ३३६ नमुना परीक्षण भएका छन् । २४ घन्टामा ८ हजार ६१५आरडीटी परीक्षण भएका छन् । पीसीआर विधिबाट भने हालसम्म १ लाख ३८ हजार ६८३ परीक्षणहरु गरिएका छन् र २४ घन्टामा ५ हजार ३०६ परीक्षण भएका छन् ।

    हालसम्म क्‍वारेन्टाइनमा रहनेको संख्या १ लाख ३३ हजार ८२९ जना रहेका छन् । त्यसैगरी आइसोलेसनमा रहनेको संख्या ५ हजार १५१ जना रहेका छन् ।

    नेपालमा कोरोनाबाट निको हुनेको संख्या १ हजार ४१ पुगेको छ ।

    प्रतिकृया दिनुहोस्

    सुडालमा शुक्रवार पनि ७ सय एभोकाड़ोको विरुवा वितरण

    चाँगुनारायण सिटी एभोकाड़ो सिटी अभियान अन्तर्गत अभिन्ताहरुले चाँगुनारायण-८ सुडालमा विरुवा वितरण गरेका छन् । शुक्रवार...

    अन्नु श्रेष्ठ मिस भक्तपुर डिभाको ताज पहिरीन सफल, पछिपछि प्रतिक्षा र माला

    miss bhaktapur diva

    मिस भक्तपुर डिभाको ताज पहिरीन अन्नु श्रेष्ठ सफल भएकी छन् । शुक्रवार सम्पन्न प्रतिष्पर्धाको अन्तिम...

    आइतबार उपत्यकाका सबै स्थानीय तहमा बिदा

    bida

    आइतबार उपत्यकाभित्रका सबै स्थानीय तह र स्थानीय तह मातहतका निकायमा सार्वजनिक बिदा हुने भएको छ...

    मिस भक्तपुर डिबाको फाइनल शुक्रवार

    मिस भक्तपुर डिबाको फाइनल शुक्रवार हुने भएको छ । प्रतियोगिताको फाइनल चरणमा ११ प्रतियोगी रहेका...

    देकोचामा बसको ठक्करबाट ज्यान गुमाएका मानिसको खुलेन पहिचान

    भक्तपुरको देकोचामा मंगलबार यात्रुबाहक बसको ठक्करबाट ज्यान गुमाएका मानिसको पहिचान हुन सकेको छैन । बुधबार...